बागमती प्रदेशको राजधानी हेटौँडाको एक कुखुरा फार्ममा बर्डफ्लू भेटिएको पुष्टि भएपछि आज त्यहाँको तीन हजार ४५३ कुखुरा, ५८० अण्डा र ५० केजी दाना नष्ट गरिएको छ ।
काठमाडौँ उपत्यकामा ट्राफिक जरिवना क्युआर कोर्डमार्फत तिर्न सकिने भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उलङ्घन गर्ने चालकको सहजताका लागि ‘क्युआर स्क्यान पे फाइन एण्ड विथड डकुमेन्ट’ सुविधाको थालनी गरेको हो ।
चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी)मा आधुनिक ट्रमा सेन्टर सञ्चालनमा आएको छ । चौबीसँ घण्टा सुविधा दिने गरी सेन्टर सञ्चालन गरिएको हो । अस्पतालका निर्देशक डा दयाराम लम्सालले घाइते र अन्य बिरामी एकै ठाउँमा राखेर उपचार गर्दा कहिलेकाहीँ घाइते प्राथमिकतामा नपर्ने हुँदा छुट्टै ट्रमा सेन्टर सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “इमर्जेन्सीमा कहिले मुटु, कहिले ब्रेनहेमरेज, कहिले सानो बच्चा बिरामी आउँदा ट्रमाको बिरामी प्राथमिकतामा नपर्न सक्छन् तर ट्रमा सेन्टरमा प्राथमिकता पाउँछन् ।” घाइतेको उपचारमा अझै बढी ध्यान पुगोस् भनेर सेवा सुरु गरिएको उहाँको बताउनुभयो ।
तुलसीपुर, वैशाख १६ गते । दाङको तुलसीपुर उपमहानगरपालिका–३ डाँडाखुट्टीका तेजबहादुर केसी कुनै समय विदेशमा चर्को घाममा मजदुरी गर्नुहुन्थ्यो । विदेशमा उहाँको पसिना त्यसै खेर गइरहेको थियो । पसिना आफ्नै देशमा बगाउने अठोटले घर फर्किनुभएका केसी पछिल्लो समय गाईपालनमा रमाउनुभएको छ । उहाँको आफ्नै गाईफार्म छ । केसी दिनभर गाईको गोबर सोहाेर्नुहुन्छ । गाईलाई दाना–घाँस खुवाउनुहुन्छ । साँझ बिहान भने उहाँ गाईको दूध दुहुनुका साथै बजारमा बेच्न निस्किनुहुन्छ । बाह्र वर्ष विदेश बसेर नेपाल फर्केपछि थालेको यो कामले केसीलाई आत्मसन्तुष्टि र इज्जत मिलेको छ । आम्दानी पनि उत्तिकै छ । केसी रोजगारकै सिलसिलामा तीन वर्ष मलेसिया, ६ वर्ष युनाइटेड अरब इमिरेटस्को दुबई र तीन वर्ष साउदी अरबमा बस्नुभयो । “यति मेहनत नेपालमै गरे आफ्नै ठाउँमा आम्दानी गर्न सकिन्छ भनेर विदेशबाट फर्किए”, उहाँले भन्नुभयो । केसीले २०७४ सालदेखि व्यावसायिकरुपमा गाईपालन गर्न थाल्नुभएको हो । उहाँले विदेशमा कमाउने पैसा यही गाईपालनबाट कमाउन सफल हुनुभएको छ । “मेहनत गरे नेपालमै मनग्य आम्दानी गर्न सकिँदोरहेछ, पसिना आफ्नै देशमा बगाउनुपर्दो रहेछ”, उहाँले भन्नुभयो, “अब विदेश जाने सोचै छैन ।” केसीले अहिले मासिक करिब रु. एक लाख २० हजार बराबरको कारोबार गर्दै हुनुहुन्छ । सबै खर्च कटाएर रु. ५० हजारदेखि रु ८० हजारसम्म नाफा हुने गरेको उहाँ बताउनुहुन्छ । घर परिवारसँग पनि छुट्नु नपर्ने र आम्दानी हुने भएपछि यो पेसाबाट निकै सन्तुष्ट भएको उहाँ बताउनुहुन्छ । केसीले स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको तुलसीपुर शाखाबाट ऋण लिएर गाईपालन सुरु गर्नुभएको हो । अहिलेसम्म उहाँले उक्त संस्थाबाट रु. पाँच लाखसम्म ऋण लिइसक्नुभएको छ । हाल १८ गाई पाल्दैआएकामा सात गाईले दूध दिन्छन् । त्यही दूध नै उहाँको आम्दानीको स्रोत हो । दैनिक ७० लिटरसम्म दूध उत्पादन हुन्छ । केसीले होलिस्टेन र जर्सी जातका गाई पाल्नु भएको छ । व्यवसायमा रु ३५ लाखको हाराहारीमा लगानी भएको छ उहाँले त्यो लगानी उठाइसक्नुभएको छ । लगानी उठेर चार कट्ठा जग्गा किनेको बेसीले बताउनुभयो । उहाँले रु. १० हजार तलब दिएर एक कर्मचारीसमेत राख्नुभएको छ । दूध बिक्री गर्न बजारीकरणको समस्या छैन । “किसानलाई सरकारले कम्तीमा सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्छ”, केसीले भन्नुभयो । उहाँले चितवनबाट एउटा गाई रु ८० हजारमा खरिद गरेर ल्याउनुभएको हो । केसी गाईपालनमा मात्र होइन् बाख्रापालनमा पनि लाग्नुभएको छ । हाल उहाँको खोरमा २६ बाख्रा छन् । बाख्राबाट वार्षिक रु एक लाखसम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो । यसलाई अझै व्यवस्थित बनाएर लैजाने केसीको योजना छ । उहाँको यो व्यवसायबाट परिवार पनि खुसी छ । “श्रीमान् विदेश हुँदा घरमा एक्लै हुनुपर्थ्याे”, श्रीमती सरिताले भन्नुभयो, “अहिले परिवारमा सँगै छौँ, घर चलाउन पनि सजिलो भएको छ ।”
निर्वाचन आयोगले आज अपराह्न ५ बजेसम्म स्थानीय तह सदस्य निर्वाचनमा मनोनयन गरेका व्यक्तिले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने जनाएको छ । उम्मेदवारी फिर्ता लिन चाहने उम्मेवारले साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोयन फिर्ता लिन सक्ने छन् । निर्वाचन कार्यतालिका अनुसार आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । आयोगले शनिबार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ । सात सय ५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगले जनाएको छ ।
म्याग्दी सदरमुकामस्थित बेनी नगरपालिका–७ मङ्गलाघाटमा सडक कालोपत्र गरिएको छ । मङ्गलाघाटदेखि हाडेभिर हुँदै बगरफाँट जोड्ने एक हजार ४०० मिटर लामो सडक कालोपत्र गर्न तीन वर्ष लागेको हो । मङ्गलाघाटमा आक्सफाल्ट प्रविधिको कालोपत्र गरेको निर्माण कम्पनीले हाँडेभिरदेखि बगरफाँटतर्फ जोड्ने सडक कालोपत्र गर्न बेस र सब बेस राखेको छ । सघन सहरी विकास डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको उक्त योजना देव एण्ड सायर–बिएन–त्रिशक्ति जेभीले रु पाँच करोडमा ठेक्का लिएको थियो । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०७५ माघमा सम्झौता भएको थियो । सम्झौताअनुसार २०७७ माघमा काम सकिनुपर्ने थियो ।
निस्दी गाउँपालिका– ७ ज्यामिरेस्थित सिन्दुरेकी २० वर्षीया बिलकुमारी रानाले बुधबार रामपुर अस्पतालमा शल्यक्रियामार्फत छोरी जन्माउनुभयो । गाउँकै अस्पतालमा सेवा पाउँदा उहाँ औधी खुसी हुनुहुन्छ । ज्यामिरेबाट सदरमुकाम तानसेन पुग्न सहज छैन । तानसेन आउजाउ गर्न झण्झट र आर्थिक समस्या पनि उत्तिकै छ ।
नेपाल सरकारले भ्रमण वर्ष २०२० मनाउने अन्तिम तयारी गरेको थियो । सरकारको यो तयारी र निर्णयसँगै पोखराका पर्यटन व्यवसायीहरूले पनि यहाँ पर्यटन पूर्वाधारमा अर्बौको लगानी पनि गरेका थिए ।
एउटा मेगा परियोजना सम्पन्न हुँदा त्यसले अर्थतन्त्रमा कति ठूलो प्रभाव पार्दछ भन्ने उदाहरण माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले प्रस्तुत गरेको छ ।
कुनै समय टेलिभिजन र रेडियोमा यो विज्ञापन खुबै प्रसारण हुन्थ्यो । मुलुकमा सवारीसाधनको उपयोग बढ्दै जाँदा रबरका टायर तथा ट्युबको बजार पनि विस्तार भइ नै रहेको छ । त्यसैले केही समय मुलुककै पहिलो त मुलुकको एक मात्र रबर उद्योग गोरखकाली रबर उद्योगले नेपाली बजारमा राम्रै हिस्सा ओगटेको थियो ।
नेपालमा प्रजातन्त्रको पुनर्बहाली भएपछि २०४९ सालबाट स्थानीय तहको निर्वाचन सुरु भएको हो । अहिलेसम्म तीन वटा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ भने यही वैशाख ३० गते चौथो पटक स्थानीय तहको निर्वाचनमा मुलुक जुटिरहेको छ ।
सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपियाँले ओरालो लागेर ९८ हजार रुपियाँ तोकिएको छ ।
काठमाडौँको बूढानीलकण्ठ नगरपालिकामा ३०८ जनाको उम्मेदवारी दर्ता भएको छ । काठमाडौँ जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित बूढानीलकण्ठमा यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी परेको हो । बूढानीलकण्ठ नगरपालिकाका निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार नगरप्रमुखमा १५ र उपप्रमुखमा ६ जनाको उम्मेदवारी परेको छ । वडाध्यक्षमा ७१, महिला वडा सदस्यमा ५४, दलित महिला सदस्यमा ४८ र खुला सदस्यमा ११४ जनाको उम्मेदवारी परेको छ ।
आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँमा ६ महिलाले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् । व्यास नगरपालिकाको प्रमुखमा चार तथा देवघाट गाउँपालिका र म्याग्दे गाउँपालिकाको अध्यक्षमा एक÷एक महिलाले उम्मेदवारी दर्ता गराएका हुन् । नेपाली कांग्रेसबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी रानाले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले दोस्रो कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको हो । गत स्थानीय तह निर्वाचनमा राना नेकपा (एमाले)का प्रतिस्पर्धीलाई पराजित गर्दै अध्यक्षमा विजयी हुनुभएको थियो ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार अङ्कले सुधार भएको छ । लगातार ओरालो लागेको नेप्से परिसूचक बुधबार सामान्य सुधार भएको हो ।