सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआइजी) नारायणदत्त पौडेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । सशस्त्र प्रहरी बलको रिक्त रहेको दुई एआइजी पदमध्ये वरियतामा अगाडि रहेका पौडेललाई मात्र बढुवाका लागि सिफारिस गरिएको हो । सशस्त्र प्रहरी बलमा एआइजी राजु अर्याल महानिरीक्षक र अर्का एआइजी रामशरण पौडेलले अवकाश पाएपछि दुई पद रिक्त थियो ।
स्थानीय तहको निर्वाचन आउन केही दिन मात्र बाँकी छँदा चुनावी सभालाई सम्बोधन गर्न प्रमुख दलका शीर्ष नेताहरुको दौडधुप बढ्न थालेको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यही वैशाख २६ गते धनगढीमा र वैशाख २७ गते गृह जिल्ला डडेलधुरामा हुने चुनावी सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम सार्वजनिक गरिएको छ ।
काठमाडौँ, वैशाख २२ गते । दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६:०२ बजे दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३१.७६ अङ्कले ओरालो लागेर दुई हजार २७५.६८ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.९० अङ्कले ओरालो लागेर ४३६.८८ मा ओर्लेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा शङ्कास्पद वस्तु राखेको हल्लाले एक घण्टा आन्तरिक उडानमा अवरोध भएको छ । बम निष्किय गर्ने टोलीले ‘सर्च अपरेशन’ गर्दा कुनै पनि वस्तु नभेटिएकाले आन्तरिक उडान पुनःसुरु भएको विमालस्थलले जनाएको छ ।
आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरले सुरक्षा योजना तयार गर्दै एक हजार ५०० सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । जिल्लाका चार नगरपालिकाका सबै मतदान स्थल तथा मतदान केन्द्रको सुरक्षाका लागि नेपाली प्रहरी , सशस्त्र प्रहरी बल र म्यादी प्रहरी परिचालित हुने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो । उहाँले आवश्यकतानुसार नेपाली सेनाको सुरक्षा टोलीसमेत थप परिचालन हुने र मतदान केन्द्रमा गलत गतिविधि भए तत्कालै नियन्त्रणमा लिनसक्ने गरी सुरक्षा टोली परिचालन हुने सुरक्षा संयन्त्र बनाइएको जानकारी दिनुभयो । उहाँले प्रत्येक मतदान स्थलमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत र अन्य दुई कर्मचारी खटाइने र आवश्यकता पर्दा थप कर्मचारी खटाउन तीन प्रतिशत कर्मचारीलाई जगेडामा राखिएको बताउनुभयो ।
लागुऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको महामराजगञ्ज ग्राम रेजियाका २० वर्षीय भोलु चौहान र भारतकै गोरखपुरका १९ वर्षीय राकेश सहानी छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)स्थित भारतीय सीमावर्ती क्षेत्र प्रतापपुर गाउँपालिका–५ बैदौलीबाट उनीहरुलाई गएराति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।
आर्थिकरुपमा निकै कमजोर अवस्थामा पुगेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० पछिल्ला दिनमा सुधारको बाटोमा अघि बढेको छ । निगमको पछिल्लो छ महिनाको वित्तीय सूचकले पनि निगमको सुधारको यात्रालाई पुष्टि गर्छ । जहाजको उपयोगिता, उच्चदरको सिट अकुपेन्सी एवं गन्तव्य विस्तारका कारण निगमको आर्थिक पक्ष सुदृढ बन्दै गएको जनाइएको छ ।
उमेरले ८० वर्ष प्रवेश गर्नुभएका कागेश्वरी मनोहरा नगरपालिका–५ का रामजीप्रसाद कुइँकेलले यसअघि नै १० पटकभन्दा बढी मतदान गरिसक्नु भएको छ । पञ्चायतकालदेखि नै मतदान गर्दै आउनुभएका उहाँका अनुभवमा चुनावमा मत माग्न आउँदा गरेको बाचा अनुसार नेता कार्यकर्ताले निर्वाचित भएपछि काम गर्दैनन् । मत माग्न आउँदा जनसरोकारका सबै मुद्दा समाधान गरिदिने बाचा गर्छन् । निर्वाचित भएपछि यसलाई बिर्सन्छन् । अर्को निर्वाचनमा तिनै नेता, कार्यकर्ता उही बाचा लिएर जनताको घर दैलोमा पुग्छन् ।
कर्णाली प्रदेश सरकारले विसं २०७९ सालमा राष्ट्रियबाहेक प्रदेशभर थप आठ दिन सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारको विसं २०७८ चैत्र २९ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको बताइएको छ । सरकारले सार्वजनिक बिदा गरेको निर्णय यही वैशाख ७ गते प्रदेशको राजपत्रमा प्रकाशित गरेको छ । राजपत्रका अनुसार धान दिवसका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको हो । ऐतिहासिक दिनका रुपमा चैत्र १२ गते जुम्लालाई मात्र र असार १५ गते जुम्लाबाहेक नौ जिल्लामा धान दिवसका अवसरमा बिदा दिने सरकारले निर्णय गरेको छ ।
पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण व्यवसायीद्वारा पटकपटक काम रोकिँदा त्यसको प्रत्यक्ष असर भने काठमाडौं उपत्यकाको नागरिकले भोग्नुपरेको छ । पछिल्लो समय यही वैशाख ११ गतेदेखि पुनः काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य रोकिएको छ ।
सन् २००९ मा चिनियाँ ठेकेदार कम्पनी झोङडिङ इन्टरनेशन कम्पनी लिमिटेड र त्यसको पेटी ठेकेदारका रुपमा रहेको हुलास स्टिल प्रालीले तोकिएको समयमा काम नगर्दा हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको काम अलपत्र परेको छ ।
कम्पनीले यही वैशाख २८ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) को बिक्री खुला गर्ने भएको हो ।
नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि हुम्ला जिल्लाको अदानचुली, ताँजाकोट, चङ्खेली र सर्केगाडसहित मुगु जिल्लाको सोरु गाउँपालिका सञ्चारविहीन भएका छन् ।
नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशबाट पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ ।