• ४ जेठ २०८१, शुक्रबार

राष्ट्रपति भण्डारी दाङमा

blog

दाङ, फागुन ३  गते । राष्ट्रपति विद्यादेवी भण्डारी दाङ आइपुग्नुभएको छ । काठमाडौँबाट हेलिकप्टरमार्फत उहाँ ११ः३० बजे दाङ आइपुग्नुभएको हो । 

लुम्बिनी प्रदेशप्रमुख अमिक शेरचन, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति डा. यादवप्रकाश लामिछानेले राष्ट्रपति भण्डारीलाई स्वागत गर्नुभएको थियो । 

राष्ट्रपति भण्डारीले नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद शिक्षण भवनको उद्घाटन गर्नुहुने कार्यक्रम  छ ।