आइएफआरसीका महासचिव शनिबार नेपाल आउनुहुँदै
विश्वको सबैभन्दा ठूलो मानवीय सेवा गर्ने सञ्जाल भएको सङ्गठन रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का महासचिव जगन्नाथ चापागाईंले शनिबारदेखि नेपाल भ्रमण गर्नुहुने भएको छ ।
मलेसियाली गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच औपचारिक छलफल सुरु
मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँग भेट गर्नुभएको छ ।
हिउँदे वर्षा नहुँदा सुख्खापन बढ्यो, तत्काल पानी पर्ने सम्भावना छैन
काठमाडौं माघ २० गते। यो वर्ष माघ महिनाको मध्य हुँदासम्म हिउँदे वर्षा भएको छैन। हिउँदे वर्षा नहुँदा किसान सबैभन्दा बढी प्रभावित भएका छन्। हिउँदे बालीनालीमा यसले सिधा असर गरेको छ। लामो समय वर्षा नहुँदा प्रदूषण बढेको छ। पानी नपर्दा सुख्खापनसँगै माघ महिनामै तापक्रम बढेको छ। जल तथा मौसमविज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य पानी परे पनि देशको मध्य र पूर्वमा पानी पर्न सकेको छैन। अहिले तत्काल पानी पार्ने कुनै मौसमी प्रणाली विकसित हुने सम्भावना नरहेको उहाँको भनाइ छ। मौसमी प्रणाली विकसित नभएकाले यो वर्ष हिउँदे वर्षा नहुने उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “नेपालमा हिउँदे वर्षा गराउने प्रणाली कमजोर रुपमा प्रवेश गरेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशमा मात्र हल्का वर्षा गराएर उक्त प्रणाली निष्क्रिय भएको छ। अब तत्काल कुनै प्रणाली विकसित हुने सम्भावना पनि छैन।” उहाँका अनुसार मङ्सिर १६ देखि फागुन १७ गतेसम्मलाई हिउँदे वर्षाको समयका रुपमा लिने गरिन्छ। माघ १९ गते बितिसक्दासमेत पानी पर्न सकेको छैन। किसानले हिउँद याममा लगाउने बालीनाली पानी नपरेका कारण सुक्न थालेका छन्। यसले उत्पादनमा कमी आउने भन्दै किसान चिन्तित छन्। नेपालमा दुई मौसमी प्रणालीले पानी पार्ने गर्दछ। गृष्मयाममा पूर्वबाट आएको मौसमी प्रणालीले पानी पार्दछ भने हिउँदमा पश्चिमी वायुले पानी पार्दछ। यसपालीको नेपालमा प्रवेश गरेको पश्चिमी वायुको आद्रता नै कम भएका कारण प्रणाली राम्रोसँग विकसित हुन नपाउँदै निष्क्रिय भएको मौसमविद्को भनाइ छ।हिउँदमा वर्षा गराउने पश्चिमी वायुको प्रभाव हो। अहिले पश्चिमी वायुको प्रभाव सामान्य भए पनि शक्तिशाली हुन नसक्दा वर्षा हुन सकेको छैन। हिउदे वर्षा नहुँदा गतवर्षभन्दा यो वर्ष तापक्रम केही बढ्ने पौडेलको भनाइ छ। मौसमविद् पौडेलले भन्नुभयो, ‘हिउँदे वर्षा नहुँदा यो वर्ष गतवर्षको तुलनामा तापक्रमको मात्रा केही बढी हुने देखिन्छ। यो महिनामा पनि गत वर्षको भन्दा बढी तापक्रम छ। काठमाडौं उपत्यकाको तापक्रम केही बढी हुने देखिन्छ।’ गत वर्ष माघ महिनामा काठमाडौं उपत्यकाको तापक्रम २३ डिग्री सेल्सियस मापन गरिएको थियो। तर अहिले तापक्रम २५ डिग्री सेल्सियस पुगेको छ ।देशका पहाडी तथा ताराई क्षेत्रको मौसममा केही बदली आए पनि तत्काल वर्षा हुने कुनै सम्भावना नरहेको उहाँको भनाइ छ। यस्तै हिमाली क्षेत्रमा पनि गतवर्षको भन्दा कम मात्रामा हिमपात भएको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो। गतवर्ष हिउँदे वर्षा मङ्सिर, पुस, माघ र फागुन महिनामा भएको थियो। नेपालमा हिउँदयाममा औषतमा ६० मिलिमिटर पानी पर्दछ। तर गतवर्ष औसतभन्दा बढी १०० मिलिमिटरसम्म पानी परेको थियो। तर यो वर्ष अहिलेसम्म जम्मा ७.९ मिलिमिटर मात्र पानी परेको छ। गतवर्ष हिमाली क्षेत्रमा औषतभन्दा बढी हिमपात भएको थियो। अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली क्षेत्रमा मात्र हिमपात भएको छ। मौसमविद् मानन्धरका अनुसार माघ र फागुन नै सुख्खा हुने देखिएको छ। चैतबाट प्रि मनसुन सुरु हुने भएकाले त्यसपछि मात्र पानी पर्ने सम्भावना छ।
रेल विभागले जग्गा रोक्का गर्दा दर्जनौँ परिवार अलपत्र
मोरङको कानेपोखरी – ७ आइतबारेका कमलप्रसाद पौडेलको २ बिघा जमिन छ । दुई बिघा जमिन भएको व्यक्ति यति बेला छोराछोरी पठाउने खर्च जुटाउन नसकेर पुर्पुरोमा हात लगाएर बस्न बाध्य हुनुहुन्छ ।
पक्राउ पर्नु भएका सांसद चौधरीलाई आज अदालतमा बुझाइने
तेह्र वर्ष अगाडि थरुहट आन्दोलनको क्रममा ट्याक्टर जलाएको घटनामा कसुरदार ठहर भई पक्राउ पर्नु प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीलाई आज कैलाली जिल्ला अदालतमा बुझाउने तयारी भइरहेको छ ।
जुँगा जतनको भत्ताले जोगिएका जुँगा
कुनै दिन पाँच मोहोर जुँगा भत्ता पाउनु हुने दोलखाका एक ज्येष्ठ जनले नौ दशक पार गर्दा पनि आफ्नो जुँगा जोगाएरै राख्नु भएको छ ।
आगामी आर्थिक वर्षको बजेट तयारी सुरु, आकार घट्न सक्ने
राजस्व सङ्कलनमा देखिएको दबाबबीच राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारी सुरु गरेको छ । आयोगमा उपाध्यक्षसहित रिक्त सदस्यको नियुक्ति भएपछि आव २०८०/८१ को बजेट निर्माणको तयारी तीव्र पारिएको हो । आयोगका उपाध्यक्ष नेतृत्वको राष्ट्रिय स्रोत अनुमान समितिले नयाँ बजेटको आकारसहित राजस्वको स्रोत पहिचान र आकलनको काम टुङ्गाएको छ । आयोग सदस्य डा. रामकुमार फुँयालका अनुसार कानुनी व्यवस्थाबमोजिम नै तोकिएकै समस्या नयाँ आर्थिक वर्षको खर्च र स्रोतको अनुमान गरिएको हो ।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन, आन्तरिक तयारी गरिँदै
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कार्यक्रम प्रकाशन गरेपछि राजनीतिक दलहरू आन्तरिक तयारीमा जुटेका छन् । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम सङ्घीय कानुनले अयोग्य नरहेका तथा मतदाता नामावलीमा नाम भएका वंशज नागरिक उम्मेदवार हुन योग्य हुने व्यवस्था छ । ऐनको उक्त व्यवस्थाबमोजिम नै सक्रिय राजनीतिकर्मी वा बाहिरका व्यक्तिलाई राष्ट्रपति उम्मेदवार बनाउने सम्बन्धमा दलहरूले छलफल चलाएका छन् ।
नेपाल–युरोपेली सङ्घको बैठक: हवाई सुरक्षा प्राथमिकतामा
नेपाल र युरोपेली सङ्घको सम्बन्ध नेपालको हवाई सुरक्षाको उच्च प्राथमिकतामा रहेको छ । बेल्जियमको ब्रसेल्समा बसेको नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको बैठकमा हवाई सुरक्षा द्विपक्षीय सम्बन्धको प्राथमिकतामा रहेको थप प्रस्ट पारिएको हो । सङ्घको प्रतिनिधिमण्डलले नेपालमा माघ १ गते भएको यती एयरलायन्स दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । दुवै पक्षले दुर्घटनापछिको अवस्थालाई सम्बोधन गर्न नेपाल नागरिक उड्डयनसँगको सहकार्यमा नेपालको अवस्थिति अध्ययन गर्ने विषय हालका लागि केही पछाडि सार्ने विषयमा सहमति जनाएका छन् ।
वर्षौंदेखि टहरामा गुजारा, हिउँ र पानी पर्दा कठिन
‘ सर, हिउँ पर्ने समयमा सुत्न सकिन्न, पानीले कपडा भिजेका हुन्छन् । तीन वर्षदेखि राम्ररी सुत्न पाएको छैन । छोराछोरी ठूला भइसके, टहरामा नअट्ने भइसक्यो ।’
पोखराबाट उड्ने हवाइयात्रु क्रमशः बढ्न थाले
माघ १ गते पोखरामा भएको विमान दुर्घटनापछि पातलिँदैगएको विमान उडान अहिले क्रमशः लयमा फर्किन थालेको छ ।
सत्ता समीकरण फेरबदल हुँदैन : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल सत्ता समीकरण फेरबदल नहुने बताउनुभएको छ।
यातायात क्षेत्र सुधारका लागि ६ सदस्यीय सुझाव कार्यदल गठन
उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले, मन्त्रीस्तरीय निर्णय गरेर प्रा.डा. राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा छ सदस्यीय सुशासन सुधार सुझाव कार्यदल गठन गर्नुभएको छ।
प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरी पक्राउ
ट्रयाक्टर जलाएको मुद्दामा फरार सूचीमा रहनुभएका कैलाली –२ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी पक्राउ पर्नुभएको छ । आज उहाँ पक्राउ पर्नुभएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले पुष्टि गर्नुभयो ।
तनहुँ जलविद्युत आयोजनाको प्रवेश सुरुङ छेडियो
तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रवेश सुरुङ छेडिएको छ ।
‘रास्वपालाई गृहमन्त्री दिन पूर्णपाठ चाहिँदैन'
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्री दिन अदालतको पूर्ण पाठ खोजिरहनु नपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा पत्रकारसँग बिहीबार कुरा गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।
उपसभामुखलाई हेप्ने काम भयो : इन्दिरा राना
उपसभामुख इन्दिरा रानाले उपसभामुखलाई हेप्ने गरेको बताउनुभएको छ । बिहीबार संसद् भवन नयाँ बानेश्वरमा आयोजित प्रतिनिधि सभाका सदस्यका लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपसभामुख रानाले उपसभामुखलाई 'उप/चुप' जस्ता वाक्यांश प्रयोग गरेर हेप्ने गरेको बताउनुभयो ।
सांसदले नागरिकसँग गरेका वाचा संसदीय गतिविधिबाट पूरा गर्नुपर्छ : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले छोटो समयमा नै संसदीय गतिविधिबाट नागरिकका समस्या समाधान गरी नेपालको संसदीय इतिहासमै शिक्षा दिने किसिमको भूमिका खेल्न सांसदहरूलाई आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि दुईदिने अभिमुखीकरण सुरु
प्रतिनिधिसभा सदस्यका लागि आजदेखि दुईदिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । शुक्रबार बिहान ११ बजेदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रम अपराह्न ४ बजेसम्म जारी रहने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
उत्पादन र बजार प्रवर्द्धन गर्न चियाको राष्ट्रिय रणनीति
निर्यातयोग्य वस्तुका रूपमा रहेको स्वदेशी चियाको उत्पादन र बजारीकरण गर्न राष्ट्रिय चिया रणनीति तयार गर्न लागिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय चिया तथा कफी विकास बोर्डले संयुक्त रूपमा चियाको राष्ट्रिय रणनीति बनाउन लागेका हुन् । चियाको उत्पादन वृद्धि गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात प्रवद्र्धन गर्ने गरी रणनीति बनाउन लागिएको हो ।
कोदोको प्रवर्द्धनसँगै उपयोग पनि बढ्दै
कोदो बालीको पछिल्लो समय भएको प्रवर्द्धनसँगै उपयोग पनि बढ्दै गएको छ । कोदो खेती बिस्तारै घट्दै गएपछि कृषि ज्ञान केन्द्र गुल्मीले रैथाने बाली संरक्षणका लागि अभियान नै चलाएसँगै यसको उपयोगितामा थप वृद्धि हुन थालेको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।
सत्ता साझेदार दलबीच गृहमन्त्री नियुक्तिबारे मतभेद
सर्वोच्च अदालतको आदेशपश्चात् गृहमन्त्रीबाट रवि लामिछाने पदमुक्त भएपछि रिक्त रहेको गृहमन्त्रीबारे सत्ता साझेदार दलबीच मतभेद देखिएको छ। नेकपा (एमाले)ले गैरसांसदका रूपमा लामिछानेलाई नै गृहमन्त्री बनाउनुपर्ने दबाब दिइरहेको छ भने नेकपा (माओवादी केन्द्र)ले सर्वोच्चको फैसलाको पूर्णपाठ आएपछि मात्रै निर्णय गर्ने बताएको छ।
सिंहदरबारको ढल विसर्जनमा लापरबाही
सिंहदरबारको फोहोर विसर्जनमा चरम लापरबाही भएको पाइएको छ। मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पूर्वी गेट आसपासका क्षेत्र बुधबार हिलाम्मे र दुर्गन्धित हुनुमा ढल फुटेर वा ढल जाम भएर नभई फोहोर विसर्जनमा भएको लापारबाहीका कारण हो। पूर्वी गेटसँगै रहेको पानी प्रशोधन केन्द्रको फोहोर बगेर पूर्वी गेट र अनामनगर क्षेत्रको सडक फोहोर तथा हिलाम्मे बन्यो।
सिमसार क्षेत्रमा थपिँदै चुनौती
अभिभावकीय अन्योल कायम रहँदा नेपालका सिमसार क्षेत्रको संरक्षणमा चुनौती थपिँदै गएको छ। सिमसार क्षेत्र पानीको स्रोत मात्र नभएर समग्र प्राणीको जनजीविकाको आधार र पारिस्थितिक प्रणालीको जग मानिन्छ। त्यसको पुष्टि नेपालका वन, जल र वन्यजन्तुसँग सम्बन्धित ऐन तथा नीतिले स्वीकार गरे पनि संरक्षणमा अभिभावकत्व ग्रहण गर्ने सवालमा भने एक–अर्कालाई पन्छाउने गरिएको छ।