वाइडबडी भ्रष्टाचार मुद्दामा ३२ जना को को परे ?
वाइडबडी विमान खरिदमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा हाल कर्णाली प्रदेश सभा सदस्य जीवनबहादुर शाहीसहित ३२ जनाविरुद्ध एक अर्ब ४७ करोड दश लाख ८५ हजार ४८२ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।
वृद्धाको हत्यामा संलग्न युवक पक्राउ
सर्लाहीको बागमती नगरपालिका–४, जिरायतस्थित जङ्गल टोल बस्ने एक वृद्धाको हत्यामा संलग्न युवकलाई प्रहरीले सार्वजनिक गरेको छ ।
तस्करी र अवैध आयात बढ्यो
मुस्लिम समुदायको महान् पर्व इद नजिकिँदै गर्दा बाँकेमा सीमापारिबाट भइरहेको तस्करी र अवैध आयात अत्यधिक बढेको छ ।
उपत्यकाबाट आठ महिनामा एक हजार ८४७ मोटरसाइकल चोरी
चालु आर्थिक वर्षको हालसम्म काठमाडौँ उपत्यकाबाट एक हजार आठ सय ४७ वटा मोटरसाइकल चोरी भएको प्रहरीको तथ्याङ्कले देखाएको छ । तीमध्ये तीन सय ७४ मोटरसाइकल फेला परेका छन् ।
मोरङका बचत ऋण सहकारीमा शृङ्खलाबद्ध चोरी
मोरङमा पुस यता लगातार सहकारी संस्था चोरी भइरहेका छन् । बुधबार राति बेलबारी–१० नारायणचौकको झलझली बचत तथा ऋण सहकारी संस्थाको गेट र भित्रको झ्याल फुटाएर सहकारीकोे ३५ हजार पाँच सय रुपियाँ चोरी भएको छ ।
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । ३२ वर्षीया श्रीमती मोमसरी राजबंशीको हत्या गरेको अभियोगमा बाह्रदशी गाउँपालिका–१ भागुडुब्बा बस्ने ३३ वर्षीय देब नारायण राजबंशीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
चिट चोराउने प्रिन्सिपल कारबाहीमा
माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चिट चोराउने कार्यमा संलग्न रही पक्राउ परेका व्यक्तिहरूलाई बाँके प्रहरीले शिक्षा ऐन २०२८ अनुसार कारबाही प्रक्रिया अगाडी बढाएको छ ।
बेचिनबाट जोगिए पाँच महिला, होटलबाट उद्धार
वैदेशिक रोजगारीका नाममा बेचिन लागेका पाँच महिलाको उद्धार गरिएको छ । मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले विदेश जाने बहानामा बेचिनबाट जोगिएका ती महिलालाई उद्धार गरी अहिले आवश्यक परामर्श गरिरहेको र उक्त घटनाको अनुसन्धान पनि थालिएको जनाएको छ ।
बालिका जबरजस्ती करणी अभियोगमा १९ वर्ष कैद फैसला
तनहुँ जिल्ला अदालतले बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक अभियुक्तलाई १९ वर्ष कैद फैसला सुनाएको छ ।
सर्लाहीको जिरायतमा वृद्धाको हत्या
सर्लाहीको बागमती नगरपालिका–४, जिरायतमा एक वृद्धाको हत्या भएको छ । स्थानीय वैजु महतोकी ७० वर्षीया श्रीमती पार्वतीदेवी महतोको हत्या भएको हो ।
माओवादी केन्द्रका नेता खाम प्रहरीको नियन्त्रणमा
नेकपा (माओवादी केन्द्र) का नेता कालीबहादुर खामलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले उहाँलाई काठमाडौँको ठमेल क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
साढे नौ लाख भारतीय रुपियाँ बरामद
सशस्त्र प्रहरीले बाराको पचरौता नगरपालिकाबाट साढे नौ लाख भारतीय रुपियाँसहित श्यामबाबु सहनी र भुलन पटेललाई पक्राउ गरेको हो ।
साइबरजन्य प्रलोभनमा नपरौँ
सरुना क्षेत्री (नाम परिवर्तन) कक्षा ११ मा अध्ययन गर्दै हुनुहुन्छ । उहाँले केही महिनायतादेखि ह्वाट्स एपमा अनेक नम्बरबाट म्यासेज आएर हैरान गराएपछि त्यो नम्बर नै ब्लक गरिदिनुभयो ।
कोशी प्रदेशमा सडक दुर्घटना भयावह
उदयपुरको बेलका नगरपालिका-७ मैनामैनीमा यही चैत १ गते को १ ज २५९३ नम्बरको जीप दुर्घटनामा पर्याे ।
आत्महत्या दुरुत्साहनमा चार जनाविरुद्ध मुद्दा दर्ता
गोरखाको सिरानचोक गाउँपालिका-७ अमिलेडाँडका ७१ वर्षीय मनबहादुर खड्कालाई झुन्डिएर आत्महत्या गर्न बाध्य बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय गोरखाले ४ जनालाई नियन्त्रणमा लिएर मुद्धा दर्ता गरेको छ ।
जलजलामा दम्पतीकाे हत्या
पर्वतको जलजला गाउँपालिका–२ मल्लाजको दहमा सोमबार राति एक दम्पतीकाे हत्या भएको छ । अपरिचित व्यक्तिले ६८ वर्षीय सूर्यबहादुर जिसी र उहाँको अन्दाजी ६५ वर्षीया श्रीमती गमला जिसीको हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।
चाँदीको तयारी गहनासहित एक जना नियन्त्रणमा
सशस्त्र प्रहरीले मोरङमा आठ लाख ७४ हजार ५५२ रुपियाँ बराबरको चाँदीको तयारी गरगहनासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
नाबालिकालाई वेश्यावृत्तिमा लगाउने पक्राउ
खाजाघरमा काम गर्न राखेकी १३ वर्षीया नाबालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने खाजाघरका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको उदयपुरगढी–६ घर भई काठमामाडौँको बालाजुस्थित ‘लाफा’ खाजाघरका सञ्चालक नवीनकुमार मगर रहेको प्रहरीले जनाएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलका अनुसार नाबालिकालाई डर, त्रास र प्रलोभनमा पारी मगरले जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेका थिए । ब्युरोको टोलीले खाजाघरमा गई निगरानी गर्ने क्रममा नाबालिका नाम परिवर्तन बबरमहल–२६ (२७७) लाई वेश्यावृत्तिमा लगाएको पाएपछि खाजा सञ्चालक मगरलाई पक्राउ गरिएको हो । ती नाबालिकाको आइतबार राति प्रहरीले उद्धार गरेको छ ।
गुल्मी प्रशासनमा मिटरब्याजी सम्बन्धी हेल्प डेस्क स्थापना
जिल्ला प्रशासन कार्यालय गुल्मीमा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी हेल्प डेस्क स्थापना गरिएको छ ।
बाँकेमा घाँटी रेटिएको अवस्थामा श्रीमान् श्रीमती फेला
नेपालगन्ज २१ मा घाँटी रेटेर एक युवकको हत्या भएको घटनाको २४ घण्टा बित्न नपाउँदै बाँकेको खजुरा गाउँपालिकामा श्रीमान् श्रीमती घाँटी रेटिएको अवस्थामा फेला परेका छन् ।
आमा हत्या प्रकरणः आरोपी छोरालाई १० दिन म्याद थप
आमाको हत्या गरेको आरोपमा पक्राउ परेका २६ वर्षीय छोरा मिलन गमाललाई ज्यान सम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालतबाट दश दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान थालिएको छ । गमाललाई आमाको घाँटी थिची हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
वैदेशिक रोजगार विभागका लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा
वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध १५ हजार रुपियाँ घुस लिएको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
‘हुण्डी कारोबार नियन्त्रण गर्नसके अर्थतन्त्र चलायमान हुन्छ’
बाह्य विप्रेषक (रेमिट्यान्स) कम्पनी सञ्चालकले वैदेशिक रोजगार वा व्यवसायमा रहेका व्यक्तिको आम्दानी वैधानिक माध्यमबाट पठाइ मुलुकको राजस्व वृद्धि गर्न हुण्डी कारोबारलाई निस्तेज तुल्याउन पर्ने आवश्यकता औँल्याउनुभएको छ ।
हुण्डी कारोबार गरेको आरोपमा दुई जना पक्राउ
प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । ठुलो परिणाममा स्रोत नखुलेको रकमसहित उनीहरूलाई पक्राउ गरिएको हो ।