भरतपुरमा गठबन्धनको उम्मेदवारी दर्ता
भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको साझा उम्मेदवारम रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ।
स्थानीय तह सदस्य निर्वाचनका लागि ८० प्रतिशत मतपत्र छपाइ सम्पन्न
वैशाख ३० गते सम्पन्न हुने आसन्न स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि हालसम्म ६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार (करिब ८० प्रतिशत) मतपत्रको छपाई सकिएको निर्वाचन आयोगले जनाएको छ ।
पोखरा महानगरमा गठबन्धन र एमालेको उम्मेदवारी दर्ता
पोखरा महानगरपालिकामा नेपाली कांग्रेस सहितका पाँच दलीय गठबन्धनका तर्फबाट महानगरपालिकाको प्रमुख पदमा धनराज आचार्य र उपप्रमुख पदमा कोपिला रानाभाटले उम्मेदवारी दर्ता गर्नुभएको छ।
गठबन्धनबाट विराटनगर प्रमुखमा कोइराला, उपप्रमुखमा यादवको मनोनयन दर्ता
स्थानीय तहको निर्वाचनका लागि मनोनयनको दोस्रो तथा अन्तिम दिन विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट नागेश कोइरालाले प्रमुख पदमा मनोनयन दर्ता गराउनुभएको छ ।
निवर्तमान प्रमुख चिरीबाबु महर्जनको उम्मेदवारी दर्ता
ललितपुर महानगरपालिकाको प्रमुख पदमा सत्तापक्षीय गठबन्धनमा नेपाली काँग्रेसबाट चिरीबाबु महर्जनले र नेकपा (माओवादी केन्द्र)बाट बाबुराजा ब्रजाचार्यले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
काठमाडौं महानगर प्रमुखमा काँग्रेसका सिंहको उम्मेदवारी
नेपाली काँग्रेसको तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदमा सिर्जना सिंहले उम्मेदवारी दर्ता गर्नुभएको छ । सोमबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृहमा पुगेर उहाँले उम्मेदवारी दर्ता गर्नुभएको हो ।
एमालेका स्थापित र राप्रपाका श्रेष्ठको उम्मेदवारी दर्ता
नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदमा केशव स्थापितले उम्मेदवारी दर्ता गर्नुभएको छ । सोमबार राष्ट्रिय सभागृहमा पुगेर उहाँले उम्मेदवारी दर्ता गर्नुभएको हो । साथै उपप्रमुखमा सुनिता डङ्गोलले पनि उम्मेदवारी दर्ता गर्नुभएको छ ।
कल सेन्टरमा आएका जिज्ञासाको तत्काल समाधान हुने
निर्वाचन आयोगको कल सेन्टरमा आएका जिज्ञासाको तत्काल समाधान गर्न थालेको छ । उम्मेदवारहरुको मनोनयनसँगै सेन्टरमा सर्वसाधारणले सम्पर्क गरेर जिज्ञासा राख्न थालेपछि आयोगले त्यसको समाधान गर्ने प्रक्रियालाई पनि अगाडि बढाएको छ ।
आज पनि मनोनयनपत्र दर्ता, उम्मेदवारको सूची आजै प्रकाशन गर्ने
स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोयन दर्ता आज अपराह्न ५ सम्म तोकिएको छ । आज बिहान १० देखि अपराह्न ५ बजेसम्म ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारले मनोनयन दर्ता गराउन सक्नेछन् ।