नेपाल–अङ्ग्रेज युद्ध बुटवलको लडाइँ
नेपाल र अङ्ग्रेजको सैनिक मुठभेड विसं १८२४ देखि सुरु भएको थियो, जुनबेला क्याप्टेन किनलकले कान्तिपुरका राजा जयप्रकाश मल्लको पक्षमा गोर्खालीविरुद्ध आफ्नो सेना उतार्न खोजेका थिए । काठमाडौँमा आक्रमण गर्न आएका गोर्खालीलाई तिनीहरूबाट बचाउन किनलकले मल्ल राजालाई सघाउन आउ“दै थिए । यसमा अङग्रेजको सिन्धुलीमा हार भयो । त्यसको ४८ वर्षपछि आएर सबैभन्दा ठुलो फौजी युद्धमा बदलियो । यसलाई ‘नेपाल–कम्पनी’ युद्ध वा ‘नेपाल–अङ्ग्रेज युद्ध’ भनिन्छ । जसमा नेपालले आफ्नो देशको आधाजसो भूभाग गुमाउन पुग्यो । युद्धमा हारजित विश्वव्यापी सत्य हो । नेपाली सेनाले जिउज्यान लगाएर आफूभन्दा कता हो कता शक्तिशाली शत्रुसँग डिफेन्सिभ÷अफेन्सिभ (जाइ कटक नगर्ने झिकी कटक गर्ने) युद्ध लड्यो । अङ्ग्रेजले नेपाललाई पनि उपनिवेश बनाउन चाहन्थे होलान् तर नेपाल विश्व इतिहासमा कहिल्यै कसैको उपनिवेश बनेन ।
तपाईं रिटायर्ड हुनुभएको हो ?
त्रिभुवन विश्वविद्यालयका एक जना प्राध्यापक तथा नेपाली साहित्यका प्रसिद्ध समालोचकसँग एउटा पुस्तकको अन्तर्क्रियामा भेट भयो । निकै लामो समयपछिको भेट भएकाले कुशलक्षेम सोध्ने क्रममा उहाँले सोध्नुभयो, “तपाईं रिटायर्ड हुनुभएको हो ?” उहाँको प्रश्नले म झसङ्ग भएँ । मैले कहिले पनि रिटायर्ड भएको वा रिटायर्ड हुने कुरा सोचेको छैन । मैले उहाँलाई जवाफ दिएँ, “मेरो जागिर मात्र छुटेको हो, म रिटायर्ड भएको होइन ।” मेरो जवाफ सायद उहाँका लागि पनि अनपेक्षित थियो । किनभने केही निश्चित अवधि जागिर खाएर त्यो जागिर छुटेपछि मानिस रिटायर्ड हुन्छन् भन्ने आमबुझाइ छ हाम्रो समाजमा । रिटायर्ड अर्थात् बुढो अर्थात् सव्रिmय जीवन बिताउन नसक्ने अर्थात् अब काम नलाग्ने ।उहाँले मेरो जवाफ सुनेपछि एकछिन विचार गर्नुभयो र त्यसपछि भन्नुभयो, “मैले भन्न खोजेको पनि जागिर छुटेको कुरा नै हो ।”हामी दुवै हाँस्यौँ । यो सामान्य संवाद थियो हाम्रोबिचमा तर यसले मलाई एकाएक सोचमग्न बनायो ।
सन् २०२३ नोबेल पुरस्कार विजेता
वार्षिक रूपमा प्रदान गरिने प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हो नोबेल । यो पुरस्कार एक स्विडेनी आविष्कारक, इन्जिनियर तथा उद्योगपति अल्फ्रेड नोबेलको नाममा सन् १८९६ मा स्थापना गरिएको थियो । नोबेल पुरस्कार भौतिकशास्त्र, रसायनशास्त्र, फिजियोलोजी वा मेडिसिन, साहित्य, शान्ति र आर्थिक विज्ञान विधामा प्रदान गरिन्छ । यी पुरस्कार हरेक वर्ष अल्फ्रेड नोबेलको मृत्यु भएको दिन डिसेम्बर १० मा स्टकहोमर ओस्लोमा आयोजित समारोहमा प्रदान गरिन्छ । नोबेल शान्ति पुरस्कार ओस्लोमा प्रदान गर्ने प्रचलन रहिआएको छ ।
मलमूत्रले उपचार !
मानिसलाई आफ्नो सरसफाइमा ध्यान दिन सर्वप्रथम आफ्नो मलमूत्रमा विशेष ध्यान दिनुपर्ने विश्व स्वास्थ्य सङ्गठनको भनाइ छ । मलमूत्र चलाएमा राम्ररी हातगोडा धुने र मलमूत्रको व्यवस्थित विसर्जन गरिनु पर्ने सर्वमान्यता पनि छ । अन्यथा रोग सर्ने र वातावरण दूषित हुने गर्छ । अन्य व्यक्तिको मल (दिसा) लाई आफ्नो शरीरमा प्रवेश गराई उपचारात्मक लाभ लिन सकिने अवधारणा विकास भएको थाहा पाउँदा अचम्म मान्नु हुन्छ होला तर दिसामा हुने ब्याक्टेरियालाई शरीरमा प्रत्यारोपण गरी आन्द्राका कतिपय समस्या समाधान गर्न सकिने देखिएको छ । आन्द्रामा रहेका हितकारी ब्याक्टेरियाले शरीरको प्रति
गर्भसँग जोडिएको क्यान्सर
कोरिओकार्सिनोमा जेस्टेसनल (गर्भसँग सम्बन्धित) ट्रोफोब्लास्टिक डिजिज (रोग) कै एक प्रकार हो । कोरिओकार्सिनोमा बिरलै हुने क्यान्सरमा गनिन्छ, जुन असामान्य गर्भका रूपमा विकसित हुन्छ । यस्तो असामान्य वृद्धि गर्भावस्थाको आरम्भिककालमा पाठेघरभित्रबाट सुरु हुन्छ । कोरिओकार्सिनोमालाई कोरियोब्लास्टोमा, कोरियोइपिथेलिओमा, जेस्टेसनल ट्रोफोब्लास्टिक, निओप्लासिया वा ट्रोफोब्लास्टिक ट्युमर पनि भनिन्छ । कोरिओकार्सिनोमा र मोलार गर्भबीच के भिन्नता छ भने कोरिओकार्सिनोमा गर्भ प्रक्रियाको
लोप भयो समुद्री गाई
आमरूपमा समुद्री गाई भनिने एउटा जीव चीनबाट लोप भएको छ । सामुद्रिक स्तनधारी जीव डुगोङ्ग लोप भएको घोषणा वैज्ञानिकहरूले गरेका छन् । शताब्दीयौँदेखि रेकर्डमा रहेको यो जीव दुई दशकयता नदेखिएको वैज्ञानिकहरूको भनाइ छ । वैज्ञानिकहरूको एक अन्तर्राष्ट्रिय टोलीले हालै यस विषयमा अनुसन्धान गरेको थियो । चार वटा चिनियाँ प्रान्तमा स्थानीय माछा मार्ने समुदायमा सर्भेक्षण गरी हराएको डुगोङ्ग जीवका बारेमा सबुत खोज्ने प्रयास गरियो ।
राजाविरुद्ध बोल्न नपाइने देश
दक्षिणपूर्वी एसियाली मुलुक थाइल्यान्डमा राजाको विरोध र आलोचना गर्न पाइँदैन । त्यहाँ राजाको मात्र होइन राजपरिवारका सदस्यको समेत विरोध र आलोचनामाथि रोक लगाइएको छ । राजतन्त्रमा सुधारको माग गर्ने मानवाधिकारकर्मी वकिल आनोन नाम्पा अहिले जेलमा छन् । उनलाई चार वर्षको जेल सजाय तोकिएको छ । सन् २०२० को अक्टोबरमा भएको प्रदर्शनमा नाम्पाले गरेको टिप्पणीका कारण बैङ्ककको एक अदालतले उनलाई दोषी ठहर ग¥यो । त्यसै गरी आन्चन नाम गरेकी थाई महिलालाई ४३ वर्ष जेल सजाय गरिएको छ ।
फेरियो गाउँले शैली
काठमाडौँबाट पूर्व एक नम्बरका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र दोलखासम्मका गाउँमा बनेका घिउ, नौनी, पनिर र छुर्पी विगतमा काठमाडौँ उपत्यकामा सहजै पाइन्थ्यो । अझ चाडपर्वमा दूध–दही छेलोखेलो हुन्थ्यो। एकाध परिवारको मात्र विशेष कारणले दूध–दही हुँदैनथ्यो । अहिले गाउँमा अवस्था उल्टिएको छ । एकाध परिवारमा मात्र दूध–दही भेटिन्छ । जसको घरमा पाखुरा दह्रो भएको मान्छे सहर र विदेश पसेको छैन उसका घरमा मात्रै दूध–दही दिने गाई–भैँसी देखिन्छन् ।
हिटलरलाई चिढ्याउने भर्साइलको सन्धि
मानव इतिहासमा पहिलो विश्व युद्धझै दोस्रो विश्वयुद्ध पनि उत्तिकै कलङ्कका रूपमा रहेको छ । दोस्रो विश्वयुद्धले सारा विश्वलाई तहसनहस पारेको थियो । युद्धका कारण ठूलो जनधनको क्षति भयो । युद्धले करोडौँ निहत्था मानिसको ज्यान लिएको थियो । लाखौँ मानिस अपाङ्ग, घाइते र घरबारविहीन बनेका थिए, लाखौँ बालबालिका टुहुरा भए ।
नचिनिएका अमृत
स्वास्थ्य नै धन हो ।’, यो कथन जति सरल छ त्यति नै मार्मिक र अर्थपूर्ण पनि छ । ‘भौतिक धन’ जीवनभोगका लागि हो भने ‘स्वास्थ्य–धन’ स्वस्थ र सुखी जीवनयापनका लागि हो । ‘भौतिक धन’ र ‘स्वास्थ्य–धन’ बीच एक हदसम्म नाता रहे पनि स्वास्थ्य–धनको उचाइ भौतिक धनले प्राप्त गर्न सक्दैन । कोही दीर्घरोगी बनेर थलिनुपर्ने अवस्था आयो भने भौतिक धनले मात्र धेरै सुख दिँदैन । शरीर स्वस्थ रहे ‘भौतिक धन’ आर्जन गर्न सकिन्छ तर ‘भौतिक धन’ बाट ‘स्वास्थ्य–धन’ आर्जन हुन्छ भनेर किटान गर्न
कृत्रिम गर्भबाट बच्चा
कृत्रिम गर्भबाट बच्चा जन्माउने कुरा सुन्दा निकै रोचक र साइन्स फिक्सनमा देखाइने दृश्य जस्तै लाग्छ । यस्तै सोचाइमा आधारित रहेर सन् १९९९ मा बनेको एक हलिउड चलचित्र ‘म्याट्रिक्स’ मा मानिस कारखानामा उत्पादन भइरहेको दृश्य देखाइएको थियो । त्यतिबेला यस कुराले त्यस चलचित्र हेर्ने सबैलाई चकित पार्यो । यस्तो पनि हुन्छ र ? यो भयो भने त विज्ञानको ठूलो उपलब्धि र चमत्कार नै मान्नुपर्ने हुन्छ भन्ने एकातिर भए भने अर्कोतर्फ विज्ञानले मानव अस्तित्वमै खतरा निम्त्याउन लाग्यो भन्ने भए ।
दिगो विकासका लक्ष्य
पछिल्लो समय राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा चर्चामा रहेको दिगो विकास लक्ष्यको चर्चा छ । सरकारी स्तरमा दिगो विकासका लक्ष्यबारे छलफल भए पनि जनस्तरमा यस बारेमा खासै जानकार छैनन् । जनस्तरमा यस विषयमाथि पर्याप्त छलफल भएको छैन । वर्तमान विश्वमा जलवायु परिवर्तन, विश्वव्यापी तापक्रम वृद्धि जस्ता नयाँ समस्या झेलिरहेको विश्वका हरेक मानिसले दिगो विकास लक्ष्यबारे जानकार हुनु जरुरी छ ।
दिमाग नष्ट गर्ने बानी
१. व्यायाम नगर्नु। व्यायाम गर्दा ‘ब्रेन–डराइभ्ड न्युरोट्रोफिक फ्याक्टर’ वृद्धि भएर स्मरण र सिकाइ शक्ति बढ्छ। २. भुँडे हुनु। पेटमा धेरै बोसो लागेमा ‘इन्फ्लामेसन’ हुन्छ। जसले गर्दा मस्तिष्क खुम्चिन्छ। शरीरमा धेरै बोसो भएको खण्डमा मस्तिष्कको ‘ग्रे म्याटर’ कम हुन जान्छ। ‘ग्रे म्याटर’ यस्तो तत्व हो जसले हाम्रो शारीरिक गति
२८ वर्ष गुप्तवास
द्वितीय विश्वयुद्धमा लडेका एक जापानी सिपाहीले २८ वर्ष गुमनामीको जीवन व्यतीत गरे । उनी सबैको सम्झनाबाट समेत विलिन भइसकेका थिए तर एक दिन आफूले तयार पारेको विचित्रको गुप्त संसारबाट उनी यस संसारमा देखिए, पत्याउनै गाह्रो भयो । कुरा हो ५२ वर्ष पहिलेको । प्रशान्त महासागरमा अवस्थित गुआम टापुमा जनवरीको एक दिन सिकारको खोजीमा भौँतारिरहेका दुई जना सिकारीले दुर्गम जङ्गलको खोलामा हातले बनाइएको झिङ्गेमाछा मार्न जाल लगाउँदै गरेका जङ्गली जस्ता एक मानिस देखे । ती व्यक्तिले झुत्रे लुगा लगाएका थिए, चाउरिएका र दुर्बल देखिन्थे ।
बलिया वालुङ
ताप्लेजुङ जिल्लाको तमोर नदीको माथिल्लो भागमा पर्ने ओलाङ्चुङगोला मुख्य बसोबास क्षेत्र भएका वालुङलाई नेपाल सरकारले हिमाली क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजाति समूहमा सूचीकृत गरेको छ । स्थानीय भाषामा ओलाङ्चुङगोलालाई वालुङ भनिन्छ । ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, लुङ्थुङ र लेलेपजस्ता ठूला पाँच गाउँ तथा अन्य ससाना केही गाउँको समूहलाई समग्रमा वालुङ भन्ने गरिन्छ । वालुङलाई होलुङ पनि भनिन्छ । यो उच्चारणको मात्र भिन्नता हो । सहजताका लागि यस क्षेत्रलाई गोला पनि भन्ने गरिएको छ । त्यहाँ बसोबास गर्ने मानिसलाई गोलाबारी पनि भनिन्छ ।
श्रमिकको दैनिक एक्स–रे गर्ने हीराखानी
दक्षिण अफ्रिकामा कुनै समय हीरा खानीमा काम गर्ने श्रमिकले हरेक दिन एक्स–रे गराउनु पर्दथ्यो । श्रमिकको स्वास्थ्यको अवस्था जान्न होइन शरीरमा हीरा लुकाएको त छैन भनी पक्कापक्की गर्न प्रत्येक दिन उनीहरूको एक्स–रे गरिन्थ्यो । सन् १९५४ मा दक्षिण अफ्रिकाको किम्बर्लेमा रहेको डी बियर्स हीरा खानीमा काम गर्ने श्रमिकले आफ्नो पालो सकाएर घर फर्कने बेला त्यहीँ रहेका रेडियोलोजिस्टले उनीहरूको एक्स–रे गर्दथे । सानो भन्दा सानो हीरा पनि झुक्याएर खानीबाट बाहिर लैजान नसकियोस् भनेर हरेक श्रमिकलाई एक्स–रेबाट गुज्रनु पर्दथ्यो ।
३३ वर्ष पुरानो चप्पल !
यो एक जोडी चप्पल ३३ वर्ष पुराना हुन् र यी इजिप्टका फारो तुतनखामुनको भएको बताइएको छ । काठले चप्पल बनाइएको छ र त्यसमा छालाको मोलम्मा चढाइएको छ । साथै सजाउनका लागि सुनको पत्र राखिएको देखिन्छ । चप्पलको बाह्य तलुवा प्लास्टरले बनाइएको तथा रुखका बोव्रmाले बनाइएको रेसाद्वारा सिलिएको छ ।
३८ करोड वर्ष पुरानो मुटु !
पश्चिमी अस्ट्रेलियाको किम्बरले क्षेत्रको पर्वतमालास्थित फिट्जराय क्रसिङ सहर नजिक संसारकै सबैभन्दा राम्रोसँग संरक्षित प्राचीन मुगा पर्वत छ । त्यहाँ प्राचीनकालको समुद्री जनावरका असङ्ख्य अवशेष राखिएको छ, जसमा प्लेकोडर्म पनि रहेको छ । त्यहाँ प्लेकोडर्मको ३८ करोड वर्ष पुरानो मुटु राखिएको छ । सन् १९४० को दशकमा फिट्जराय क्रसिङको नजिक उक्त माछाको जिवावशेष फेला परेको थियो तर सन् १९६० को दशकसम्म थ्रिडी संरक्षण प्रविधिको उपलब्धता हुँदासम्म
उपचारमा सहयोगी जीव
किराफट्याङ्ग्रा सामान्यतया रोग सार्ने र मानिसको शत्रुका रूपमा चिनिन्छन् । हामीले देखेमा किराफट्याङ्ग्रालाई मारिहाल्ने वा लखेट्ने गर्छौं । झिङ्गाले रोग सार्छ, लामखुट्टेले रोग सार्ने र टोकेर निद्रा बिथोल्ने तथा सर्पले डस्छ भन्ने सोचाइले हामी किराफट्याङ्ग्रालाई मन पराउँदैनौँ । वैज्ञानिक चाहिँ किराफट्याङ्ग्रालाई पारिस्थितिक प्रणालीको अभिन्न अङ्ग मान्छन् ।
युवा उद्यमीका कथा : जो अमेजनमा नेपाली चिया बेचिरहेछन्
ठमेलको सातघुम्तीबाट देबे्र लागेर दोस्रो मोडमा पुगेपछि चर्चित काठमाडौँ गेस्ट हाउसको उत्तरतर्फको प्रवेशद्वारमा पुगिन्छ । त्यहीँ द्वारबाट भित्र पसेपछि देखिन्छ, होटलको फराकिलो बगैँचा । साँघुरो र भिडभाडयुक्त ठमेलमा त्यति फराकिलो बगैँचाले खुलापनको महसुस गराउँछ । बगैँचा छेउ हुँदै होटलको मुख्य भवन प्रवेश गर्नुअघि लबिको देब्रेपट्टि एउटा चिया पसल देखिन्छ ।
तामझाम धेरै पदक दुई
चीनको होङजाउमा सम्पन्न १९ औँ एसियाली खेलुकद (एसियाड) मा नेपालले दुई वटा पदक मात्रै जित्न सक्यो । सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म भएको एसियाडमा नेपाललाई एक रजत र एक कांस्य पदक मात्र प्राप्त भयो । तर यसपालि जितेको पदक भने विशिष्ट छ । नेपालले पहिलो पटक कराँतेमा रजत पदक जित्यो भने एसियाडमा पहिलो पटक सहभागिता जनाएको महिला कबड्डी टोलीले कांस्य पदक हात पा¥यो ।
भारतको समुद्रयान मिसन
भारतले चन्द्रयान–३ र सूर्य मिसनपछि अब समुद्रको गहिराइ नाप्ने तयारी गरेको छ । यसका लागि भारतले समुद्रमा जाने यान बनाउँदै छ । यसलाई समुद्रयान साथै मत्स्य ६००० पनि भनिएको छ । यस यानमा तीन जना समुद्रको छ हजार मिटर गहिराइसम्म जाने छन् अनि त्यहाँ अध्ययन र अनुसन्धान गर्ने छन् । चेन्नइको नेसनल इन्स्टिच्युट अफ ओसन टेक्नोलोजीले यो यान बनाइरहेको छ । यो एक सामुद्रिक मिसन हुने छ । जसबाट सामुद्रिक अर्थतन्त्र अर्थात् ब्लु इकोनोमीको विकास गर्ने उद्देश्य छ । यसबाट समुद्रको भित्र रहेका जानकारी प्राप्त हुने छन् ।
घर घरमा मन्द विष
नेपाली बालबालिका सुरक्षित खेलौना खेल्ने अधिकारबाट वञ्चित मात्र छैनन् उनीहरूमा अनेक खालका हानिकारक तत्वको असर पनि परिरहेको छ । बालबालिकाकै हकहित संरक्षण गर्नका लागि गठन भएका मन्त्रालय, विभाग, आयोग र आयोजनालाई बालबालिकाले खेल्ने खेलौना वा खाने पूरक आहारामा पाइने घातक रसायनका बारेमा कुनै चासो नै छैन । साथै यससम्बन्धी प्राविधिक जनशक्ति एवं प्रयोगशाला जस्ता आवश्यक पूर्वाधारको त कमी नै छ ।
रहस्यमय अङ्गच्छेदन
शताब्दीयौँदेखि गाईबस्तुको रहस्यमय अङ्गच्छेदनको घटना भइरहेका छन् । आमसिकारीदेखि अज्ञात उडनतस्तरी यी घटनाका जिम्मेवार रहेको व्याख्या हुने गरेको छ । वास्तविकता के हो ? मुर्दा गाईबस्तुको अवस्था देखेर तिनका पालक स्तब्ध हुन्थे । पशुका आँखा, कान, पेट, मलद्वार, यौन अङ्ग र जिब्रो चतु¥याइँपूर्वक काटिएको देख्दा यस्तो लाग्थ्यो धारिलो र सफा उपकरणले तिनलाई काटिएको हो । मरेका गाईबस्तुको शरीरमा रगतको थोपा हुँदैनथ्यो । घटनास्थलमा न त कसैको पदचिह्न देखिन्थ्यो न त त्यहाँ मौकाको फाइदा उठाउने मुर्दाखोर नै फेला पर्दथे ।