गौतमबुद्ध विमानस्थलमा एक महिनामा छ हजार यात्रु आगमन
काठमाडौँ, फागुन १९ गते । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा ६ हजार ८७९ यात्रुको आवागमन भएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फेब्रुअरी महिनामा कुल ११५ उडान अवतरणमार्फत ती यात्रुको आगमन भएको हो । यसमध्ये फ्लाई दुबईबाट दुई हजार ४०३, जजिरा एयरवेजबाट तीन हजार २६५ र थाई एयर एसियाबाट एक हजार ९७ यात्रुको आवागमन भएको थियो ।त्यस्तै नेपाल एयरलाइन्सका एक र अन्य १३ चार्टर उडानबाट २११ यात्रुको आवागमन भएको विमानस्थल कार्यालयले जनाएको छ । त्रिभुवन विमानस्थलसँग जोडिएर उडान गर्ने नेपाल एयरलाइन्स र फ्लाई दुबईमा चार हजार ४० ट्रान्जिट यात्रुले हवाई यात्रा गरेका थिए । विमानस्थलमा पछिल्लो समय नियमित उडान भइरहेको र यसले विमानस्थललाई चलायमान बनाएको महाप्रबन्धक तिवारीले बताउनुभयो ।
नयाँ युगको बिहानी
पवित्र सहर प्रयागराजमा महाकुम्भ सफलतापूर्वक सम्पन्न भएको छ ।
१७ वर्षमा जेल ४८ वर्षमा मुक्त
फौजदारी मुद्दामा दोषी ठहर भई किशोरावस्थामै कारागार पुगेका झापा मेचीनगरका सार्के तामाङ कानुनले तोकेभन्दा छ वर्ष बढी सजाय भुक्तान गरी रिहा भएका हुन् । कानुनी व्यवस्थालाई राज्यले नै उपेक्षा गर्दा लागुऔषध र कर्तव्य ज्यान दुई मुद्दामा सार्केले पाउनुपर्ने अधिकतम २४ वर्ष
निर्माण कम्पनीको मनपरी : साइटमै नपुग्ने, म्याद थपिरहने
कालीकोटको महावै गाउँपालिका जोड्ने तिला नदीमाथिको पक्की पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले काम सुरु नै नगरी पटक पटक म्याद थप र भुक्तानी मात्र माग्ने गरेको पाइएको छ ।
अर्थतन्त्र सुधारबारे पूर्व अर्थसचिवसँग छलफल : ठूला आयोजनामा केन्द्रित हुन सुझाव
अर्थ मन्त्रालयले पूर्व अर्थ सचिवसँग अर्थतन्त्र सुधारबारे छलफल गरेको छ। पूर्व अर्थ सचिवले अर्थतन्त्रमा थप सुधारका लागि बोल्ड कदम चाल्न सुझाव दिएका छन्।
राष्ट्रप्रति समर्पित युवा पहिलो आवश्यकता : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताउनुभएको छ ।
विश्वविद्यालयमा विद्यार्थीको खडेरी
नेपालमा सञ्चालित ११ वटा विश्वविद्यालयका देशभरमा कुल एक हजार ४४० क्याम्पस छन् ।
निवृत्त शिक्षकका नाममा तलबभत्ता
काठमाडौँ महानगरपालिकाभित्रका केही सामुदायिक विद्यालयले अवकाश प्राप्त शिक्षकको नाममा पनि महानगरपालिकाबाट तलबभत्ता लिने गरेको पाइएको छ ।
युद्धरत र सहयोगीबिचमै तनाव
रुस–युक्रेन युद्ध सुरु भएको ठ्याक्कै तीन वर्ष भयो । तीन वर्षमा सशस्त्र सहयोग गरिरहेको अमेरिका युद्ध अन्त्य हुनु पर्छ भन्नेविपरीत धारमा उत्रिएको छ ।
हेवाखोलाको पुल निर्माण ढिलाइ हुँदा चिन्ता
मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा मोटरेवल (मोटर गुड्ने) पुल निर्माण गर्नमा ढिलाई हुँदा ताप्लेजुङवासी चिन्तित बन्न थालेका छन्। हिउँदयामको अन्त्य भई सक्दासमेत हेवाखोलाको पुल पुनर्निर्माण गर्नमा ढिलाई गरिएकाले ताप्लेजुङवासी चिन्तित बन्न थालेका हुन्।
राष्ट्र निर्माणको महाअभियानमा जुट्न राष्ट्रपति पौडेलको अपिल
राष्ट्रपति रामचन्द्र पौडेलले केही भएन भन्ने मात्र नभई धेरै भएको छ तर देश र जनताका लागि हामीले अझै थुप्रै गर्न बाँकी छ भन्ने अठोट्सहित राष्ट्र निर्माणको महाअभियानमा जुट्न अपिल गर्नुभएको छ ।
‘नागरिकले कानुनभन्दा विकासको अपेक्षा गर्छन्’
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा सुनसरी निर्वाचन क्षेत्र –२ का सांसद भीमप्रसाद आचार्यले सरकारसँग काम गर्ने तिब्र इच्छा देखिए पनि तालमेल नमिल्दा परिणाम आउन ढिलो भइरहेको बताउनुहुन्छ ।
जहानियाँ शासनका सूत्रधार जङ्गबहादुरकै वंश बिचल्ली
नेपालको इतिहासमा जङ्गबहादुर एउटा दन्त्यकथाको पात्र जस्तै लाग्छ । साहस र दुस्साहसका पर्याय थिए उनी । उनैले सुरु गरेको जहानियाँ राणाशासन १०४ वर्षसम्म टिक्यो तर तिनकै छोरानातिले नेपालको शासन ग
पाताल गुफाभित्र चार घण्टा
‘पाताल भुमेश्वर गुफा अध्ययन गर्न फ्रान्सबाट टोली आएको छ ।’ मोहन विष्टले फोनबाटै २०७० चैत १२ गते यो सूचना दिनुभयो । बैतडी
महाकुम्भले जोड्दै नेपालको पर्यटन
भारतका चार फरक नदी किनारका हरिद्वार, नासिक, उज्जैन र प्रयागराज सहरमा प्रत्येक १२ वर्षमा आयोजना हुने कुम्भ मेला सम्पन्न भएको छ । १४४ वर्षमा वृहस्पति, सूर्य र चन्द्रमासँग मिलेर बनेको दुर्लभ आकाशी
आज यी प्रदेशमा वर्षा र हिमपात सम्भावना
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शनिबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतयादेखि अधिकांश बदली रहने जनाएको छ ।
उजाड भूमि बन्यो हराभरा : छाडेको गाउँमै फर्किए पचास परिवार
भाग्य लहरमा लहरी–लहरी पुगेँ म यस मरुस्थलमा कसरी तर खेद छैन तिम्रो आकृति लेखिएको छ यो हृदयभरि !
जनताका आवश्यकताप्रति सरकार संवेदनशील छ : सञ्चारमन्त्री गुरुङ
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकार जनताका आवश्यकताप्रति संवेदनशील रहेको बताउनुभएको छ। जनताका समस्या समाधानमा सरकार लागिपरेको उहाँले बताउनुभयो।
नेपाल–जापानबिच आयात–निर्यातको सम्बन्ध विकसित हुन थालेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबिचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुग्ने बताउनुभएको छ ।
६० लाख कार्ड छापिँदा २१ लाखले मात्र लिए
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार हालसम्म राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध हुने सेवाग्राहीको सङ्ख्या एक करोड ७० लाख पुगेको छ ।
प्रतिबद्धता सवा दुई खर्ब, भित्रियो त्रिहत्तर अर्ब
पछिल्लो पाँच वर्षको अवधिमा मुलुकमा लगानीका लागि सवा दुई खर्ब रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता (एफडिआई) आउँदा ७३ अर्ब रुपियाँ लगानी भित्रिएको छ ।
महाकुम्भमा ‘डुबुल्की’, पशुपतिमा आराधना
महाशिवरात्रि पर्व मनाउन भारतबाट नेपाल आएका धार्मिक पर्यटक बिहीबार साँझसम्म पनि आराध्यदेव भगवान् पशुपतिनाथको दर्शन गरेर निधारमा चन्दन र गलामा रुद्राक्षको माला लगाएर फर्किंदै थिए ।
हट्दै विभेद : दमाईंको शव बोकेर विश्वकर्मा मलामी
पञ्चेश्वरको उज्वल गाउँका विश्वकर्मा समुदाय दमाईंको शव बोकेर मलामी गएका छन्। दलितभित्र कायम रहेको जातीय विभेद हटाउन विश्वकर्मा समुदायका अगुवा दमाईंंको शव बोकेर मलामी गएका हुन्।
पाल्पामा मनाइयो मगर दिवस (फोटो फिचर)
मगर समुदायले आज देशैभर ४३ औँ राष्ट्रिय मगर एकता दिवस मनाइरहेका छन्। मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवम् नेपाल मगर सङ्घको स्थापना भएको अवसरमा फागुन १५ गते राष्ट्रिय मगर एकता दिवस मनाइँदै आएको छ ।