सीसीएमसी फाराम भर्न नपर्ने
विदेशबाट नेपाल आउने नेपालीसहित सबै यात्रुले अब कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) फाराम भर्न नपर्ने भएको छ । यसअघि विदेशबाट यात्रा गर्ने यात्रुले यात्रापूर्व नै सीसीएमसीको फाराम अनिवार्य भर्नुपर्ने नियम भए पनि अबदेखि यो नियम हटाइएको अध्यागमन विभागले सूचना जारी गरेको छ ।
अध्यक्ष दाहाल र जापानको सत्तारुढ पार्टीका वरिष्ठ नेताबीच भेटवार्ता
जापान भ्रमणमा रहनुभएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र जापानको सत्तारुढ पार्टी लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता तोसिहिरो निक्कईबीच मङ्गलवार भेटवार्ता भएको छ ।
समृद्ध नेपाल निर्माणमा प्रवासीको भूमिका महत्वपूर्ण हुन्छ : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्ध मुलुक निर्माणका लागि विदेशमा रहेका नेपालीको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ ।
कांग्रेस नेता निधिद्वारा भारतीय नेताहरूसँग भेटवार्ता
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र मध्यप्रदेशका पूर्व मुख्यमन्त्री एवं राष्ट्रवादी कांग्रेसका अध्यक्ष शरद पवारबीच भेटवार्ता भएको छ।
नेपाल–जापान सम्बन्ध अझ सुदृढ बनाउन भ्रमण केन्द्रित : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–जापान सम्बन्धलाई अझ सुदृढ बनाउन आफ्नो ध्यान केन्द्रित हुने बताउनुभएको छ । पाँचदिने जापान भ्रमणमा रहनुभएका अध्यक्ष दाहालले आज टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली पत्रकारसँगको कुराकानीमा नेपाल–जापान सम्बन्धका बारेमा त्यहाँका राजनीतिक दलका नेतासँग आफूले छलफल गर्ने बताउनुभयो ।
बीपी विचार संग्रह केन्द्र गठन
बीपी विचार विचार संग्रह केन्द्रको अस्ट्रेलिया शाखा गठन गरिएको छ ।
परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जानुहुँदै
परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा जाँदै हुनुहुन्छ । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री चीन भ्रमणमा जान लाग्नुभएको हो ।
भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली जापान जान पाउने
भाषा र सीप परीक्षा उत्तीर्ण गरी बसेका नेपाली जापान जान पाउने भएका छन् । नेपाली कामदारलाई जापानमा रोजगारी दिने विषयमा छलफल गर्न बनेको संयुक्त कार्य कार्यसमितिको दोस्रो बैठकले भाषा र सीप परीक्षणमा पास भएका नेपाली कामदारलाई छिट्टै जापान पठाउने निर्णय गरेको हो।
कांग्रेस नेता निधि र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता
पूर्व उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।