रातो मच्छिन्द्ननाथ बुंग जात्राको तयारी (फोटो फिचर)
वैशाख २१ गतेदेखि रातो मच्छिन्द्ननाथको रथ जात्रा सुरु हुँदैछ। मच्छिन्द्ननाथलाई रथमा भने वैशाखको १७ गते नै राखिन्छ। ललितपुरको पुल्चोकमा रथ जात्राको लागि रथ बनाउने काम भइरहेको छ। नेवारी पात्रोको तिथिअनुसार मच्छिन्द्ननाथको रथ 'पारु' दिनदेखि निर्माण गर्न सुरु गरिन्छ। त्यसको निर्माण १५ दिनमा सक्नुपर्ने परम्परा रहेको निर्माणका सहायक नाइके प्रेम महर्जनले जानकारी दिनुभयो।
संसदको बन्द सूचीमा रहेका १५ जनाकाे मनाेनयन खारेज
विगतका निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा नाम रहेका तर स्थानीय निर्वाचनका लागि उम्मेदवारी पनि दिएकाको उम्मेदवारी खारेज भएको छ । निर्वाचन आयोगका अनुसार करिब १५ जना त्यस्ता व्यक्तिको उम्मेदवारी खारेज भएको हो ।
स्थानीय निर्वाचन : एक लाख ५२ हजार ४६५ उम्मेदवार
काठमाडौं, वैशाख १४ गते। स्थानीय तह सदस्य निर्वाचन–२०७९ को कार्यक्रमअन्तर्गत यही वैशाख ११ र १२ गते परेका उम्मेदवारी मनोनयन दर्तामा हालसम्म एक लाख ५२ हजार ४६५ जनाको विवरण सङ्कलन भएको छ। यही वैशाख ३० गते हुने निर्वाचनमा ३५ हजार २२१ पदका लागि मतदान हुँदैछ।निर्वाचन आयोगको प्रणालीमा बुधबार साँझसम्म प्रविष्ट भएको विवरणअनुसार दलगत र स्वतन्त्रसहित गरी प्रमुखमा तीन हजार ४९४, अध्यक्षमा तीन हजार ३८७, उपप्रमुखमा दुई हजार ५६ जनाले मनोनयन दर्ता गरेका हुन्। त्यसैगरी उपाध्यक्षमा दुई हजार एक, वडाध्यक्षमा ३५ हजार २५६ र सदस्यमा ५५ हजार ४७१ जनाको उम्मेदवारी परेको छ। आयोगको सूचना तथा प्रविधि शाखाका अनुसार छुटपुट भएका र विवरण सच्याइएका तथ्याङ्क प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेको छ। आयोगले उम्मेदवारको पूर्ण विवरण बुधबार सार्वजनिक गर्ने भने पनि साँझ ढिलासम्म सार्वजनिक हुन सकेको छैनस्थानीय निर्वाचन : एक लाख ५२ हजार ४६५ उम्मेदवार काठमाडौं, वैशाख १४ गते। स्थानीय तह सदस्य निर्वाचन–२०७९ को कार्यक्रमअन्तर्गत यही वैशाख ११ र १२ गते परेका उम्मेदवारी मनोनयन दर्तामा हालसम्म एक लाख ५२ हजार ४६५ जनाको विवरण सङ्कलन भएको छ। यही वैशाख ३० गते हुने निर्वाचनमा ३५ हजार २२१ पदका लागि मतदान हुँदैछ।निर्वाचन आयोगको प्रणालीमा बुधबार साँझसम्म प्रविष्ट भएको विवरणअनुसार दलगत र स्वतन्त्रसहित गरी प्रमुखमा तीन हजार ४९४, अध्यक्षमा तीन हजार ३८७, उपप्रमुखमा दुई हजार ५६ जनाले मनोनयन दर्ता गरेका हुन्। त्यसैगरी उपाध्यक्षमा दुई हजार एक, वडाध्यक्षमा ३५ हजार २५६ र सदस्यमा ५५ हजार ४७१ जनाको उम्मेदवारी परेको छ। आयोगको सूचना तथा प्रविधि शाखाका अनुसार छुटपुट भएका र विवरण सच्याइएका तथ्याङ्क प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेको छ। आयोगले उम्मेदवारको पूर्ण विवरण बुधबार सार्वजनिक गर्ने भने पनि साँझ ढिलासम्म सार्वजनिक हुन सकेको छैन। रासस
दुई दिन सार्वजनिक बिदा : ‘व्यापार घाटा मासिक १० प्रतिशतले घट्छ’
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लागेको छ। ‘दुई दिन बिदा भएपछि इन्धन खपत कम हुन्छ र मुद्रा विदेशिनेक्रम घट्दै अन्तर्राष्ट्रिय व्यापार घाटा पनि कम हुन्छ।’
उपत्यकामा ज्याकारान्डाको सुन्दरता (फोटो फिचर)
मन्दिरको सहर भनेर चिनिने काठमाडौं उपत्यका यत्तिबेला भने ज्याकारान्डाको सुन्दरताले ढपक्क छोपिएको छ।
सातामा दुई दिन बिदा दिने सरकारकाे निर्णय
नेपाल सरकारले परीक्षणको रुपमा सातामा दुई दिन साप्ताहिक बिदा दिने निर्णय गरेको छ।
डिजास्टर रिकभरी सेन्टरमा पूर्वाधारको अभाव
हेटौँडामा स्थापना भएको डिजास्टर रिकभरी केन्द्र चार वर्ष पुग्नै लाग्दा डाटा ब्याकअपका लागि पूर्वाधारमा कमी हुँदा समस्या निम्तिएको छ । सूचना प्रविधि केन्द्रमा कुनै समस्या आए तत्काल डाटालाई अनलाइन रिकभरी गर्न कठिनाइ भएको छ ।
विभिन्न १० प्रकारका विलासीका वस्तु आयातमा रोक
विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि असार मसान्तसम्मकाे लागि आयातमा कडाइ गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेर विभिन्न १० प्रकारका विलासीका वस्तु आयातमा रोक लगाएको हो ।
स्रोत छैन, छुट मात्रै
स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरूले धमाधाम आफ्ना घोषणापत्र सार्वजनिक गरेका छन् । मुलुकका प्रमुख राजनीतिक दलले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर सङ्कल्प, घोषणापत्र, अपिलको नाउँमा आफ्ना योजना र कार्यक्रम सार्वजनिक गरेका हुन् । पार्टीहरूले सार्वजनिक गरेका घोषणापत्रमा स्थानीय तहलाई आर्थिक रूपमा सबल र सक्षम बनाउनेभन्दा पनि कर