सुनचाँदी बजारमा मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला एक हजारले घटेर ९७ हजार दुई सय तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजार दुई सयमा कारोबार भएको थियो ।
बालबालिकामा देखिने अटिजम कुनै रोग नभई मस्तिष्कको बनावटका क्रममा उत्पन्न असन्तुलनबाट देखिने समस्या हो । विज्ञहरु भन्छन्, “समाजमा अटिजमलाई रोग भन्ने गलत बुझाइ छ तर यो रोग नभएर बालबालिकाको मस्तिष्क विकासका क्रममा आउने समस्या हो ।” यसलाई ‘न्यूरो डेभलपमेन्ट डिसअर्डर’ पनि भनिन्छ । अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य देखिए पनि सामाजिक तथा सञ्चारसम्बन्धी सीप सिकाइको क्षमता कम हुन्छ । जसले गर्दा उनीहरु कक्षामा पनि आफ्ना अरु साथीहरूका तुलनामा कम बुझ्ने हुन्छन् ।
कोखिलामा झोला बोकेर नौबिसेटोलतिर लखरलखर हिँडिरहनुभएको थियो, भक्तबहादुर विक । सोमबार बिहानपखको कुरा हो । उहाँ एक्लै बागलुङ बजारका चोक, गल्ली चहार्दै चुनावी पर्चा बाँडिरहनुभएको थियो । समर्थक र प्रस्तावकधरी विकसँग थिएनन्, जसले मनोनयन दर्तामा सघाएका थिए । “गरिब, दुखी, उत्पीडितको पार्टी हो, हामीसँग को हुन्छ र रु न खर्च गर्ने पैसा छ, न हाम्रापछि अरुकाझैँ कार्यकर्ता छन्”, उहाँले गुनासो बिसाउनुभयो, “भ्याएसम्म घरघर पुगेको छु, बाटोमा भेटिनेसँग मत मागेको छु ।” विक नेपाल दलित पार्टीका तर्फबाट इनार चिह्न लिएर बागलुङ नगरपालिकाको प्रमुख पदमा चुनाव लड्दै हुनुहुन्छ ।
राजस्व अनुसन्धान विभागले गलत तरिकाले मूल्य अभिवृद्धि कर बिजक खरिद गरी राजस्व चुहावट गरेको अभियोगमा दुई व्यावसायिक फर्मविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।अनुसार भक्तपुर सूर्यविनायक नगरपालिका–१०, देउजागाउँ स्थायी बसोबास भएका एभरेस्ट यती इन्टरनेसनलका सञ्चालक दीपकुमार देउजा र अचला थापा देउजाविरुद्ध सोमबार उच्च अदालतमा मुद्दा दायर गरिएको हो ।
वैशाख शुक्ल तृतीयाका दिन जन्मनुभएका परशुराम ऋषिको जन्मजयन्ती पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अष्टचिरञ्जीवीमध्येका एक परशुराम तृतीयाका दिन बेलुकी जन्मिएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । परशुराम भगवान् विष्णुको छैटौँ अवतारका रूपमा जन्मनुभएको हो । ऋषि जमदग्नि र रेणुकाका पुत्र परशुरामले पिता जमदग्निको आदेशमा माता रेणुकाको हत्या गरेको समेत ती ग्रन्थमा व्याख्या गरिएको छ । पिता जमदग्निले परशुरामलाई वर माग भनेपछि माता जीवित भएको पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । आमा मारेको कुरा अरुले थाहा नपाऊन् भनी सो वर मागेको उल्लेख गरिएको छ ।
आसन्न स्थानीय तह निर्वाचनमा भाग लिने उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै जिल्लामा चुनावी माहोल बढ्दै गएको छ । जिल्लाको तीन गाउँपालिकामा ३८४ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । भूमे गाउँपालिका–३ मा एक महिला सदस्य निर्विरोध निर्वाचित भइसक्नुभएको छ । पालिका र वडामा आवश्यक पद भने १६१ छ ।
अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर ईदउल फित्र पर्व मनाउँदै छन् ।दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले मुस्लिम समुदायको महान पर्व इद (इदउल फित्र)को शुभकामना दिनुभएको छ । इदका अवसरमा आज शुभकामना दिँदै उहाँले नेपालका सम्पूर्ण इस्लाम धर्मावलम्वीहरू र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।
सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला आठ सयले घटेर ९८ हजार दुई सयले तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९९ हजारमा कारोबार भएको थियो ।
इस्लाम धर्मावलम्बीले मनाउने महान् पर्व इदुलफित्र मङ्गलबार मनाइँदैछ । इदगाहमा गएर सामूहिक नमाज (प्रार्थना) गरी मनाउने यो पर्वमा मानिसले एकआपसमा अँगालो मारेर इदमुबारक (बधाई तथा शुभकामना) साटासाट गर्ने गर्दछन् ।
हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ ।
भगवान् विष्णुका २४ अवतारमध्येको एक ह्यग्रीवको नेपालमै पहिलो मन्दिर निर्माण कागेश्वरी मनोहरा नगरपालिका–४ स्थित कोलमतेश्वर क्षेत्रमा भएको छ । मन्दिर यही वैशाख २६ गतेको शुभ साइतमा प्राण प्रतिष्ठा गरिने भएको छ । वैशाख ३० गतेसम्म पाँच दिन विभिन्न अनुष्ठान आयोजना गरी भक्तजनका लागि मन्दिर खुला गर्ने तयारी भएको छ । घाँटीभन्दा माथिको भाग घोडा र घाँटीमुनिको भाग मान्छेको जस्तो भएकोलाई ह्यग्रीव भनिन्छ । ह्यग्रीव अवतार लिएर भगवान् विष्णुले वेदको रक्षा गर्नुभएको थियो । वेद रक्षा गरेर भगवान् विष्णुले ब्रह्मालाई दिनुभएको वर्णन विभिन्न वैदिक एवं शास्त्रीय ग्रन्थमा गरिएको छ ।
गोरखा, वैशाख १९ गते । गोरखाको पालुङटार नगरपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी गठबन्धन भएको छ । पालुङटारका नेपाली कांग्रेसबाट प्रमुख पदका उम्मेदवार दीपकबाबु कँडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवार फिर्ता लिइ जसपालाई सघाउने घोषणा गरेपछि दुई पार्टीबीच गठबन्धन पक्का भएको हो । विज्ञप्तिमा कांग्रेसले दोस्रो पटक पुनः उम्मेदवार चयन गरे पनि पछिल्लोपटक केन्द्रीय समितिले उम्मेदवारी फिर्ता लिन दिएको निर्देशन आफूले स्वीकार गरेको उल्लेख छ । “स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको निर्णयप्रति म पूर्ण इमान्दार रहेको छु”, विज्ञप्तिमा भनिएको छ, “दोस्रो पटक पनि उम्मेदवार चयन गरेकोमा पार्टीको गण्डकी प्रदेश समिति र केन्द्रीय कार्यसमितिप्रति धन्यवाद प्रकट पनि गर्दछु ।” उहाँले सरकारमा सहभागी पाँच दलका बीचमा भएको सहमति र निर्णयअनुसार गठबन्धनमा रहेका दलहरु बीच स्थानीय तहमा चुनावी तालमेल र सिट बाँडफाँटको निर्णय भएअनुसार उम्मेदवारी फिर्ता गरेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । विज्ञप्तिमा नेता कँडेलले पार्टी केन्द्रले गरेको निर्णयलाई स्वीकार गरी कार्यकर्तालाई पार्टीको निर्णय कार्यान्वयन गर्न पनि अपिल गर्नुभएको छ । पालुङटारमा मेयर जसपालाई र उपमेयर कांग्रेसले लिने दुई पार्टीबीच सहमति भएको थियो ।
जिल्लामा चुनावी प्रचारप्रसार अभियानलाई सबै राजनीतिक दलहरुले तीव्र बनाएका छन् । सहरदेखि गाउँसम्म आ–आफ्ना पार्टीका झण्डा फहराउँदै चुनावी गीतमा नाच्दै र रमाउँदै हिँड्नेमा नेतादेखि कार्यकर्ताको ताँती छ । सत्तारुढ गठबन्धनमा रहेका दलहरु, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा ९एमाले० र अन्य राजनीतिक दलहरु आ–आफ्नै चुनावी एजेण्डा लिएर मतदाताको घरदैलामा पुग्न थालेका छन् । शिक्षा, स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकतामा राखेर तयार गरिएका प्रतिबद्धता पत्रसहित आफ्नै घरको आँगनमा उम्मेदवारलाई भेट्दा मतदातासमेत उत्साही बन्नेको दृश्य रोमाञ्चक देखिन्छ ।
सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रुपियाँ तोकिएको छ ।