• १३ साउन २०८१, आइतबार

सुनको मूल्य प्रतितोला एक लाख पाँच सय

blog

काठमाडौँ, मङ्सिर २५  गते । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु. दुई सयले बढेर रु. एक लाख पाँच सय पुगेको छ । अघिल्लो दिन प्रतितोला रु. एक लाख तीन सयमा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९९ हजार आठ सय थियो ।     

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु. १० ले बढेर रु एक हजार चार सय पुगेको महासङ्घले जनाएको छ । 

किन हुन्छ सुन चाँदीको मूल्य घटबढ ?

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिकरत्न शाक्यका अनुसार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटबढ हुनुमा अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा हुने उतारचढाव प्रमुख कारण रहेको बताउनुहुन्छ । 

“सुनचाँदीको अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्य र डलरमा हुने घटबढका आधारमा नेपाली बजारमा सुनचाँदीको मूल्य तोकिने गरेको छ”, अध्यक्ष शाक्यले भन्नुभयो । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ९७ दशमलव ३५ डलरमा कारोबार भइरहेको छ ।