• १३ असोज २०८१, आइतबार

राष्ट्रपति भण्डारीसँग फिनल्याण्डका राजदूत एन्टिनेनको शिष्टाचार बिदाइ भेट

blog

काठमाडौं, साउन १८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि फिनल्याण्डका राजदूत पर्टी एन्टिनेनले शिष्टाचार भेट गर्नुभएको छ ।

बुधबार राष्ट्रपति भवनमा राजदूत एन्टिनेनले राष्ट्रपति भण्डारीसँग शिष्टाचार बिदाइ भेट गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले भेटमा नेपाल र फिनल्याण्डबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको जानकारी दिनुभयो ।