सरकार–जेनजी सम्झौताको गृहकार्य
सरकार र जेनजी संयुक्त जनआन्दोलनका अभियन्ताबिच हस्ताक्षर हुने सम्झौतापत्रको मसौदाको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनपछि भइरहेको द्विपक्षीय परामर्शमा सम्झौतापत्रको खाका तयार पार्ने गृहकार्य अन्तिम चरणमा पुगेको हो ।
मानव अधिकार अहरणीय अधिकार
यस वर्षको ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस ‘मानव अधिकार ः हाम्रा दैनिक आवश्यकताहरू’ नाराका साथ बुधबार विश्वभर मनाइँदै छ । सन् १९४८ मा संयुक्त राष्ट्रसङ्घको महासभाले मानव अधिकारको विश्वव्यापी घोषणापत्र पारित गरेको स्मरणमा हरेक वर्ष डिसेम्बर १० मा यो दिवस मनाइन्छ ।
स्थानीय तहका काममा बढ्दै छ युवा चासो
जेनजी आन्दोलनपछि नयाँ सरकार गठन भएसँगै जेनजीले स्थानीय तहका गतिविधिप्रति उच्च निगरानी राख्न थालेका छन् । स्थानीय तहले प्रदान गर्ने सेवा, विकास निर्माणका कार्य, उपभोक्ता समिति निर्माण र उपभोक्ता समितिका हक अधिकारका विषय, स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा सेवा लिन समस्या पर्ने गरेको, स्थानीय तहका कामकारबाहीमा अनियमितता भएको, कतिपय स्थानीय तहका वडा कार्यालयले घरबाटोको सिफारिस नदिएकोलगायतका विषयमा जेनजी सचेत बन्न थालेका हुन् ।
एकीकृत कसुरका आरोपित लामालाई धरौटीको सुविधा
जिल्ला अदालत काठमाडौँले तिब्बतीयन ओरिजिनल ब्लड (टिओबी) ग्रुपका तेन्जिन दावा लामा भन्ने तेन्जिन राप्तेनलाई धरौटीमा रिहा गर्न आदेश गरेको छ । एकीकृत कसुरको माग दाबीसमेतका दुई मुद्दामा अदालतले लामालाई धरौटीमा रिहाको आदेश गरेको हो ।
एमालेको महाधिवेशन विचार निर्माण गर्ने मञ्च हो : सचिव भट्ट
नेकपा (एमाले) का सचिव तथा एमाले महाधिवेशनको खाद्य व्यवस्थापन समितिका संयोजक लेखराज भट्टले पार्टीको आगामी महाधिवेशन विचार र नेतृत्व निर्माण गर्ने महत्वपूर्ण मञ्च सावित हुने बताउनुभएको छ ।
जेनजी योद्धाका अधुरा सपना पुरा गर्नु सरकारको प्रमुख दायित्त्व हो: गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी योद्धाका अधुरा सपना पुरा गर्दै भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु नै यो सरकारको प्रमुख कार्यभार भएको बताउनु भएको छ।
सिग्रेदोभान पुल वैशाखभित्र सम्पन्न गर्न मुख्यमन्त्री बानियाँको निर्देशन
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मकवानपुर र काभ्रेपलाञ्चोक जिल्ला जोड्ने सिग्रेदोभान पक्की पुल आगामी वैशाखभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा पन्थी
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशकमा आचार्य लक्ष्मण पन्थी नियुक्त हुनुभएको छ ।
स्वास्थ्य मन्त्रालयको सेवा सिंहदरबारबाट सुरु
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ ।
नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनु पर्छ : राप्रपा
राजसंस्था, राजनीतिक दल र जेनजी पुस्ताबिच नवीन सहमतिको नेतृत्व प्रधानमन्त्री सुशीला कार्कीले लिनुपर्ने भन्दै सरकारकोे ध्यानार्कषण गराएको छ ।
‘मानसिक स्वास्थ्य सचेतना अभियान २०८२’ सञ्चालन हुने
विश्वव्यापी रूपमा जनस्वास्थ्यको समस्याका रूपमा रहेको मानसिक रोग बारेमा जनचेतना फैलाउने उद्देश्यले मानसिक स्वास्थ्य अभियान सञ्चालन गर्न लागेको हो ।
भेदभावरहित समुदायमैत्री सेवा प्रदान गर्ने सीपबारे छलफल
लागु औषध प्रयोगकर्ता महिला तथा यौनिक अल्पसङ्ख्यकमाथि हुने विविध प्रकारका हिंसा, क्षति न्युनीकरण र प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी तीन दिने आवासिय प्रशिक्षण कार्यशालाको आयोजना गरिएको छ ।
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
पछिल्लो छ दिन निरन्तर कारोबार घटेको पुँजी बजारमा आज भने सामान्य अङ्कको सुधार देखिएको छ ।
ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले विकास निर्माणसँग सम्बन्धित ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा देशको अर्थतन्त्र र रोजगारीमा असर परेको बताउनुभएको छ ।
सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी सरकार मात्र नभई सुशासनका लागि तीव्र गतिमा काम गर्ने सरकार भएको बताउनुभएको छ ।
गृहमन्त्री अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरकाे शिष्टाचार भेट
गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर मामिला हेर्नुहुने) मुनु महावरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
एमालेका महाधिवेशन प्रतिनिधिको अध्यावधिक अन्तिम चरणमा
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचित प्रतिनिधिहरूको अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
नेपाल बैंक र पाटन हेल्थ ल्याब प्रालिबिच सम्झौता
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र पाटन हेल्थ ल्याब प्रालिबिच सम्झौता भएको छ । बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकहरूलाई ललितपुर थसिखेलमा रहेको पाटन हेल्थ ल्याब प्रालिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सोमबार सम्झौता भएको बैंकले जनाएको छ ।
आयोग एकै चरणमा निर्वाचन गर्न तयार छ
सरकारले आउँदो फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा गरिसकेको छ । सरकार र निर्वाचन आयोगले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न तयारी तीव्र पारेका छन् । निर्वाचनबारे भइरहेको तयारी र निर्वाचन सम्पन्न गर्न सरोकारवाला निकायले गर्नुपर्ने कामबारे निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग गोरखापत्र दैनिकका लागि नारद गौतम र नगेन्द्र सापकोटाले गर्नुभएको कुराकानीको सम्पादित अंश :
महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी हुँदै
नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको सूची अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको एमालेले जनाएको छ । पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेलसहितको समूह प्रतिनिधिहरुको विवरण अध्यावधिक गर्ने काममा जुट्नुभएको छ ।
मुगुका युवाबाट ऊर्जा मन्त्री घिसिङलाई ‘झरो’ उपहार
कर्णाली प्रदेशको विकट जिल्ला मुगुमा आजसम्म पनि ९५ प्रतिशत नागरिकले स्थायी विद्युत् सुविधा नपाएको गम्भीर अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै स्थानीय युवाहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई प्रतिकात्मक ‘झरो’ उपहार दिएका छन् ।
फरार कैदीबन्दी पक्राउ
गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कार्यालय जगन्नाथदेवलबाट फरार भएका एक जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको रतुवा—केशलिया सडक निर्माणको ठेक्का तोडियो
हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा— केशलिया ६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ ।
बागलुङमा चालु वर्षको चौमासिकमा १७ प्रतिशत कर सङ्कलन
आन्तरिक राजस्व कार्यालय बागलुङले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा १६.८१ प्रतिशत कर सङ्कलन गरेको छ ।