पहिरो खसेपछि मुग्लिङ नारायणगढ सडक अवरुद्ध
चितवनको मुग्लिङ नारायणगढ सडक खण्ड अन्तर्गत कालिखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।
१० वटा फार्मेसी सिल, दुई दर्जनलाई सचेत पत्र
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एकै दिन काठमाडौँ उपत्यकामा १०१ वटा फार्मेसी (औषधि पसल) को अनुगमन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको निर्देशन अनुसार मन्त्रालयले २० वटा टोली बनाएर सोमबार उपत्यकाका विभिन्न क्षेत्रमा अनुगमनका लागि खटाउनु भएको थियो ।
निर्यातभन्दा आयात दस गुणा बढी
नेपालबाट एक रुपियाँको वस्तु निर्यात हुँदा १० रुपियाँ बराबरको वस्तु आयात हुने पाइएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० भरको तथ्याङ्क अनुसार आयात र निर्यातको अनुपात १०.२६ पुगेको हो । त्यसअघिको आवको तुलनामा आयातसँग निर्यातको अनुपात झन् फराकिलो बनेको हो अर्थात् २०७८/७९ मा एक रुपियाँको वस्तु निर्यात हुँदा नौ रुपियाँ ६० पैसाको वस्तु आयात भएको देखिन्छ । आयातको तुलनामा निर्यातको हिस्सा घट्दा गत आवमा आयातसँगको अनुपात बढेको तथ्याङ्कले देखाउँछ ।
खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई कारबाही
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने दुई हजार ४४० जना उम्मेदवारमाथि कारबाही हुने भएको छ । खर्च विवरण सार्वजनिक नगर्नेमा एक हजार ४३ जना प्रतिनिधि सभा सदस्य पदका र एक हजार ३९७ जना प्रदेश सभा सदस्य पदका उम्मेदवार छन् ।
चुनावमा तीन मत अब स्वतः विव्यस अध्यक्ष !
‘घुमी फिरी रुम्जाटार’ भने झैँ विद्यालयको व्यवस्थापन समिति (विव्यस) पराजित व्यक्तिकै पोल्टामा आइलाग्ने भएको छ । पुतली सडकस्थित पद्मोदय माध्यमिक विद्यालय विव्यसमा गत वर्ष पराजित वडाध्यक्षलाई फेरि सोही पद आइलाग्न लागेको हो । गत २०७९ असार ११ गते भएको पद्मोदय माविको विव्यस निर्वाचनमा पराजित वडा नं. २८ का वर्तमान वडाध्यक्ष भाइराम खड्गी काठमाडौँ महानगरपालिकाको नयाँ नीतिका कारण विव्यस अध्यक्ष हुनुहुने भएको छ । उहाँलाई तुल्सीप्रसाद अगस्तीले पराजित गर्नुभएको थियो । वर्तमान विव्यस अगस्तीले ५१ र खड्गीले तीन मत पाउनुभएको थियो ।
काँग्रेस आफ्नो एजेण्डामा सम्झौता गरेर गठबन्धनमा प्रवेश गरेको होइन : कार्यवाहक प्रधानमन्त्री खड्का
कार्यवाहक प्रधानमन्त्री एवं नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली काँग्रेसले आफ्नो एजेण्डामा सम्झौता गरेर गठबन्धनमा प्रवेश नगरेको बताउनुभएको छ ।
युरोपका नेपालीको समस्या समाधानमा लाग्छु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युरोपमा रहेका नेपालीहरूको समस्या समाधान गर्न आफू लागिपर्ने बताउनुभएको छ ।
नेपालमा हरेक दिन ३३ लाख विद्यार्थी लाभान्वित हुन्छन्
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजित ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ लाई आज सम्बोधन गर्नुभएको छ ।
देशैभरका औषधि पसलको अनुगमन सुरु
अनुगमनका क्रममा केही औषधि पसलहरू मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ । स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधीहरू पनि औषधि पसलले बिक्रीका लागि राखेको भेटिएको बताउनुभयो ।
कर्तव्यनिष्ठ भएर काम गर्न भैरहवा भन्सार कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन
अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार कर्मचारीले कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिनुभएको छ ।
जानकी अस्पतालमा आँखाका बिरामी बढ्दै
जनकपुरधामको जानकी आँखा अस्पतालमा नयाँ प्रविधिको प्रयोगबाट आँखाको उपचार गर्न सुरु गरिएको छ ।
शल्यक्रियाभन्दा प्राकृतिक रुपमै बच्चा जन्माउनु आमा र बच्चाकाे हितमा हुने
पछिल्लो समय शल्यक्रिया (सिजेरियन) बाट बच्चा जन्माउनेको सङ्ख्या बढ्दै गएको छ । जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले नेपालमा १८ प्रतिशत बच्चाको जन्म शल्यक्रियाबाट भएको देखाएको छ । निजी स्वास्थ्य संस्थामा आधाभन्दा बढी बच्चा शल्यक्रियाबाट जन्मिने उक्त अध्ययनले देखाएको छ ।
धरानमा डेंगुबाट चार जनाको मृत्यु, बी.पी. प्रतिष्ठानमा छुट्टै वार्ड सञ्चालन
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डेंगु रोगको प्रकोप बढ्दै गएपछि छुट्टै डेंगु वार्ड सञ्चालन भएको छ । हालसम्म बिपी प्रतिष्ठानमा डेंगु प्रकोपका कारण ४ जनाको मृत्यु भएको बिपी प्रतिष्ठानका सह प्रवक्ता डा.पोखरेलले जानकारी दिनुभयो ।
वैदेशिक रोजगारीका ठगी बढे, उजुरी फर्स्योट न्यून
वैदेशिक रोजगारीका नाममा हुने ठगी डरलाग्दो छ । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै दाजुभाइ दिदीबाहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सी तालिम संस्था, स्वास्थ्य संस्थालगायतबाट ठगिने गरेका छन् । यो क्रममा बढ्दो छ ।
चीनका राष्ट्रपतिको भ्रमणमा भएका सहमति कार्यान्वयन हुने
कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग जनवादी गणतन्त्र चीनका कम्युनिष्ट पार्टी (सीपीसी) का केन्द्रीय कमिटी राजनीतिक ब्यूरोका सदस्य युआन जियाजुनको प्रतिनिधि मण्डलले शिष्टाचार भेट गरेको छ।
जलविद्युत र पर्यटनमा विदेशी लगानी आकर्षित गर्न सक्नुपर्छ : उपराष्ट्रपति
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालमा लगानीका सम्भाव्य क्षेत्रहरू जलविद्युत, पर्यटनलगायतमा विदेशी लगानी आकर्षित गरी मुलुकको आर्थिक विकास र समृद्धिका लागि सबैले आ–आफ्नो तर्फबाट योगदान दिनुपर्ने बताउनु भएको छ ।
प्राकृतिक प्रकोप पीडित ऋणीलाई विशेष व्यवस्था गर्ने राष्ट्र बैङ्कको तयारी
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले विभिन्न प्राकृतिक प्रकोपलगायतका कारणले समस्यामा परेका ऋणीको हकमा विशेष व्यवस्था गर्ने बताउनुभएको छ।
प्रधानमन्त्री प्रचण्ड इटालीको रोममा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटालीको रोम पुग्नुभएको छ । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना गरिएको ‘युनाइटेड नेशन्स फुड सिस्टमस्–२०२३ स्टकिङ मोमेन्ट’मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड आज स्थानीय समयअनुसार बिहान साढे ७ बजे त्यहाँ पुग्नुभएको हो ।
मौद्रिक नीति : बैंकदर यथावत, नीतिगत दर घट्यो
नेपाल राष्ट्र बैँकले नीतिगत दर घटाएको छ । आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीति सार्वजनिक गर्दै बैँक दरलाई ७.५ प्रतिशतमा यथावत राख्दै नीतिगत दर घटाएको हो ।
उच्च रक्तचापको जोखिम सहरी क्षेत्रमा बढी
नेपालजस्ता विकासोन्मुख देशमा दुई तिहाइ जनसङ्ख्यामा उच्च रक्तचाप हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । नेपाल डेमोग्राफिक एण्ड सर्वे २०२२ ले नेपालमा १५ वर्षभन्दा माथिका १७ प्रतिशत महिला र २३ प्रतिशत पुरुषमा २३ उच्च रक्तचाप पाइएको थियो ।
झ्याप् झ्याप् विद्युत जाने समस्याले हैरान उपत्यकावासी
काठमाडौं उपत्यकामा पछिल्लो समय पटक–पटक विद्युत जाने समस्या दाेहोरिएको छ । कीर्तिपुरका विनोद थापा खाना पकाउने समयमा विद्युत जाँदा अप्ठ्यारो परेको बताउनुहुन्छ । उहाँ जस्तै उपत्यकाबासीले यो हैरानी खेप्नु परेको छ ।
जनशक्ति अभाव झेल्दै परराष्ट्र
जनशक्तिको अभावका कारण परराष्ट्र मन्त्रालयको कार्यसम्पादनमै गहिरो असर परेको छ । परराष्ट्र आमजनतासँग प्रत्यक्ष नजोडिने भए पनि राहदानीको अत्यावश्यक सेवा भने यसै मन्त्रालयअन्तर्गत छ । राहदानी विभागमा आवश्यक कर्मचारी तथा प्राविधिक नहुँदा राहदानी प्रदान गर्ने सेवा नै प्रभावित हुने गरेको छ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय र पर्यटन समितिको बैठकमा केही दिनअघि प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार पनि मन्त्रालयमा जनशक्तिको चरम अभाव छ । जनशक्ति अभावका कारण राहदानी वितरण र मन्त्रालयको आवश्यक काममा असर पुगेको जानकारी उहाँले गराउनुभएको थियो । उहाँका अनुसार मन्त्रालय अन्तर्गत देशभित्र र बाहिरका निकायमा कर्मचारीको सङ्ख्या अत्यन्त न्यून छ, जसका कारण विदेशस्थित दूतावासले सेवा विस्तार गर्न सकेका छैनन् । त्यसक्रममा उहाँले भन्नुभयो, “अत्याधुनिक प्रविधि ल्याएका छौँ तर त्यसको सञ्चालन गर्ने प्राविधिक जनशक्ति पर्याप्त नहुँदा व्यवस्थित सेवा दिन सकेका छैनौँ ।”
कक्षा ६ का विद्यार्थीको दिवा खाजा कटौती
सरकारले सामुदायिक विद्यालयका विद्यार्थीलाई खुवाइरहेको दिवा खाजाका लागि रकम अपुग भएको छ । बजेट भाषणमा प्रारम्भिक बाल विकासदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजा दिने घोषणा गरिएको छ । तर अर्थ मन्त्रालयले रकम कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै खाजा खान पुग्ने गरी छुट्याएकाले यस्तो अवस्था आएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत दिवा खाजाका लागि आठ अर्ब ४५ करोड रुपियाँ छुट्याएको छ । मन्त्रालयको नीति तथा कार्यक्रम शाखाका उपसचिव घनश्याम अर्यालका अनुसार सोही रकम स्थानीय तहमा पठाइएको छ । तर यो रकमले कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै दिवा खाजा खान पुग्छ । कक्षा ६ का विद्यार्थीलाई पनि खाजा खुवाउने हो भने थप एक अर्ब रुपियाँ चाहिन्छ ।
दिगो शान्ति र स्थायित्वका लागि एकजुट हुनुपर्छ : सभापति देउवा
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशमा अझै पनि दिगो शान्ति र स्थायित्वका लागि पार्टी एक ढिक्का हुनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।