नेपालले भारतबाट अतिरिक्त हवाई रुट चाहेको छ : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुट चाहेको बताउनुभएको छ । भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित भारत नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स) लाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्नुहुँदै मन्त्री डा. राणाले नेपालले भारतबाट थप हवाई रुटको अपेक्षा गरिरहेको जानकारी गराउनुभएको हो ।
जडीबुटीको कौडी भाउ : सस्तोमा बेच्यो, महँगोमा किन्यो
बैतडीबाट गत वर्ष चार लाख किलो जडीबुटी निकासी गरेर सरकारले १६ लाख रुपियाँ राजस्व प्राप्त गर्दा जिल्लाका चार वटा आयुर्वेदिक अस्पतालका लागि ५० लाख रुपियाँ खर्च गरेर जडीबुटीको चूर्ण खरिद गरेको छ ।
समावेशीको अवसर पटक पटक नदिऔँ
एक पटक समावेशी कोटाबाट सिफारिस भई नियुक्त भएको कर्मचारीलाई पुनः समावेशी समूहको उम्मेदवार हुन नपाउने गरी कानुन तर्जुमा गर्न प्रदेश लोक सेवा आयोगले सुझाव दिएको छ ।
असावधानीले चिसोमा जान्छ ज्यान
वीरेन्द्रनगर–४, भैरवस्थानको समावेशी टोलमा घरभित्र सुतिरहेका आमाछोराको निसास्सिएर मृत्यु भएको छ ।
चम्किएँ, हराउँदिन : विपिन
कर्णालीले एनपिएलको यात्रा सकेपनि टोलीका युवा स्टार विपिन शर्माले भने बलियो छाप छोड्नु भएको छ । १६ वर्षीय बायाँ हाते लेगस्पिनर विपिनलाई कर्णालीले ट्यालेन्ट हन्टबाट टोलीमा अनुबन्ध गरेको थियो ।
कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा
कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा जनकपुरले कर्णाली याक्सलाई दुई विकेट हराउँदै फाइनलमा स्थान बनाएको हो ।
स्थानीय तहको एकलौटीमा बन्देज
शिक्षासँग सम्बन्धित कानुन बनाउँदा स्थानीय तहले एकलौटी गर्न नमिल्ने फैसला सर्वोच्च अदालतले गरेको छ ।
डरैडरले ‘बिग्रेको घर’ सहन्छन् महिला
बहुविवाहले प्रेमिल घरपरिवार बिगार्छ तर परिवार र जोरीपारीको डरैडरले ‘बिग्रेको घर’ नै स्वीकार गरेर कानुनी उपचार नखोज्ने प्रवृत्ति महिलामा यथावत् छ ।
जनकपुरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा
विनोद भण्डारीको अर्धशतकीय पारीसँगै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ ।
मुलुकलाई स्थिरता र सुशासनतर्फ फर्काउन नयाँ सरकार : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठुला दलको सहकार्यमा नयाँ सरकार बनाउनु परेको बताउनुभएको छ ।
समानताका लागि नारीवादी परराष्ट्र नीति : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले समानता र सबै अल्पसङ्ख्यक समूहहरुको अधिकारको सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीतिको आवश्यकतामा जोड दिनुभएको छ ।
प्रेरणाको स्रोत बन्दै भलमन्सा राजकुमारी चौधरी
एक दिन राजकुमारी चौधरीले आफ्ना पतिलाई भलमन्सा बन्न सुझाव दिनुभयो । थारू समुदायमा भलमन्सा भनेको गाउँ या बस्तीको अभिभावक हो । परम्परादेखि नै यो पदमा पुरूष मात्र चुनिने चलन थियो । त्यसैले उहाँले श्रीमानलाई यो पद दाबी गर्न भन्नुभयो ।
‘दीर्घरोगीले मर्निङवाक गर्नु घातक हुन्छ’
चिसो बढ्दै जाँदा विभिन्न सर्ने तथा नसर्ने रोगले दुःख दिने गर्छ । जाडोमा बढ्ने प्रमुख स्वास्थ्य समस्यामध्ये मुटुरोग पनि एक हो । अन्य मौसमको तुलनामा जाडोमा मुटुको समस्याले बढी दुःख दिने चिकित्सक बताउँछन् ।
चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा
एनिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
अछामका वृद्धवृद्धा भत्ता लिन सास्ती खेप्दै, बैङ्कको लापरबाहीले १० दिन कुर्न बाध्य
मङ्गलवार बिहान ७ बज्नै लागेको बेला पञ्चदेवल विनायक नगरपालिकाको केन्द्र विनायक बजार स्थित सुन्तलावारिमा उमेरले ७० काटेका करिब ५० जना बढी वृद्धवृद्धा जम्मा थिए । बिहान १० बज्दा यो संख्या एक सय भन्दा बढी पुगेको थियो । नजिकैको माछापुच्छ्रे बैङ्कले भत्ता दिनुभएपछि उहाँहरू त्यो पालो कुर्न बसको बताउनुभयो ।
नीतिगत निर्णय कानुनमै परिभाषित
आर्थिक अनियमितता/सार्वजनिक खरिद लगायतका विवादलाई मन्त्रीपरिषद्मा लगेर निर्णय गरी नीतिगतको आवरण दिने प्रचलन बढेको आरोप लागिरहेका बेला संसदीय उपसमितिले नीतिगत निर्णयको परिभाषा गरेको छ ।
शुल्क अन्योलले रोकिए परीक्षा फाराम
विद्यार्थीबाट शुल्क उठाउने कि नउठाउने भन्ने अन्योलको कारण विद्यालय तहका विभिन्न कक्षाका रजिस्ट्रेसन र परीक्षा फाराम रोकिएका छन् ।
अल्पसङ्ख्यकहरुको अधिकारमा नेपाल विश्वकै उदाहरणीय : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले लैङ्गिक एवं यौनिकलगायतका अल्पसङ्ख्यकहरुको अधिकारका क्षेत्रमा नेपाल विश्वमा नै अग्रणी तथा विश्वकै एक उदाहरणीय रहेको बताउनु भएको छ ।
सबै तहका सरकार जनताप्रति सेवाभावका साथ उत्तरदायी भएर प्रस्तुत हुनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका सरकारहरु जनताप्रति सेवाभावका साथ उत्तरदायी भएर प्रस्तुत हुनुपर्ने बताउनुभएको छ ।
दिगो विकास लक्ष्यमा उल्लेखनीय प्रगति : अर्थमन्त्री पौडेल
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास लक्ष्यहरु प्राप्तिका लागि तयार पारिएका कार्ययोजना कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति गरेको गरेको बताउनुभएको छ ।
बहुविवाह गर्ने श्रीमानलाई मुद्दा हाल्न किन डराउँछन् महिला
मुलुकको कानुनले बहुविवहालाई दण्डनीय अपराध मानेको धेरै वर्ष भयो । मुलुकी अपराध संहिता २०७४ ले बहुविवहा गर्नेलाई ५ वर्षसम्म कैदको व्यवस्था पनि गरेको छ ।
जुनार किसान दुब्लाउँदै, बिचौलिया मोटाउँदै
जुनारको राजधानीको रूपमा चिनिएको सिन्धुली जिल्लामा यो वर्ष उपभोक्ताहरू महँगो मूल्य तिरेर जुनार उपभोग गर्न बाध्य छन् ।
विवादित हाकिमले गरे ९८ लाख भुक्तानी
कालीकोटको खाँडाचक्र नगरपालिकाको विवादित कार्यालय प्रमुखले चार दिनमै ९८ लाख भुक्तानी गरेको पाइएको छ । कार्यालय प्रमुखको जिम्मेवारीमा विवाद भएसँगै कामकाजमा अवरोध भए पनि हतारमा भुक्तानी गरेको छ ।
रोकिएन स्थानीय तहमा बेथिति
सरकारले स्थानीय तहको सुशासनका लागि जनप्रतिनिधि र कर्मचारीको क्षमता विकाससम्बन्धी तालिम प्रदान गरे पनि स्थानीय तहमा बेथिति रोकिने क्रममा भने कमी आएको छैन ।