उत्पादन वृद्धि प्राथमिकतामा
अर्थमन्त्री जनार्दन शर्माले आयात प्रतिस्थापनका लागि उत्पादन वृद्धि गर्न आग्रह गर्नुभएको छ । मन्त्रालयगत बजेट छलफलका क्रममा सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको बैठकमा उहाँले उत्पादन वृद्धि र रोजगारी सिर्जनाका कार्यक्रम राख्न आग्रह गर्नुभएको थियो । उहाँले उद्योगका क्षेत्रअनुसार उत्पादन वृद्धि र रोजगारी सिर्जनाको तथ्याङ्कसमेत राखेर अर्को बैठकमा उपस्थित हुन आग्रह गर्नुभयो ।
मासिक एक अर्ब घाटा
मुलुकमा पछिल्लो पाँच वर्षको अवधिमा झन्डै डेढ खर्ब रुपियाँ बराबरको खाना पकाउने (एलपी) ग्यास आयात भएको छ । सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रमा समेत प्रयोग बढ्दै गएकाले आयात परिमाण बर्सेनि बढ्दै गएको हो ।
उम्मेदवारी दर्तामा अभूतपूर्व उत्साह
स्थानीय तह निर्वाचन २०७९ का लागि उम्मेदवारको मनोनयन पत्र दर्ता कार्य सम्पन्न भएको छ । निर्वाचन आयोगले प्रकाशित गरेको निर्वाचन तालिका बमोजिम वैशाख ११ र १२ गते गरी दुई दिन मनोनयन दर्ता भएको हो ।
आवश्यकताको गठबन्धन
वामपन्थी पार्टीभित्रको चरम विशृङ्खलता र अवसरवाद विस्फोट भएपछि मुलुकको राजनीतिले कोल्टे फेरेको छ । वर्ष दिनअघिसम्म मात्रै पनि केपी शर्मा ओलीले दुईतिहाइको मत कमाण्ड गर्दै हुनुहुन्थ्यो । ओलीमा पलाएको स्वेच्छाचारी प्रवृत्ति, दम्भ र अहंकारले त्यो शक्ति सम्हालिएन । फलतः वामपन्थी शक्ति छिन्नभिन्न हुन पुग्यो । त्यसैले नेपाली काँग्रेस बलियो भएको कतिपयको तर्क छ । वाम एकता भत्किएकैले मात्र काँग्रेस बलियो भएको हो वा यसबीचमा केही कामसमेत गरेकाले हो, त्यसको परीक्षण गर्न आसन्न स्थानीय तह निर्वाचन उपयुक्त कडी बन्ने थियो । यसका लागि काँग्रेस एकल रूपमै चुनावमा जानुपथ्र्यो । परिस्थिति त्यस्तो देखिएन ।
आधा खनियो थानकोट–सिस्ने खोला सुरुङ
मुलुककै महत्त्वाकाङ्क्षी परियोजनाका रूपमा रहेको थानकोट–नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्गको सुरुङ खन्ने काम आधा सकिएको छ । थानकोट–नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्ग आयोजनाका प्र
भरियालाई लाग्यो चुनाव– ‘भोट हाल्न त जाने हो बाबु’
काठमाडौंको न्यूरोडमा भारीको खोजीमा नाम्लो बोकेर हिँड्दै गर्नुभएका ७३ वर्षीय ज्ञानबहादुर भण्डारीलाई पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्रपछिको दोस्रो स्थानीय तहको निर्वाचनले छोएको छ ।
भरतपुरमा गठबन्धनको उम्मेदवारी दर्ता
भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको साझा उम्मेदवारम रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ।
स्थानीय तह सदस्य निर्वाचनका लागि ८० प्रतिशत मतपत्र छपाइ सम्पन्न
वैशाख ३० गते सम्पन्न हुने आसन्न स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि हालसम्म ६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार (करिब ८० प्रतिशत) मतपत्रको छपाई सकिएको निर्वाचन आयोगले जनाएको छ ।
पोखरा महानगरमा गठबन्धन र एमालेको उम्मेदवारी दर्ता
पोखरा महानगरपालिकामा नेपाली कांग्रेस सहितका पाँच दलीय गठबन्धनका तर्फबाट महानगरपालिकाको प्रमुख पदमा धनराज आचार्य र उपप्रमुख पदमा कोपिला रानाभाटले उम्मेदवारी दर्ता गर्नुभएको छ।