सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न गैरआवासीय नेपालीहरुलाई मन्त्री शर्माको आग्रह
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालको समृद्धिको आधार सूचना प्रविधि बन्नसक्ने उल्लेख गर्दै संसारभर रहेका गैरआवासीय नेपालीहरुलाई यस क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । अमेरिकास्थित नेपाली दूतावास र विश्व बैंकले आयोजना गरेको “कनेक्टिङ नेपाल विथ ग्लोबल डिजिटल इकोनोमी” विषयक कार्यक्रमलाई आइतवार राति भर्जुअल सम्बोधन गर्दै उहाँले सो आग्रह गर्नुभएको हो ।
फेसबुकले गरायो ५८ वर्षपछि मिलन
सामाजिक सञ्जाल फेसबुकले ५८ वर्षपछि दाजु–बहिनीको भेट गराएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१०, भृकुटीनगर निवासी ७५ वर्षीया हिमा ज्ञवालीले बर्मामा बस्ने ८० वर्षीय दाजु डीपी शर्मा घिमिरेलाई ५८ वर्षपछि फेसबुकले गर्दा भेट्न पाउनुभएको हो । हिमा ज्ञवालीका दाजु डीपी शर्मा घिमिरेले फेसबुकबाट आफन्तलाई खोजी गर्दा बहिनी हिमालाई भेट्नुभयो । त्यसपछि उहाँ बर्मामा बस्ने दाजु नेपालगञ्ज आएर बहिनीसँग भेट गर्नुभयो । दाजु–बहिनीबीच ५८ वर्षसम्म कुनै प्रकारको भेटघाट र सम्पर्क थिएन ।
वीरमा बन्दै छ जलन उपचार कक्ष
तीन महिनाभित्र वीर अस्पतालमा जलन उपचार कक्ष (बर्न वार्ड) सञ्चालन गर्ने घोषणा भएको समय व्यतीत हुन लाग्दा सामान्य भौतिक पूर्वाधार मात्र तयार भएको छ। दुई महिनामा सामान्य भौतिक पूर्वाधार तयार भएको छ भने आवश्यक उपकरण र जनशक्तिको व्यवस्था अझैसम्म भएको छैन।
“सबै सजक रहे किटजन्य रोगलाई नियन्त्रण गर्न सकिन्छ”
गर्मी महिना सुरु भएसँगै विभिन्न किटजन्य रोग महामारीको रूपमा देखापर्ने गर्छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किट रोग नियन्त्रण शाखाका प्रमुख डा.गोकर्ण दाहालले यस्तो मौसममा किटजन्य रोग बढ्ने हुँदा सचेत रहन आग्रह गर्नुहुन्छ ।
बजार माग अनुसारको प्राविधिक जनशक्ति उत्पादनमा सञ्चारमन्त्रीको जोड
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा बजारले माग गर्ने खालको जनशक्ति उत्पादन गर्ने गरी प्राविधिक शिक्षाको पाठ्यक्रम विकास गर्नुपर्नेमा जोड दिनुभएको छ।
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु हुन्छ : नवनियुक्त परराष्ट्रमन्त्री साउद
नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको तयारीको कामलाई अगाडि बढाउने बताउनुभएको छ ।
भक्तपुरको बिस्का : यस्ता छन् जात्राभित्रका जात्रा
नेपालको प्राचीन सहर भक्तपुरमा प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले आठ रात र नौ दिनसम्म परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाउने जात्रा हो बिस्का ।
कोरोना बढ्यो : समयमै सतर्कता अपनाउन सुझाव
कोरोना सङ्क्रमण बढेसँगै काठमाडौं उपत्यकाका अस्पतालहरूमा कोरोनाविरुद्धको खोप लगाउनेहरू सङ्ख्या बढ्न थालेको छ । केही दिन यता नेपालमा दैनिक एक सयको हाराहारीमा सङ्क्रमित बढिरहेका छन् ।
दुवै खुट्टा गुमाएका हरि बुढामगर सगरमाथाको आरोहण गर्दै
आत्मबल र आत्मविश्वास भए संसारमा सबै कुरा सम्भव छ । आत्मविश्वास र आत्मबलका पर्याय हुनुहुन्छ हरि बुढामगर । पूर्व गोरखा सैनिक समेत रहनुभएका उहाँका दुवै खुट्टा छैन ।
गण्डकी प्रदेशमा आलोपालो सरकार बन्ने
गण्डकी प्रदेशमा सरकारको नेतृत्व नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले आलो पालो गर्ने गरी सहमति भएको छ ।
सुत्केरीले प्रोत्साहन भत्ता नपाएको गुनासो
दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाका सुत्केरी महिलाहरूले आर्थिक वर्ष २०७८।०७९ सालको प्रोत्साहनस्वरूप पाउने भत्ता नपाएको गुनासो गर्नुभएको हो । गाउँपालिकाले स्वास्थ्य चौकीहरूलाई सुत्केरीले पाउने प्रोत्साहन भत्ता निकासा नदिएपछि ठूलो सङ्ख्यामा सुत्केरी भएकी महिला उक्त सुविधाबाट वञ्चित हुनुभएको हो ।
कतारकी राजकुमारी अल्थानी अन्नपूर्ण हिमालको चुचुरोमा
कतारकी राजकुमारी आस्मा अल्थानीले अन्नपूर्ण हिमालको आरोहण गर्नुभएको छ । यो आरोहण मौसममा आठ हजार मिटर माथिका हिमालको यो पहिलो सफल आरोहण हो ।
दाङ उपत्यका बचाउन दशवटै पालिकाले बस्ती स्थानान्तरण गर्दै
दाङ उपत्यका बचाउनका लागि यहाँका दश वटै पालिकाले बस्ती स्थानान्तरण र बबई कोरिडोरलाई प्राथमिकता दिने भएका छन् । उपत्यकामा पानीको समस्या बढ्दै गएको र बबई नदीको कटानका कारण खेती योग्य नासिँदै जाने थालेपछि जिल्लाका दश वटै पालिकाहरूले दीर्घकालीन समस्या समाधानका लागि बबई कोरिडोर र पहाडी क्षेत्रको बस्ती स्थानान्तरणलाई प्राथमिकतामा राखेका हुन् ।
प्रधानमन्त्री र सत्तारुढ गठबन्धनमा शीर्ष नेताबीच छलफल
मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायतका विषयमा सत्तारुढ दलका शीर्ष नेताबीच आज छलफल भएको छ ।
सुजनले पहिलो पटक छेड्नु भयो जिब्रो
यस वर्षको जात्रामा स्थानीय सुजन बागश्रेष्ठले पहिलोपटक जिब्रो छेडाएर जात्रा शुभारम्भ गर्नुभएको हो । नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० इञ्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गणमा रहेको पाटीस्थित मञ्चमा श्रेष्ठको जिब्रो छेडिएको हो ।
नेपालमा जात र धर्ममा मात्र होइन प्रकृति र संस्कृतिमा पनि विविधता छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले विश्व सामु नेपाललाई प्रकृति र संस्कृतिले चिनाएको बताउनुभएको छ ।
दुई गाउँ जोड्ने झोलुङ्गे पुलको पाँच वर्षपछि उद्घाटन
म्याग्दीको रघुगङ्गा गाउँपालिका –१, स्थित वेग र बाँदुक गाउँलाई जोड्न निर्माण गरिएको लामो झोलुङ्गे पुलको उद्घाटन गरिएको छ ।
साताका सात तस्बिर
जुम्ला जिल्लाको गौतम बाडा (बायाँ) बीचमा तिलाकर्णाली नदी दायाँतर्फ धौलापानी जर्मीलिताकोट लगायतका बस्ती
सिन्दुरले रङ्गियो मध्यपुरथिमि (फोटो फिचर)
हजारौँ व्यक्तिको भीड, भीडमा सबैको टाउको, अनुहार, शरीर अबिरले रङ्गिएको राताम्मे छ । अगाडि हातहातमा धपक्क बलेको चिरागका समूह, त्यसपछि धिमे र मुस्या बाजा बजाउनेर्को समूह, त्यसपछि आ–आफ्नो टोलका देवी–देवतालाई विराजमान गराइएका खट बोकेर टोल–टोल घुम्दै बालबालिका, युवायुवतीदेखि ज्येष्ठ नागरिकसमेत जात्राको भीडमा रमाएका देखिन्थे ।
सडक कब्जा गरी भौतिक संरचना बनाइँदै
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका न्यायिक समितिका सदस्यले सडक मिचेर संरचना निर्माण गरेपछि उजुरी परेको छ ।
निगमले भैरहवाबाट दिल्ली र क्वालालम्पुर सिधा उडान गर्ने
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भैरहवाबाट भारतको नयाँ दिल्ली र मलेसियाको क्वालालम्पुरमा सिधा उडान सञ्चालन गर्ने भएको छ ।
सरकारी बेवास्ताका कारण सुक्यो ऐतिहासिक कमलपोखरी
देशभर कृत्रिम पोखरी र ताल बनाएर पर्यटक आकर्षित गरिएको बेला मोरङको सुनवर्षी नगरपालिका –१ केचनाको कमलपोखरी सुकेको छ । अहिले सुकेको ऐतिहासिक पोखरीमा पशुचौपाया चरिरहेका छन् ।
एउटै ठाउँमा एक सय अठासी देशका झण्डा फरफर
बागलुङको काठेखोला गाउँपालिका –५ बिहुँको पर्यटकीय क्षेत्र घोडाबाँधे क्षेत्रमा संसारका १८८ देशका राष्ट्रिय झण्डा स्थापना गरिएको छ ।
गौतम बुद्धले महायात्रा सुरु गरेकाे पूर्वीद्वार (फोटो फिचर)
कपिलवस्तुको ऐतिहासिक स्थल तिलौराकोट दरबार जहाँ गौतम बुद्धले २९ वर्ष युवा काल बिताएका थिए। यस तिलौराकोटमा ४ वटा द्वार रहेका छन्। पूर्वीद्वार , पश्चिमद्वार, उत्तरीद्वार र दक्षिणीद्वार । हाल चलनमा आएको प्रमुखद्धारको रूपमा पश्चिमद्वार रहेको छ।