वैदेशिक रोजगारी पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पेस्तोल र गोलीसहित एकजना पक्राउ
प्रहरीले गोकर्णेश्वरबाट अटोमेटिक पेस्तोल एक थान र सोही पेस्तोलका गोली चार राउण्डसहित एक जनालाई पक्राउ गरेको छ ।
भारततर्फ लैजाँदै गरेको खुकुरी चुरोट बरामद
भारतबाट भन्सार छलेर विभिन्न सामान नेपालतर्फ अवैध रुपमा आयात भइरहेका बेला नेपालबाट पनि अबैध रुपमा भारततर्फ नेपाली उत्पादन लैजाँदैगरेको भेटिएको छ । ठुलो परिमाणको खुकुरी चुरोट प्रहरीले नाका नजिकबाट बरामद गरेको छ ।
अवैध लागूऔषधसहित दुई जना पक्राउ
प्रहरीले २३२ ग्राम खैरो हेरोइन र नाइट्रोभेट ७४९ ट्याब्लेटसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ गरेको छ ।
झापामा दुवै दारा काटिएको मृत हात्ती फेला
झापामा दुवै दारा काटिएको अवस्थामा एउटा जङ्गली हात्ती मृत फेला परेको छ ।
गैरकानुनी सम्पत्ति आर्जन मुद्दा अख्तियारले गर्यो सर्वोच्चमा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालत काठमाडौँबाट भएको फैसला चित्त नबुझेको गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दा पुनरावेदन गरेको छ ।
किशोरीलाई बलात्कार गरेको आरोपमा एक पक्राउ
सुस्त मनस्थिति भएकी किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले गौशाला नरपालिका–७ जमुनियाका ५६ वर्षीय गिरीदेव चौधरीलाई बलात्कार आरोपमा मङ्गलबार पक्राउ गरेको हो ।
२३ किलो चरेशसहित एक पक्राउ
शस्त्र प्रहरीले बर्दियाको सीमा इलाकाबाट करिब २३ किलो चरेशसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी नयाब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार पक्राउ पर्नेमा रुकुम पश्चिमको सानोभेरी गाउँपालिका–५ स्थायी वतन भएका वर्ष ३४ का बम बहादुर पुन रहेका छन् ।
नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुई जना महिला पक्राउ
नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा, झापा गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–७ चावहिलस्थित फ्रेण्डसिप ब्यूटी एण्ड स्पाकी सञ्चालक ३४ वर्षीया पुजा लोवा र चितवन वीरेन्द्रनगर घर भई हाल काठमाडौं महानगरपालिका–७ गंगाहिटी बस्ने ४३ वर्षीया पुजा मगर भन्ने ओम कुमारी पुन रहेका छन् ।
बिर्तामोडमा नक्कली सुन बेच्ने भारतीय पक्राउ
झापा प्रहरीले सुनजस्तो देखिने पहेँलो धातु देखाएर ठगी गर्ने एक जना भारतीय नागरिकलाई बिर्तामोडबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दका अनुसार जल्पाइगुढी–४० सिलिगुडी बस्ने ५४ वर्षीय शेरबहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।
आठ जना भारतीयविरुद्ध मुद्दा
अमेरिका पठाउने प्रलोभनमा पारी भारतबाट काठमाडौँ ल्याई बन्धक बनाएर फिरौती माग्ने आठ जना भारतीय नागरिकलाई प्रहरीले अपहरण तथा शरीर बन्धक तथा सङ्गठित अपराधको कसुरमा मुद्दा दर्ता गर्ने सिफारिससहितको प्रतिवेदन दिएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँले भारतीय नागरिक अब्दुल रहिम, चरणजित सिंह, निपुन गुप्ता, रामचन्द्र शर्मा, इन्द्र भन्ने हिन्दुसिंह यादव, अशोक कुमार, रवि मेवाडे र मनिषकुमार मल्होत्राविरुद्ध अदालतमा मुद्दा दर्ता गर्न सिफारिससहितको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।
धनजित हत्याका तीन आरोपी पक्राउ
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीस्थित निभारेका ३१ वर्षीय धनजित राईलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा तीन युवा पक्राउ परेका छन् ।
नेपालगन्जको एक पसलमा चोरी
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ बसपार्क नजिक रहेको बाइपास रोडको एक पसलमा आइतबार राति चोरी भएको छ ।
नौ महिनामा दुई सय १६ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय बाँकेले यो आर्थिक वर्षको चैत मसान्तसम्म नौ महिनाको अवधिमा विभिन्न मुद्दामा एक सय २१ वर्ष कैद सजाय सुनुवाइ भएका दुई सय १६ जना अभियुक्तलाई पक्राउ गरेको जनाएको छ ।
खानेपानीका कार्यालय प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मुगुको सोरु गाउँपालिका–५ स्थित खानेपानी सिँचाई तथा ऊर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजीव रिमालसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
उत्तरपश्चिम पाकिस्तानमा विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको विस्फोटमा तीन बालबालिकाको मृत्यु हुनुका साथै एक जना घाइते भएको अधिकारीले बताएका छन् ।
सिड्नीको सपिङ मलमा भएको छुरा आक्रमणमा ‘केही व्यक्ति’ हताहत : प्रधानमन्त्री अल्बानिज
अस्ट्रेलियाको सिड्नीमा रहेको एउटा व्यावसायिक भवनभित्र मानिसहरूलाई आतङ्कित पार्ने गरी छुरा प्रहार भएको छ । उक्त घटनामा कम्तीमा पाँच जनाको मृत्यु भएको प्रहरी र स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
भाइको हत्या अभियोगमा दाइ पक्राउ
भाइको हत्या गरेको अभियोगमा आफ्नै दाजुलाई प्रहरीले पक्राउ गरेको छ।
अख्तियारद्वारा सर्वोच्चमा मुद्दा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएको फैसला चित्त नबुझी सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरेको छ ।
तीन बङ्गलादेशी नागरिक पक्राउ
प्रहरीले नेपाल प्रवेश गरी गैरकानुनी तवरले बसिरहेका तीन बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ ।
वित्तीय संस्थाका वरिष्ठ फिल्ड सहायकविरुद्ध १९ लाखको भ्रष्टाचार मुद्दा
ग्रामीण विकास लघुवित्त वित्तिय संस्था लिमिटेड, टाँडी चितवनका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारीविरुद्ध १९ लाख दुई हजार २३७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
नक्कली प्रमाणपत्र पेश गर्ने सहयोगीविरुद्ध मुद्दा दायर
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको भन्दै पर्सास्थित धोबिनी गाउँपालिकाअन्तर्गत पर्ने नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा कार्यरत बाल विकास सहयोगी कार्यकर्ताविरुद्ध आरोपपत्र दायर गरिएको छ ।
कैदीबन्दी व्यवस्थापनमा समस्या
कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढेसँगै उनीहरुको व्यवस्थापनमा चुनौती थपिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा कठिन भएको छ । कारागारमा दुई सय ५५ पुरुष र २५ जना महिला कैदीबन्दी व्यवस्थापनको क्षमता भएपनि हाल ४२ जना महिला र सात सय ४२ पुरुष र चार जना आश्रित बालबालिका छन् ।