प्याज आयातमा सरकारले बर्सेनि करिब रु पाँच अर्बभन्दा बढी रकम खर्च गर्ने गरेको छ । नेपालमा भारत, चीन, बङ्गलादेशलगायतका मुलुकबाट प्याज आयात हुने गर्दछ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा किसान तोरीखेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको सङ्ख्या बढेको हो । तोरीको पकेट क्षेत्र मानिएको यस जिल्लामा अधिकांश स्थानमा अहिले तोरी फुलेको देख्न सकिन्छ ।
लामो समयपछि सिद्धिनहरको पानी आउन थालेपछि मेचीनगर नगरपालिकाका चारवटा वडाका बासिन्दा खुसी भएका छन् ।
कमलामाई नगरपालिकाले कमलामाई मन्दिरको उत्पत्तिस्थल क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न उच्च प्राथमिकता दिने भएको छ ।
रामपुर नगरपालिका–६ की सीता देवकोटालाई खेतमा आलु खन्ने बेला भएपछि कसरी बिक्री गर्ने भन्ने चिन्ताले निकै पिरोल्थ्यो । उहाँले हरेक वर्ष करिब १० क्विन्टल आलु उत्पादन गर्नुहुन्छ ।
प्रतिनिधि सभाको अघिल्लो कार्यकाल समाप्त भएसँगै निष्क्रिय भएका दर्जनौँ विधेयक अब फेरि शून्य अवस्थाबाट मात्र सुरु हुने भएको छ ।
प्रतिनिधि सभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता कायमै छ । आज दिउँसो १२ः३० बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले २८ लाख २४ हजार एक सय २२ मत प्राप्त गरेको छ ।
गत जेठमा बङ्गुरमा लाग्ने ‘अफ्रिकन स्वाइन फ्लु’को प्रकोप देखियो । मुलुकका विभिन्न क्षेत्र हुँदै यसको सङ्क्रमण काभ्रेपलान्चोकका बङ्गुर फार्मसम्म पुग्यो । यसले त्यस क्षेत्रका बङ्गुरहरू फार्मभित्रै मर्न थाले ।
म्याग्दीमा यसवर्ष धान र कोदो खाद्यबालीको उत्पादन घटेको छ । गत वर्षको तुलनामा धान ११.५० प्रतिशत र कोदो ६.८७ प्रतिशतले उत्पादन घटेको हो ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु छ सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९९ हजार तीन सय तोकिएको छ ।
नारायणगढ–मुग्लिङ सडक खण्डमा आज बिहान टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको बेनिघाट रोराङ गाउँपालिकाका ४२ वर्षीय सन्तबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
देशभर चिसो बढेको छ । तराईमा हुस्सु लाग्न थालेको छ भने काठमाडौंको तापक्रम पनि लगातार घट्न थालेको छ ।
पछिल्लो समय व्यावसायिक तोरी खेतीमा किसानको आकर्षण बढेको छैन ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको जीवन भोगाइलाई प्रस्तुत गरिएको ‘ओभरलुक्ड फेसेज अफ नेपाल’ पुस्तक सार्वजनिक भएको छ ।
नारायणगढ–मुग्लिङ सडकखण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रक खसेको छ । मुग्लिङबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो ।