मैनालीले गरे २०४ औं पटक रक्तदान
रक्तदाता अर्जुनप्रसाद मैनालीले अफ्रिकी राष्ट्र घाना पुगेर २०४ औं पटक रक्तदान गर्नुभएको छ । नेपाली मूलका नागरिक मध्ये धेरै पटक रक्तदान गर्ने उहाँ पहिलो व्यक्ति मानिन्छ ।
राष्ट्रपति समक्ष साउदी अरेबिया र स्लोभाक गणतन्त्रका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष साउदी अरेबिया र स्लोभाक गणतन्त्रका राजदूतले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ।
केसीले बनाए कोरियामा ब्याट्रीबाट चल्ने गाडी
रोजगारीका क्रममा दक्षिण कोरिया पुग्नुभएका म्याग्दीको बेनी नगरपालिका –६ का सुजन केसीले ब्याट्रीबाट गुड्ने गाडी बनाउनुभएको छ । पाँच महिनादेखि निरन्तर गरेको कोसिसपछि उहाँ चार पाङ्ग्रे गाडी बनाउन सफल हुनुभएको हो ।
अध्यक्ष ओलीसँग राजदूतहरूको भेट
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिका र बेलायतका राजदूतहरू तथा अष्ट्रेलिया, स्वीट्जरल्याण्ड र युरोपेली संघका निमित्त राजदूतहरूले सामुहिक भेट गर्नुभएको छ । एमाले मुख्यालय च्यासलमा सामुहिक भेट भएको सो दलले जनाएको छ ।
प्रदिप गिरीलाई युरोपका लेखक–पत्रकारले सम्झिए
नेपाली कांग्रेसका नेता, सांसद तथा समाजवादी चिन्तक प्रदीप गिरीको निधन भएसँगै नेपाली राजनीतिले एक बौद्धिक राजनीतिज्ञ गुमाएको छ ।
अमेरिकाका नेपालीले सम्झे नेता गिरीलाई
नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनप्रति यहाँ एक श्रद्धान्जली कार्यक्रम गरिएको छ ।
परराष्ट्र सम्बन्धबारे नेपालले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
नीति अनुसन्धान प्रतिष्ठान, नेपालले भदौ १० देखि १२ सम्म नेपालको परराष्ट्र सम्बन्धबारे अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।
अमेरिकी सरकारबाट नेपाललाई करिब दुई अर्बको सहयोग
संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) ले नेपाललाई रुस–युक्रेनको युद्धबाट बढ्दैगएको विश्वव्यापी संकटबाट जोखिममा परेका जनतालाई जोगाउन करिब दुई अर्ब रुपियाँ सहयोग उपलब्ध गराउने भएको छ । विश्वव्यापी खाद्य संकटलाई सम्बोधन गर्न अमेरिकी सरकारले हालै घोषणा गरेको दुई अर्ब ७६ करोड अमेरिकी डलर अनुदानको एक हिस्सा स्वरुप नेपाललाई एक करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने भएको हो ।
बेलायतमा स्वास्थ्यकर्मी पठाउन बाटो खुल्यो
नेपाल र संयुक्त अधिराज्य बेलायत सरकारबीच त्यहाँको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारी प्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।