बाढी नियन्त्रणका विषयमा ऊर्जामन्त्री भुसाल र भारतीय राजदूत श्रीवास्तवबीच छलफल
मन्त्री भुसालले भारी वर्षासँगै सप्तकोसीमा आएको बाढीका कारण एक हजार घर विस्थापित भएको बताउँदै दुवैतर्फको संयन्त्रले सक्रियतापूर्वक समस्याको समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रा.डा. सुवेदीलाई हल विश्वविद्यालयको महाविद्यावारिधि
बेलायतको हल विश्वविद्यालयले प्रा.डा. सूर्यप्रसाद सुवेदीलाई प्राज्ञिक क्षेत्रको सर्वाेच्च उपाधि मानार्थ महाविद्यावारिधि प्रदान गरेको छ । हल विश्वविद्यालयमा भएको भव्य दीक्षान्त समारोहबीच विश्वविद्यालयले प्रा.डा. सुवेदीलाई उपाधि प्रदान गरेको हो ।
अनाथलयलाई जुडो प्रेमीको सहयोग
किवानिज क्लब अफ एभरेष्टले सञ्चालन गर्दै आएको जुडो फर किड्स कार्यक्रमअन्तर्गत गोठाटारमा रहेको अनाथलय श्रृजनशील बाल गृहलाई शनिबार सहयोग हस्तान्तरण गरिएको छ ।
‘गोर्खा : बिनिथ द ब्रेभरी’ बेलायतमा प्रदर्शन हुने
नेपाली गोर्खा सैनिकहरूले चिनाएको देश मानिने बेलायतबाट नेपाली फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ प्रदर्शनमा आउने भएको छ । २९ जुलाई २०२२, शुक्रबारबाट बेलायतका विभिन्न सहरमा चलचित्र प्रदर्शन हुन लागेको निर्देशक प्रदीप शाहीले जानकारी दिनुभयो ।
मातृभूमिप्रतिको दायित्व अझ बढ्यो : एनआरएनए अध्यक्ष आचार्य
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल नागरिकता विधेयक पारित गरेको भन्दै धन्यवाद प्रकट गरेको छ । नेपालको नागरिकतासम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ संसदको दुवै सदनबाट पारित भएको छ ।
उच्चस्तरको आर्थिक संलग्नताको अपेक्षा
प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लूले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । शुक्रबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगेर लूले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।
पर्यटनमन्त्री श्रेष्ठ र पोल्याण्डका राजदूत बुराकोव्स्कीबीच भेट
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि गणतन्त्र पोल्याण्डका गैरआवासीय राजदूत आडम बुराकोव्स्कीले शिष्टाचार भेट गर्नुभएको छ ।
मैनालीको लोभलाग्दो ‘दान’
अर्जुनप्रसाद मैनाली रक्तदाता हुनुहुन्छ । उहाँको रक्तदानको महिमा जति गाए पनि सकिँदैन ।
परराष्ट्रमन्त्री खड्का र अमेरिकी सहायक विदेशमन्त्री लूबीच भेटवार्ता
परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लूले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।