लागूऔषध नियन्त्रणका लागि समुदायसँग प्रहरी साझेदारी कार्यक्रम
जिल्लामा लागूऔषध कारोबार र प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय झापाले यसको नियन्त्रणका लागि समुदायसँग प्रहरी साझेदारी कार्यक्रमलाई तीव्र बनाएको छ ।
बञ्चरो प्रहारबाट एकको मृत्यु
सप्तरीको सप्तकोशी नगरपालिका-३ मा बञ्चरो प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तकोशी न.पा.३ स्थित सखवनि नयाँ बस्तीका ४५ वर्षीय हिराइ सदा हुनुहुन्छ।
सुनसरीमा १६३ केजी गाँजा बरामद
सशस्त्र प्रहरीले सुनसरीमा १६३ केजी ८४५ ग्राम गाँजा बरामद गरेको छ । मङ्गलबार राति १ः३० बजे सुनसरी वराहक्षेत्र नगरपालिका–१ स्थित सप्तोकोशी नदिको किनारमा पाँच–छ जनाले डुङ्गाबाट निकाल्दै गरेको अवस्थामा सशस्त्र प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको हो ।
श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या
मोरङको बेलबारी १ भेडाटोल बस्ने ६० वर्षीय बमबहादुर लिम्बूले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।
अनलाइन क्यासिनो खेलाउने चार पक्राउ
क्यास एपलगायतका एप्लिकेसन मार्फत हारजीत हुने गरी अनलाइन क्यासिनो खेलाएको अभियोगमा प्रहरीले तीन महिला र एक पुरुष गरी चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
साथीको हत्या गरी फरार अभियुक्त २१ वर्षपछि पक्राउ
नेपाल प्रहरीले २१ वर्षअघि साथीको हत्या गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मङ्गलबार पत्रकार सम्मेलन गरी सो बारे जानकारी गराएको हो ।
सर्लाहीमा पेस्तोलसहित दुई भारतीय ‘मस्ट वान्टेड अपराधी’ पक्राउ
सर्लाही प्रहरीले दुई भारतीय ‘मस्ट वान्टेड अपराधी’ लाई पेस्तोल र गोलीसहित नियन्त्रणमा लिएको छ ।
नगर उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सर्लाहीको हरिपुर नगरपालिकाका उपप्रमुख रेणुका देवी काफ्लेसहित दब जनाविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको मुद्दा दायर भएको छ ।
लागूऔषधसहित दुई पक्राउ
प्रहरीले नवलपुरबाट ठुलो मात्रामा प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
टेकनारायणको बन्दी प्रत्यक्षीकरणको रिट अरुसँगै राख्न आदेश
सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनुवामा रहेका निलम्बित सचिव टेकनारायण पाण्डेको बन्दीप्रत्यक्षीकरणको रिटमा लगाउमा राखी पेस गर्न आदेश दिएको छ ।
सुन तस्करी प्रकरण : गुरुङलाई धरौटीमा छाड्न आदेश
काठमाडौँ जिल्ला अदालतले सुन तस्करी प्रकरणमा छानबिनका लागि पक्राउ परेका जीवन गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
नर्स हत्या प्रकरण : आरोपित युवा मृत फेला
मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स २५ वर्षीया चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न आरोपित युवा मृत फेला परेका छन् ।
सर्वोच्च अदालत परिसरबाट हतियारसहित एक पक्राउ
नेपाल प्रहरीले सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
इसानाथ नगरपालिका नगर कार्यपालिका, रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्तासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
माओवादी उपाध्यक्ष महरा प्रहरी नियन्त्रणमा
नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । महरालाई कपिलवस्तुको मायादेवी गाउँपालिकाको पकडिबाट नियन्त्रणमा लिइएको प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीम प्रसाद ढकालले जानकारी दिनुभयो ।
खड्काविरुद्धको मुद्दामा पुनरावेदन
नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई विपक्षी बनाएर दायर भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले गरेको फैसलाप्रति असन्तुष्टि जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । खड्काको आय र व्ययतर्फका शीर्षकमा आफूले गरेको मूल्याङ्कन रकमलाई मान्यता नदिई विशेष अदालतले अन्यथा तथा फरक अङ्क कायम गरी फैसला गरेको आयोगले दाबी गरेको छ । साथै अदालतबाट फैसलाका क्रममा अदालतले लिएको कानुनी आधार र प्रमाण त्रुटिपूर्ण रहेको पनि आयोगको दाबी छ ।
धार्मिक शिविर छाडेर काली कम्बलवाला बाबा फरार
वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पिपरास्थित चिनी मिलको जग्गामा काली कम्बलवाला बाबाले फागुन ३० गतेदेखि ११ दिनका लगाएको निःशुल्क धार्मिक शिविर छाडेर बाबा फरार हुनु भएको छ ।
प्रेम प्रस्ताव अस्वीकार गर्दा सुष्माको हत्या
लामो समयदेखि एकतर्फी प्रेम गर्दै आएका २१ वर्षीय रुपेन्द्र लामाले प्रेम प्रस्ताव अस्वीकार गरेकै आधारमा काठमाडौं गोकर्णेश्वर नगरपालिका ३ कि १८ वर्षीय सुष्मा लामाको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
डिभिजन वन अधिकृतसहित २४ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिनाको मुद्दा
महोत्तरीको जलेश्वरस्थित डिभिजन वन कार्यालयका तत्कालीन डिभिजन वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरुद्ध ११ लाख ९६ हजार ६९५ रुपियाँ सार्वजनिक सम्पत्ति हिनामिना गरेको मुद्दा दायर भएको छ।
स्रोत नखुलेको एक करोड ५६ लाखको छानबिन राजस्व कोहलपुरले गर्ने
हुण्डी कारोवारको आशंकामा नेपालगन्जमा प्रहरीले नियन्त्रणमा लिएको स्रोत नखुलेको एक करोड ५६ लाख रुपियाँ र पक्राउ परेका आठ जनाको बारेमा विस्तृत छानबिन राजस्व अनुसन्धान कार्यालय कोहलपुरले गर्ने भएको छ।
दोहोरो नागरिकता दिने प्रशासकीय अधिकृत पक्राउ
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले झुटा विवरण पेश गरी नेपाली नागरिकता लिने विदेशी नागरिकका लागि नागरिकता जारी गर्ने तत्कालीन प्रशासकीय अधिकृतलाई पक्राउ गरेको छ ।
सुन तस्करी अभियोगमा दिपेश पुन पक्राउ
सुन तस्करी अभियोगमा अनेरास्ववियु क्रान्तिकारीका महासचिव दिपेश पुन पक्राउ परेका छन्।
मोबाइल लुटपाटमा संलग्न समूह पक्राउ
रुपन्देही प्रहरीले विभिन्न स्थानबाट मोबाइल लुटपाटमा संलग्न आरोपित समूहलाई पक्राउ परेको छ । विभिन्न स्थानबाट मोबाइल लुटेर भाग्ने गरेको सर्वसाधारणले जानकारी गराएपछि जिल्ला प्रहरीबाट खटिएको टोलीले सो समूहलाई पक्राउ गरेको हो ।
दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
दुबई पठाइदिन्छु भन्दै दुई लाख ५० हजार रूपियाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । तनहुँ बन्दिपुर नगरपालिका–५ घर भई काठमाडौं मैतीदेवी बस्ने ४५ वर्षीय विष्णु बहादुर भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।