पछिल्लो समय नेपालमा रैथाने बाली लोप हुने अवस्थामा पुग्न थालेको छ । बागलुङमा धेरै उत्पादन हुने अन्नको रुपमा रहेको कोदोबालीको पछिल्लो समय प्रवद्र्धनपछि महत्व बढ्दै गएको छ ।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ अक्षते–घोडाबाँधे खण्ड कालोपत्रे जिम्मा लिएको ठेकेदार सम्पर्कविहीन हुँदा लोकमार्गको काम ठप्प भएको छ ।
बैतडीमा आजदेखि अन्तरपालिका भलिबल प्रतियोगिता सुरु भएको छ । तेजबहादुर चन्द ट्रस्टको आयोजनामा सुरु भएको तेजबहादुर चन्द स्मृति अन्तरपालिका भलिबल प्रतियोगितामा नौ पालिकासहित १० टोलीको सहभागिता छ ।
यहाँका उखु मिलहरूले समयमै भुक्तानी नदिएपछि उखु उत्पादक किसान सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् ।
काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत बागमती नदी सफाइको पाँच सय हप्ता नाघेको छ । यस अवधिमा सफाइ गरेर बाग्मतीबाट करिब २० हजार टन फोहोर निकालिएको छ ।
शनिबार जर्सीको च्यानल टापुको एक अपार्टमेन्ट भवनमा विस्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने एक दर्जन बेपत्ता भएका छन् । सीएनएनले उक्त टापुका मुख्यमन्त्री क्रिस्टिना मूरलाई उद्धृत गर्दै घटना बारे जनाकारी गराएको हो ।
नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेर रु एक लाख पाँच सय पुगेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख तीन सयमा कारोबार भएको थियो ।
बजारमा अदुवाको माग घटेपछि किसान कम मूल्यमा बिक्री गर्न बाध्य भएका छन् ।
मानवअधिकार तथा शान्ति समाजले ‘महिला अधिकारः मानवअधिकार’ भन्ने उद्घोषसहित विशेष अभियान प्रारम्भ गरेको छ ।
झापाको कनकाई नगरपालिकाले यहाँका २० सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको छ । विश्व मानवअधिकार दिवसका अवसरमा नगरपालिकाले कनकाई–८ का सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको हो । सो अवसरमा नगर प्रमुख राजेन्द्र पोखरेलले हरेक मानिसले भूमि पाउनुपर्ने मानवअधिकारभित्रकै एउटा अधिकार भएकाले जग्गा धनीपुर्जा वितरण गरिएको बताउनुभयो ।
मेलम्ची बजारमा पक्की घर तथा सुविधासम्पन्न होटल निर्माणले आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन बाक्लिँदै गएको थियो ।
आठौँ संस्करणको धारा नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खड्गबहादुर खड्काले जित्नुभएको छ ।
नेपाल आयल निगमले बाराको अमलेखगञ्जमा पेट्रोल भण्डारणका लागि छुट्टै भण्डारण गृह (ट्याङ्की) निर्माण गर्ने तयारी थालेको छ ।
तनहुँको दुई पालिका जोड्ने पक्की पुल निर्माणका लागि तीन पटक म्याद थप गरिएको छ । सडक विभागको बदमासीका कारण सात वर्ष बितेपनि अझै पुल निर्माण हुन सकेको छैन ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच आज (शुक्रबार) भेटवार्ता भएको छ ।