संयुक्त राज्य अमेरिकाको कनेक्टिकट राज्यस्थित येल युनिभर्सिटी आर्ट ग्यालरीले आफ्नो स्थायी सङ्ग्रहमा रहेको नवौँ शताब्दीमा बनेको ढुङ्गाको पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्ने भएको छ ।
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलीय गठबन्धनका शीर्ष नेता आज धनुषाको जनकपुरधाम आउँदै हुनुहुन्छ । पाँच दलीय गठबन्धनद्वारा आज जनकपुरधाममा आयोजना हुन लागेको चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेता यहाँ आउन लाग्नुभएको छ ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शनिबार बुटवल आउनुहुने भएको छ ।
मधेस प्रदेश कोरोना सङ्क्रमणमुक्त प्रदेश बनेको छ । मधेस प्रदेशका आठवटै जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्यमा झरेपछि प्रदेश सङ्क्रमणमुक्त बनेको हो ।
मध्यपुरथिमि नगरपालिका क्षेत्रमा निर्वाचन आचारसंहिताविपरीतका प्रचार सामग्री हटाउने काम सुरु गरिएको छ ।
सरकारको मुख्य प्राथमिकतामा रहेको मदन भण्डारी राजमार्गअन्तर्गत (धरान–चतरा–सिन्धुली–हेटौँडा) सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
नेपाली कांग्रेस सङ्खुवासभाले पार्टीका बागी उम्मेदवारलाई निष्कासन गरेको छ । कांग्रेस सङ्खुवासभाले आज प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धन र पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका तथा प्रस्तावक र समर्थक बसेकालाई पार्टीबाट निष्कासन गरेको उल्लेख गरेको छ ।
दोधारा चाँदनी नगरपालिका–७ की चन्द्रा गुरुङ दुई हप्तादेखि बेपत्ता हुनुभएको छ । परिवारका सदस्यलाई जानकारी नदिइकनै उहाँ घरबाट निस्कनु भएको हो । उहाँ हालसम्म परिवारको सम्पर्कमा आउनु भएको छैन ।
काठमाडौँको टेकुमा गोली र सालकको खपटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको पाख्रिबास घर भई हाल काठमाडौँको टेकु बस्ने ५७ वर्षीय मण्डल गिरी छन् ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा पाँच दलबीच भएको तालमेलको इमान्दारीपूर्वक पालना गर्न आग्रह गर्नुभएको छ । कांग्रेस कमजोर भएर होइन संविधान रक्षाका लागि गठबन्धन गरिएको उहाँले स्पष्ट पार्नुभयो ।
पन्ध्र पालिका रहेको झापाको दमक नगरपालिका, कचनकबल गाउँपालिका र कनकाई नगरपालिका पृथक चुनावी गठबन्धनका कारण चर्चामा छन् । नेपालकै होचो स्थानका रूपमा परिचित कचनकबलमा नेपाली कांग्रेस र नेकपा (एमाले)ले चुनावी गठबन्धन गरेका छन् । यसअघि पालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी यहाँ एक्लै चुनावी मैदानमा उत्रिएको छ । “अन्यत्र प्रतिस्पर्धा गरिरहेका एमाले र कांग्रेसबीच यहाँ चुनावी तालमेल हुँदा आश्चर्य लाग्नु स्वाभाविक हो”, प्रदेशसभा सदस्य वसन्त बानियाँ भन्नुहुन्छ, “स्थानीय आवश्यकताका आधारमा गठबन्धन भएको हो ।”
पाँच दलीय सत्ता गठबन्धनले आज काठमाडौँमा संयुक्त चुनावी आमसभा गर्दैछ । आज दिउँसो १ बजे काठमाडौँको शान्तिबाटिकामा हुने सभामा गठबन्धनका शीर्षनेताले सम्बोधन गर्नुहुनेछ ।
नेकपा (एमाले) मेचीनगरले बागी उम्मेद्वार बनेका र तिनलाई सघाएको आरोपमा आठ जनालाई कारबाही गरेको छ ।
हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव छ ।
रोल्पाको माडी गाउँपालिका–३ तालाबाङमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस र नेकपा ९एमाले०का कार्यकर्ताबीच गए राति झडप भएको छ । झडपमा परेर कांग्रेसका वडाध्यक्षका उम्मेदवार मीनबहादुर डाँगी घाइेत हुनुभएको छ । तालाबाङ बजारमा चुनावी सभा सकेर फर्कने क्रममा झडप भएको हो । डाँगीलाई रड प्रहार गरी सख्त घाइते बनाएको कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति गोपाल घर्तीले जानकारी दिनुभयो । उहाँलाई उपचारका लागि दाङतर्फ लगिएको छ ।