डढेलोको मुख्य कारक मानव
देशका विभिन्न भाग डढेलोको चपेटामा परेका छन्। त्यसै कारण देशभरकै वायु प्रदूषण उच्च बनेको छ। यसरी फैलिएको डढेलो मानवीय कारणकै उपज भएको डढेलोविद्हरू बताउँछन्। विश्वका संरक्षित वन क्षेत्रमा डढेलो नलगाई घाँसे मैदान र वन संरक्षण गर्ने प्रविधि भित्रिइसकेका छन् तर नेपालमा भने मान्छेले नै डढेलो लगाएर वन्यजन्तु, जैविक विविधता र वातावरण विनाश भइरहेको डढेलोविज्ञ सुन्दर शर्मा बताउनुहुन्छ । अझै पनि दुई सयभन्दा बढी स्थानमा डढेलो लागिरहेको छ। डढेलोको धुवाँले वायु प्रदूषण बढ्दा जनजीवन कष्कटर बन्दै गएको छ। वर्षा नहुँदा डढेलोको त्रास वैशाख तेस्रो सातासम्म रहने दाबी उहाँ गर्नुहुन्छ।
दुई दिनपछि उपत्यकाको प्रदूषण घट्छ
केही दिनयता लागेको डढेलो र सवारी साधनबाट निस्कने धुँवाका कारण उपत्यकासँगै देशभर वायु प्रदूषण बढ्दै गएको छ।
शक्तिखोर औद्योगिक ग्राम छिट्टै सम्पन्न गर्छौं : प्रधानमन्त्री
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनको शक्तिखोरको औद्योगिक ग्राम निर्माणको काम छिट्टै सम्पन्न गरिने बताउनुभएको छ।
निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्छौँ : प्रधानमन्त्री
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको छिट्टै शिलान्यास गरिने बताउनुभएको छ।
प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा समस्या प्राथमिकतामा पर्नेछन् : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको समय निश्चित नभएको बताउनुभएको छ।
कपिलवस्तुमा आगलागी, २६ घर टहरामा क्षति
कपिलवस्तुमा दैनिक आगलागीका घटना हुनेगरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पछिल्लो साता गर्मीसँगै तातो हावा (लु) चलेपछि आगलागीका घटना समेत बढेको प्रहरी निरीक्षक शैलेश्वरी बोहराले बताउनुभयो ।
पर्यटकको गन्तव्य बन्दै ताप्लेजुङ
वसन्त ऋतु घुम्नका लागि उपयुक्त समय हो। चरम मौसमी अवस्थाको सामना नगरी प्राकृतिक सुन्दरताको आनन्द लिनका लागि उपयुक्त यो समयमा नेपालका थुप्रै ठाउँ हाम्रो रोजाइमा पर्न सक्छन्।
चितवन २ मा चुनावी प्रतिस्पर्धा रोचक बन्दै
चितवन २ मा हुने उपनिर्वाचनमा प्रमुख राजनीतिक दलका उम्मेदवारहरू मत परिणाम आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा जुट्नुभएको छ । गत मङ्सिरमा भएको निर्वाचनभन्दा अहिलेको चुनावमा मत वृद्धि गर्ने योजनामा प्रमुख दलहरू देखिएका छन् ।
अदालतको आदेश : पाल्पा दरबार क्षेत्रका संरचना भत्काउन रोक
तानसेन नगरपालिकाले हिजो (बुधबार) बाट सुरु गरेको पाल्पा दरबार क्षेत्रका संरचना भत्काउने कार्य रोक्न उच्च अदालत तुलसीपुर बुटवलले आदेश जारी गरेको छ ।
१५ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने १५ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।
पाँच करोड १९ लाख ठगिएपछि १० जना प्रहरीको सम्पर्कमा
भुटानी शरणार्थी बनाई अमेरिका लैजाने बहानामा नागरिकलाई फसाएर पाँच करोड १९ लाख रुपियाँ ठगी भएको भन्दै १० जना प्रहरीको सम्पर्कमा आइपुगेका छन् ।
देशका मुख्य सहरमा वायु प्रदूषण उच्च : सचेत रहन विज्ञको सुझाव
केही दिनदेखि काठमाडौं उपत्यकालगायत देशका मुख्य सहरहरूमा वायु प्रदूषण उच्च रहेको छ । प्रदूषणका कारण जनजीवन कष्टकर बन्दै गएको छ।
पृथ्वीलाई चिस्याउने प्रयास
विश्वको तापक्रम वृद्धि कम गर्न वैज्ञानिकहरू सूर्यबाट आउने तापलाई चिस्याउने प्रयासमा लागेका छन् । सोलार जियोइन्जिनियरिङ भनिने उक्त प्रविधिका माध्यमबाट सूर्यको तापक्रम घटाइने छ। यसबाट पृथ्वीमा घाम कम आउनेछ। यस प्रविधिमा ठूलो रकम लगानी पनि भइसकेको छ। कतिपयले भने यो प्रविधिप्रति आपत्ति जनाएका छन्। यो प्रविधि प्रयोग गरिएमा ठूलो विनाश आउने चेतावनी पनि दिइएको छ।
प्रधानमन्त्रीसहित तीन पूर्वप्रधानमन्त्री चितवन आउँदै
प्रधानमन्त्रीसहित तीन पूर्वप्रधानमन्त्री चितवन आउँदै हुनुहुन्छ । लोकतान्त्रिक बाम गठबन्धनले आज पूर्वी चितवनको कालिका नगरपालिकामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न उहाँहरू चितवन आउन लाग्नुभएको हो ।
तनहुँ–१ मा त्रिपक्षीय रोचक भिडन्त
यही वैशाख १० गते हुने तनहुँ क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।
शिक्षकसँग गैरकानुनी रकम असुली
शिक्षा विकास तथा समन्वय एकाइले स्थायी नियुक्तिपत्रका लागि शिक्षकसँग गैरकानुनी रूपमा शुल्क असुलेका छन्। शिक्षक सेवा आयोगले सिफारिस गरेका शिक्षकले नियुक्तिपत्र बुझ्न एकाइमा शुल्क बुझाउनैपर्ने बाध्यता सिर्जना गरिएको छ। त्यसरी शिक्षकसँग शुल्क लिन पाउने कानुनी व्यवस्था छैन। मातहतका निकायले त्यसरी रकम असुलेको प्रवृत्तिप्रति केन्द्रीय निकायका पदाधिकारीले आपत्ति जनाउँदै त्यस्तो कार्यलाई गैरकानुनी भनेका छन्। त्यसरी रकम असुलिए पनि रकम फिर्ता वा सचेत गराउन सकेका छैनन्।
एम्बुलेन्सको एकीकृत निगरानी
“यो एम्बुलेन्स कैलालीमा गुडिरहेको छ । यसले बिरामी पनि बोकेको छ,” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मन्त्रालयको नियन्त्रण कक्षमा रहेको कम्प्युटरको ठूलो स्क्रिनमा देखाउँदै भन्नुभयो । एम्बुलेन्सहरूको मनोमानी बढेको र बिरामीले समयमा नै सुलभ र प्रभावकारी सेवा नपाएको गुनासो व्यापक रूपमा आएपछि सरकारले देशैभरमा सञ्चालन हुने एम्बुलेन्सको एकीकृत निगरानी गर्ने प्रणाली लागू गरी अनुगमन थालेको छ ।
सुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेको छ : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा सुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेको बताउनुभएको छ।
जेठ १५ मै बजेट ल्याउन अधिवेशन अन्त्य र आह्वान हुन्छ : उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काले संवैधानिक व्यवस्थाअनुरुप जेठ १५ गते बजेट ल्याउने गरी चालू संसद अधिवेशन अन्त्य र आह्वान हुने स्पष्ट गर्नुभएको छ ।
भाषा मर्छ भनेर कवितामा कलम बिसाएँ
नेपाली भाषा र साहित्यमा छुट्टै धारको नेतृत्व गर्ने स्रष्टा हुनुहुन्छ प्रा.मुकुन्दशरण उपाध्याय। उहाँ ८४ वर्षको उमेरमासमेत नेपाली भाषा–व्याकरणको छुट्टै धारको नेतृत्व गर्दै निरन्तर अध्ययन अनुसन्धानमा सक्रिय हुनुहुन्छ।
बारा–२ मा उपनिर्वाचन : मतदाता फकाउँदै उम्मेदवार
मधेश प्रदेशको बारा जिल्ला क्षेत्र नं. २ मा हुन गइरहेको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा तीनवटा पार्टीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। यही वैशाख १० गते हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा), नेकपा (एमाले) र जनमत पार्टीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको हो।
बागमती प्रदेश सरकारका सय दिन
बागमती प्रदेश सरकार गठन भएको मङ्गलबार सय दिन पुग्दा पनि सरकार बजेट खर्च र कानुन निर्माण दुवैमा चुकेको छ। सरकारको सय दिनको अवधिमा न बजेट खर्च भएको छ न त ऐन निर्माणलाई नै प्राथमिकता दिइएको छ। सरकारको नेतृत्व गर्नुभएका नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलको सय दिनको अधिकांश समय नागरिकसँग जोडिएका काममा भन्दा सत्ता जोडघटाउमा बितेको छ। गत पुस २५ गते प्रदेश सभाका बहुमत दल र प्रदेश सभा सदस्यको समर्थनमा प्रदेश प्रमुखबाट नियुक्त भई पुस २६ गते शपथ लिएको जम्कट्टेल नेतृत्वको सरकारले मन्त्रालय सङ्ख्या घटाउनेबाहेक प्रदेशको पूर्वाधार र नीतिगत ठोस काम गरेको देखिँदैन।
निःशुल्क भिसा र टिकट नीति कार्यान्वयनमा चुनौती
सरकारले मलेसियासहित खाडीका देशमा रोजगारीमा जाने नेपालीका लागि निःशुल्क भिसा र टिकटको व्यवस्था लागू गरेको करिब सात वर्ष भइसकेको छ तर उक्त व्यवस्था अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । निःशुल्क भिसा र टिकट नीतिगत रूपमा भए पनि व्यवहारिक रूपमा कार्यान्वयन हुन नसकेको स्वयं सरकारी अधिकारी नै स्वीकार गर्छन् । वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले निःशुल्क भिसा र टिकट नीतिमा भए पनि कार्यान्वयनमा धेरै चुनौती रहेको बताउनुभयो ।
उपत्यकाका एक तिहाइ सटर खाली
व्यावसायिक मन्दीका कारण पछिल्लो समय सहरी क्षेत्रमा व्यापारिक प्रयोजनमा प्रयोग भइरहेका सटर तथा गोदाम खाली हुन थालेका छन् । मुलुकमा देखा परेको आर्थिक सङ्कटका कारण व्यापार नहुँदा छोडेर अन्यन्त्र जान थालेपछि सटर खाली हुन थालेका हुन् । मुख्य सहरी क्षेत्रसँगै भित्र गल्लीमा सञ्चालन भएका सटर तथा पसल बन्द हुन थालेका हुन् । आर्थिक गतिविधि नियमित नभई व्यापार व्यवसाय चल्न छाडेपछि पसल बन्द हुन थालेका हुन् ।