लगानीमैत्री कृषि खाद्य प्रणालीतर्फको यात्राका लागि सहकार्य
समावेशी, जलवायु अनुकूल तथा लगानीमैत्री कृषि खाद्य प्रणालीतर्फको नेपालको यात्रालाई अघि बढाउन सरोकारवालाबिच सहकार्यको आवश्यकता औँल्याइएको छ ।
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपियाँ घटाएको हो । पेट्रोलमा भने प्रतिलिटर दुई रुपियाँ मूल्य बढेको छ ।
जनजाति प्रतिष्ठानको सञ्चालक परिषद् बैठक सम्पन्न
आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २६ औँ सञ्चालक परिषद् बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री तथा प्रतिष्ठानको अध्यक्ष सुशीला कार्कीले उदघाटन गर्नुभएको बैठक आज सम्पन्न भएको हो । बैठकले प्रतिष्ठानको महत्वपूर्ण नीति, कार्यक्रमबारे निर्णय गरेको छ।
‘अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ’
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्ने बताउनुभएको छ
कांग्रेस महाधिवेशन : वडा तहमा क्रियाशील सदस्यता वितरण जारी
नेपाली कांग्रेसको १५ औं महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ ।
खाद्य र पेय पदार्थको मुद्रास्फीति ऋणात्मक
गत कात्तिक महिनामा खाद्य र पेय पदार्थको मुद्रास्फीति ऋणात्मक देखिएको छ ।
कृषि क्षेत्रको समस्या समाधान गर्न सरकार तत्पर छ : कृषि मन्त्री परियार
कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदन परियारले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तत्पर रहेको बताउनुभएको छ ।
चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो
चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो चौमासिकमा करिब रु सात खर्ब रेमिट्यान्स भित्रिएको छ ।
सरकारद्वारा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन
सरकारले विभिन्न राजनीतिक दल तथा सरोकार भएकाहरूसँग वार्ताका लागि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको छ ।
हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्नेमा जोड दिनुभएको छ ।
‘अन्तर-जिल्ला मतदानका लागि पहल होस्’
निर्वाचन आयोग समक्ष राष्ट्रिय स्वतन्त्र नागरिक समाज, नेपालले लोकतान्त्रिक व्यवस्थामा मताधिकार नागरिकको मौलिक अधिकार भएकाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा अन्तर-जिल्ला मतदानका लागि पहल गर्न अनुरोध गरेको छ ।
‘दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता’
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको बताउनुभएको छ।
प्रधानाध्यापक ठाकुरविरूद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषाको विदेह नगरपालिका–२ दुहवीस्थित शङ्कर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुरविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु
मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्युभएको छ ।
प्रभावकारी छैन बेरुजु लेखाङ्कन, थन्किए महालेखाका प्रतिवेदन
गत २३ र २४ भदौको ‘जेनजी’ प्रदर्शन र विकसित राजनीतिक घटनाक्रमसँगै संसद् विघटन भएपछि संसद्का अधिकांश नियमित कामकाज ठप्प छन् ।
एमाले महाधिवेशनको चहलपहल (फोटो फिचर)
नेकपा (एमाले) को जारी ११ औं महाधिवेशनको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा चहलपहल बढेको छ । उम्मेद्वारहरुले आज ३ः३० बजेसम्म फाराम दर्ता गराउने समय निर्धारण गरिएको छ ।
कुष्ठरोगबाट प्रभावित ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान
नेपाल कुष्ठरोग निवारण सङ्घको ५३ औँ केन्द्रीय सभाको अवसरमा कुष्ठरोगबाट प्रभावित ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान गरिएको छ ।
एमाले महाधिवेशन : उम्मेदवारी दर्ता साढे ३ बजेसम्म
नेकपा (एमाले) को जारी ११ औं महाधिवेशनमा उम्मेद्वारहरुले फारम भर्ने क्रम जारी छ । आज दिउँसो ३ः३० बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तय गरिएको छ ।
नेपाली शान्ति सैनिकको अदलीबदली
संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदली गर्न गोरखनाथ गणका शान्ति सैनिकको टोली मिसन इलाका प्रस्थान गरेका छन् ।
वन डढेलोको जोखिम व्यवस्थापन गर्न राष्ट्रिय रणनीति र कार्ययोजना निर्माण
सरकारले वन डढेलोको जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय रणनीति र कार्ययोजना निर्माण थालेको छ ।
एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता
सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ठूलो मात्रमा कर फिर्ता गरेको हो ।
एनपिएल : सफल आयोजनाप्रति क्यानलाई आइसिसीको बधाई
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अध्यक्ष जय शाहले नेपाल क्रिकेट सङ्घ (क्यान)लाई नेपाल प्रिमियर लिग (एनपिएल) सफलतापूर्वक सम्पन्न गरेकामा बधाई दिनुभएको छ । ।
एमालेमा मन र मत मिलाउने प्रयास
“अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन मिलाउनुस् मन....’’, दशौँ केन्द्रीय कमिटीको अन्तिम बैठक चलिरहँदा नेकपा (एमाले) का सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई यस्तो आग्रह गरेपछि बैठकको वातावरणमा फेरबदल देखिएको थियो ।
तीन दिनसम्म काँग्रेसले पार्टीको झण्डा आधा झुकाउने
नेपाली कांग्रेसले पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।