सप्तरीमा स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै मङ्गलबार रातिदेखि भारतसँग जोडिएको सीमानाका बन्द गर्ने निर्णय गरिएको छ ।
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई विवादरहित र स्वतन्त्र सम्पन्न गराउन निर्वाचन आयोगले विभिन्न रणनीति अख्तियार गरेको छ । सोही क्रममा आयोगले निर्वाचन आचारसंहितालाई पनि कडाइका साथ लागू गरिरहेको छ ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला एक सयले बढेर ९८ हजार सात सय रुपियाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजार छ सयमा कारोबार भएको थियो ।
कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिकामा हुनसक्ने विकृति विसङ्गति पहिचान गरी नियन्त्रणका उपाय सुझाउन गठित समितिले पेश गरेको प्रतिवेदनले औँल्याएका सुझाव कार्यान्वयन गर्ने बताउनुभएको छ । कानुन दिवस २०७९को अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उहाँले न्यायपालिका प्रतिको जनताको आस्था र विश्वास अभिवृद्धि गर्नको लागि छिटो छरितो, विश्वसनीय एवं गुणस्तरीय न्याय सम्पादन गर्ने कार्यमा सबैले आ–आफ्नो क्षेत्रबाट थप क्रियाशीलता देखाउन आवश्यक छ भन्नुभयो ।
आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा आजदेखि चारदिनका लागि बन्द गरिएको छ । निर्वाचनका लागि कर्मचारी मतदान केन्द्रमा खटिने तथा अनुगमनलगायत विभिन्न कारणले सेवा प्रवाहलाई निरन्तरता दिन नसक्ने अवस्था भएपछि सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाद्वारा जारी सूचनामा जनाइएको छ । नागरिकता, नाबालक, राष्ट्रिय परिचयपत्र, राहदानी, पेन्सनलगायतका सेवा आगामी जेठ ३ गतेदेखि नियमित हुने जनाइएको छ ।
काठमाडौँ, वैशाख २६ गते । स्थानीय तह निर्वाचनका लागि काठमाडौँको तारकेश्वर नगरपालिकामा ४० मतदान केन्द्र कायम गरिएको छ । १४ मतदानस्थलमा ४० मतदान केन्द्र राखिने तारकेश्वर नगरपालिकाका निर्वाचन अधिकृत सपला पोखरेलले जानकारी दिनुभयो । तारकेश्वरमा ५७ पदका लागि २७२ जनाले उम्मेदवारी दिनुभएको छ । तीमध्ये नगरप्रमुखमा १६ र उपप्रमुखमा छ जनाले उम्मेदवारी दिनुभएकोे जनाइएको छ । उक्त नगरपालिकामा विभिन्न १० राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिनुभएको छ ।निर्वाचनमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीलाई तालिमसमेत प्रदान गरिसकेको उहाँले बताउनुभयो । यस्तै, निर्वाचन कार्यालयले चुनाव चिह्न वितरण, परिचयपत्र वितरण, सवारी पास वितरण, मतदान केन्द्र र मतदानस्थलको अनुगमन, आचारसंहिताको अनुगमनलगायत काम गरिरहेको उहाँको भनाइ छ ।काठमाडौँ जिल्लाको उत्तर पश्चिम क्षेत्रमा रहेका साङ्ला, जीतपुरफेदी, काभ्रेस्थली, धर्मस्थली, गोलढुङ्गा, मनमैजु र फुटुङ गाउँ विकास समिति मिलाएर बनाइएको तारकेश्वरमा ११ वडा कार्यालय छन् । तारकेश्वरमा कूल ३५ हजार ८२ मतदाता छन् । तारकेश्वरमा नेपाली कांग्रेसबाट प्रमुखमा कृष्णहरि महर्जन र उपप्रमुखमा सिर्जना बुर्लाकोटी, नेकपा (एमाले)बाट प्रमुखमा रामेश्वर बोहोरा र उपप्रमुखमा भवानी डोटेल उम्मेदवार हुनुहुन्छ ।
कैलालीका महिला मतदाता महिलाका मुद्दा सम्बोधन गर्न सक्नेलाई मत दिने पक्षमा रहेको बताउन थालेका छन् । मतदाता स्थानीय तह निर्वाचनमा पाँच वर्षका लागि नेतृत्व छान्नुपर्ने भएकाले लैङ्गिक मुद्दा बुझेको उम्मेदवार नेतृत्वमा ल्याउनुपर्ने विषयमा छलफल गर्न थालेका छन् । महिलाहरु लैङ्गिक मुद्दा नबुझेको उम्मेदवार पालिकाको नेतृत्वमा आए महिला झन पछाडि पर्ने भएकाले सचेत रहन आग्रह समेत गरिइएको छ ।
वायुसेवा सञ्चालक सङ्घ, नेपालले यही वैशाख ३० गते मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने बताएको छ ।
स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेमा वयस्कको सङ्ख्या उल्लेख्य देखिएको छ । निर्वाचन आयोगका अनुसार ३५ देखि ५० वर्ष समूहका उम्मेवारको सङ्ख्या ७६ हजार १६२ छ ।
दाङमा मृत्यु भएका मतदाता कसैको पनि नाम हटाइएको छैन । विसं २०७४ यता कति मतदाताको मृत्यु भएको भनी स्थानीय तहहरूले नामावली नपठाइएकाले उनीहरूको नाम नहटाइएको हो । त्यसैले जिल्लामा भएका मतदातामध्ये केही मृत्यु भएका पनि समावेश हुन सक्ने लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताउनुभयो ।
पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित तोपेखोलामा पहिरो खस्दा शनिबार साँझ करिब ७ः४० बजेदेखि सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक बिहान ५ः३० बजेबाट सञ्चालनमा आएको हो । पहिरो पन्छाउनका लागि मुग्लिन र भरतपुरबाट एक–एकवटा जेसिभी प्रयोग गरिएको थियो । पहिरो हटाएसँगै अलपत्र परेका सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।
मोटरसाइकल दाइजो नदिए बेहुली नलैजाने भनेर बिहेको जग्गेमै दबाब दिएको अभियोगमा बेहुला पक्राउ परेका छन् ।
नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधान जोगाउन र नेपालको विकास गर्नका लागि गठबन्धन आवश्यक रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएकाले यसलाई सफल बनाउन सबै दल प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँले शनिबार दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनलाई सफल बनाइने बताउनुभयो ।
पूर्वी चितवनको खैरहनीमा रहेको अन्नपूर्ण पोल्ट्री ब्रिडर्स फार्म प्रालिको एक लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि भएको छ । ठूलो सङ्ख्यामा कुखुरा रहेको फार्ममा बर्डफ्लु देखिएको जिल्लाको यो पहिलो फार्म हो ।