यही फागुन ६ गते त्रयोदशीमा पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आज (बिहीबार) यहाँ आयोजित पत्रकार सम्मेलनमा स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुभयो ।
हिमाली जिल्ला मनाङमा विद्यालय खुल्न थालेका छन् । हिउँदे बिदा सकिएपछि फागुनको सुरुआतसँगै विद्यालय खुल्न थालेका हुन् ।
राम्रो मूल्य पाइने भएपछि पर्वतको एक कफी उत्पादक सहकारी संस्थाले आफैं प्रशोधन गरी बजारमा धुलो कफी बिक्री गर्न सुरु गरेका छ ।
प्रतिनिधि सभाका सांसदहरूले जनजीविकाका विभिन्न विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारीले प्रजातन्त्र स्थापनाको ६२ वर्ष पूरा हुँदा पनि नेपालीहरू आधारभूत आवश्यकताकै लागि भौँतारिइदिनुपरेको बताउनुभयो ।
काठमाडौँ महानगरपालिकाले सात महिनादेखि स्रोतमा फोहाेर वर्गीकरण गरी अन्तिम व्यवस्थापन गर्ने भने पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । फोहर व्यवस्थापन कार्य प्रभावकारी बनाउन कामपाले गत साउन १ गतेदेखि स्रोतबाटै कुहिने र नकुहिने फोहर वर्गीकरणको काम थाल्यो ।
नेपालगञ्ज विमानस्थलको आगमन कक्षमा अत्याधुनिक ‘ब्यागेज ह्यान्डलिङ सिस्टम’ अन्तर्गत ‘कन्भेयर बेल्ट’ प्रणाली सञ्चालनमा ल्याइएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा सांसदरुले यही फागुन १ गते काठमाडौँको बालाजुमा भएको चोरी र लुटपाटको घटनाको यथार्थ छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।
मेन्छियाम हाइड्रोपावर लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन १० गतेदेखि आयोजना पीडित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्राथमिक सार्वजनिक निष्कासन ९आइपिओ०को बिक्री खुला गर्ने भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारी दाङ आइपुग्नुभएको छ । काठमाडौँबाट हेलिकप्टरमार्फत उहाँ ११ः३० बजे दाङ आइपुग्नुभएको हो ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक सहमतिबाट नै राष्ट्रपति छान्नुपर्ने बताउनुभएको छ ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु. दुई सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख तीन हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख तीन हजार छ सय तोकिएको छ ।
नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशन आज पनि जारी छ । आजदेखि बन्दसत्र सुरु हुने छ ।
बाँकेको नेपालगञ्जबाट करिब रु. पाँच लाखभन्दा बढी नेपाली नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्ज उपमहानगर–२ स्थित न्यूरोडबाट उनीहरुलाई पक्राउ गरेको हो ।
कालिकोटबाट २० वर्षअघि उपचारका लागि काठमाडौं आउनुभएकी लालकला सुनारको शरीर रोगले गल्दै र खल्तीमा पैसा रित्तिदै गएपछि छिमेकीले सल्लाह दिए, “खाली बस्नुभन्दा भद्रकाली मन्दिर परिसरमा पूजासामग्रीको पसल राख्नू ।”