अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पोमा किसानलाई पाठशाला
यहाँ आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पोमा किसानलाई पाठशाला सञ्चालन गरिने भएको छ । यही जेठ १८ देखि २० गतेसम्म सञ्चालन हुने एक्स्पोमा कुखुरापालक किसानलाई ज्ञान, सीप, प्रविधिबारेमा शिक्षा दिन लागिएको हो ।
कृषि तथा पशुपन्क्षी बिमा निरन्तर रहने : कृषि मन्त्रालय
कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले कृषि तथा पशुपन्क्षी बिमा निरन्तर रहने जनाएको छ । कृषिमन्त्री ज्वालाकुमारी साहको अध्यक्षतामा आज मन्त्रालयमा सरोकार भएका निकायसहित बसेको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता शवनम शिवाकोटीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
किसानलाई ७५ प्रतिशत अनुदानमा कृषि औजार वितरण
कृषि ज्ञान केन्द्र गोरखाले कृषकहरूलाई कृषि औजार वितरण गरेको छ । गोरखा नगरपालिका–१० स्थित छेपेटारका स्थानीय किसानहरूलाई ७५ प्रतिशत अनुदानमा कृषि औजार प्रदान गरेको हो ।
बिमा र उखुको अनुदान बढ्यो
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि कृषिको बजेट घटाएको छ । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक गर्नुभएको आगामी आव २०८१/८२ को बजेट अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५७ अर्ब २९ करोड रुपियाँ विनियोजन गरेको छ । चालु आवको तुलनामा आगामी आवमा एक अर्ब ६९ करोड बजेट कम दिएको छ । चालु आवका लागि ५८ अर्ब ९८ करोड रुपियाँ विनियोजन गरेको थियो । अगामी आवको बजेटमा प्रधानमन्त्री आधुनिकीकरण परियोजनाका लागि दुई अर्ब ९८ करोड विनियोजन गरेको छ । यो परियोजनाको बजेट पनि घटाएको छ । चालु आवका लागि तीन अर्ब २२ करोड छुट्याइएको थियो ।
कृषिमा लगानी दशक घोषणा
अर्थमन्त्री वर्षमान पुनले सरकारी, निजी, सहकारी तथा विकास साझेदारबाट कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्न २०८१ देखि २०९१ सम्मको अवधिलाई ‘कृषिमा लगानी दशक’ वर्ष घोषणा गर्नुभएको छ । भूगोल, बजार सम्भाव्यता एवं पारिस्थितिकीय विशिष्टता अनुकूल सङ्घ, प्रदेश र स्थानीय तहबाट कृषि उपजको विशेष क्षेत्र पहिचान गरी उत्पादन प्रवर्धन गरिने उहाँले बताउनुभयो । मङ्गलबार आर्थिक वर्ष २०८१÷८२ को बजेट सार्वजनिक गर्दै कृषि उपज सङ्कलन, प्रशोधन र निर्यात गर्ने फर्मले स्थानीय कृषकलाई आवश्यक पर्ने मल, बिउ तथा अन्य सामग्री प्रदान गरी कृषि उत्पादन खरिद गर्ने सुनिश्चित गरेमा उत्पादित उपजको परिमाणका आधारमा मल, बिउ, कृषि प्रसार सेवा र कर्जामा ब्याज अनुदान प्रदान गर्ने मन्त्री पुनले बताउनुभयो ।
उच्च मूल्यका जडीबुटी खेतीको प्रवर्द्धन गर्न गुणस्तरीय बिरुवा उत्पादन गर्ने
सरकारले उच्च मूल्यउक्त जडीबुटी खेतीको प्रवर्द्धन गर्न गुणस्तरीय बिरुवा उत्पादन गर्ने भएको छ ।
२०८१ देखि २०९१ सम्म कृषि लगानी दशक घोषण गर्ने
सरकारले कृषि क्षेत्रमा वि.सं. २०८१ देखि २०९१ सम्म कृषि लगानी दशक घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो ।
बाँदर आतङ्कले बढ्दै बाझो जमिन
बाँदर आतङ्कले बालीनाली जोगाउन समस्या भएपछि बाँझै राखिएको पर्वतको कुश्मा नगरपालिका— ११ मा रहेको सिल्मीफाँट । कृषकले थोरै क्षेत्रफलमा मकैलगायतका बाली लगाए पनि अधिकांश जमिन बाँझै छ ।
बिक्रीमा राखिएका खरबुजा
सुनसरीको इनरुवास्थित थोक तरकारी बजारमा बिक्रीका राखिएका खरबुजा । खरबुजा थोकमा एक बोराको दुई सय ५० रुपैयाँमा बिक्री भइरहेको व्यापारी बताउँछन् ।
नेपालको घिउ जापान निर्यात
निजी क्षेत्रका डेरी उद्योगले घिउ जापान निर्यात गर्न थालेका छन् । कोशी प्रदेशमा रहेको सूर्योदय मिल्क एन्ड बेभरेज इन्डस्ट्रिज प्रालिले उत्पादन गरिरहेको घिउ जापान निर्यात गर्न सुरु गरेको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले जानकारी दिनुभयो । दुग्धजन्य पदार्थको मौज्दात धेरै भएको र त्यसको बिक्रीका लागि भइरहेको प्रयासस्वरूप नेपालबाट जापानका लागि घिउ निर्यात भएको उहाँले बताउनुभयो । कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको सहकार्यमा सूर्योदय मिल्क एन्ड बेभरेज इन्डस्ट्रिजले घिउ जापान निर्यात गर्न सुरु गरेको उहाँले जानकारी दिनुभयो ।
आर्थिक विकासका लागि कृषि र पशुधनको व्यावसायिक फार्मिङ आवश्यक : मुख्यमन्त्री अधिकारी
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मुलुकको आर्थिक विकासका लागि कृषि र पशुधनको व्यावसायिक फार्मिङ आवश्यक रहेको बताउनुभएको छ ।
किसानलाई उद्यमशीलतामा जोड्दै स्याङ्जाका पालिका
स्याङ्जाका पालिकाहरूले साना किसानलाई उद्यमशीलतामा जोड्न विभिन्न कार्यक्रम सुरु गरेका छन् । कृषि र पशुपालनको क्षेत्रमा नागरिकलाई आर्थिक रूपमा सबल बनाउँदै उद्यमशील बनाउन जिल्लाका पालिकाहरू योजनाबद्ध रूपमा काम गर्न लागेका हुन् ।
सिँचाइका लागि अनुदानमा स्यालो ट्युबवेल
शुक्लाफाँटा नगरपालिका-४ का किसानलाई सिँचाइ सुविधा प्रदान गर्नका लागि चालु आवमा १३ वटा स्यालोट्युबवेल ५० प्रतिशत अनुदानमा जडान गरिएको छ । किसानलाई समूहमा आबद्ध गरी स्यालोट्युबवेल जडान गरिएको हो ।
भेडाबारीमा सिँचाइ सुविधा पुग्यो
जलजलाको बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका -७ मा लुङ्दीखोला भेडाबारी दुलेपानी सिँचाइ योजना सम्पन्न भएको छ । सिँचाइ योजना सम्पन्न भएसँगै भेडावारी, दुलेपानी र लामाबगरका किसानहरू खेतमा सिँचाइ गर्न पाएपछि खुसी भएका छन् ।
कुल गार्हस्थ उत्पादनमा कृषिको योगदान बढ्यो
आर्थिक सर्वेक्षण अनुसार पछिल्लो १० वर्षमा कृषि क्षेत्रको औसत वृद्धिदर २.७५ प्रतिशत रहेको छ । गत आर्थिक वर्ष २.७६ प्रतिशतले उत्पादन वृद्धि भएको थियो भने यो चालु आवमा ३.०५ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार गत आव कुल गार्हस्थ उत्पादनमा यस क्षेत्रको योगदान २३.९२ प्रतिशत रहेकोमा चालु आवमा यसको योगदान २४.०९ प्रतिशत रहने अनुमान गरेको छ । यसरी कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धि हुनेमा बिउबिजन, मल, सिँचाइ, यान्त्रिकीकरणको उपलब्धता रहेको कृषि विभागका महानिर्देशक डा. हरी केसीले बताउनुभयो ।
दुध उत्पादन घट्यो
कृषिप्रधान देश नेपालमा पछिल्ला दिनमा दुध उत्पादन घटेको प्रतिवेदन सार्वजनिक भएको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको प्रतिवेदनमा गत आव २०७९/८० को आठ महिनाको तुलनामा यो वर्ष दुध उत्पादन घटेको सार्वजनिक गरेको हो ।
आविष्कार केन्द्रले बनायो दश किसिमका कृषि औजार
राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ ।
बाँकेमा किसानसँग पालिका प्रमुख कार्यक्रम
बाँकेको वैजनाथ गाउँपालिकाले कृषिमा आत्मनिर्भर पालिका बनाउने उद्देश्यले सञ्चालन गरेको किसानसँग पालिका प्रमुख कार्यक्रम प्रभावकारी बनेको सम्बद्ध किसानहरुले बताएका छन् ।
मेचीपारिका किसानलाई कृषि सामग्री वितरण
भद्रपुर नगरपालिकाले ‘मेचीपारि तरकारी बारी’ पकेट कार्यक्रमअन्तर्गत किसानलाई कृषि सामग्री वितरण गरेको छ । भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले आयोजित एक कार्यक्रममा ती सामग्री वितरण गर्नुभएको हो ।
किसानलाई मौरीसहितको घार वितरण
पूर्वी नवलपरासीका पहाडी भेगका किसानलाई अनुदानमा मौरीसहितको घार र कुखुराको खोर वितरण गरिएको छ ।
रोपाइँको तयारी
प्यूठानको माण्डवी गाउँपालिका–३ स्थित नयाँगाउँका स्थानीय रोपाइँको तयारी गर्दै । नयाँगाउँका स्थानीय जेठ महिनामै रोपाइँ गर्ने गर्दछन् ।
व्यावसायिक चियाखेतीसँगै पर्यटन प्रवर्द्धनमा भोजपुरका रञ्जित
टेम्केमैयुङ गाउँपालिका-३ का ३५ वर्षीय रञ्जित गिरी चियाखेतीमा लागेको एक दशक नाघ्यो । बुबा शरमान गिरीले सुरु गर्नुभएको चियाखेतीलाई अगाडि बढाउनुभएका उहाँको दैनिकी चियाका बोटको हेरचार, स्याहार र प्रशोधनमै बित्छ ।
व्यावसायिक तरकारी खेतीका लागि २६० जना किसानलाई बीउ सहयोग
सहकारी संस्थाले २६० जना कृषकलाई तरकारीको बीउ सहयोग गरेको छ । संस्थामा आबद्ध रहँदै आएका कृषकहरूलाई तरकारीको बीउ सहयोग गरिएको हो ।
गर्मीले अण्डा उत्पादन घट्दा लागत बढ्यो
अण्डाको मूल्य बढेपछि उत्साहित कुखुरापालक किसान गर्मीका कारण उत्पादन घटेपछि निराश भएका छन् । उत्पादनमा कमी आएसँगै अण्डाको लागत बढेको छ ।