बोगटान फुड्सील गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा माओवादीका उमेदवार कमल बहादुर गड्सिला विजयी हुनुभएको हो । उपाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार विष्ना देवी बम विजयी हुनुभएको छ ।
चन्द्रकोट गाउँपालिकामा माओवादी केन्द्रका युवराज केसी विजयी हुनुभएको छ । उहाँले ५ हजार ७ सय मत ल्याएर विजयी भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका चेतन बस्नेतले ३ हजार २४७ मत प्राप्त गर्नुभयो ।
नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । अहिले सात जना विदेशीसहित दस जना पर्यटक लाप्चातर्फ लागेका छन् । लिमी उपत्यकाको अवलोकन र लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न ती पर्यटक सिमकोटबाट त्यसतर्फ लागेका हुन् । रिचा टुर एन्ड ट्राभलका पथप्रदर्शक असीम तामाङले सिमकोटबाट पैदल मार्ग हुँदै लिमी र लाप्चाबाट मानसरोवर कैलाश
स्थानीय तह निर्वाचनअन्तर्गत मनाङमा मतदान र मतगणना कार्य सकिएको छ । यहाँका चार स्थानीय तहमा नयाँ जनप्रतिनिधि आइसकेका छन् तर मनाङवासीलाई भने स्थानीय तहको निर्वाचनसँगै औषधीजन्य जडीबुटी (यार्सागुम्बा) सङ्कलनको चटारो परेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी सोमबार लुम्बिनीको भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भारतका प्रधानम
२५६६औँ बुद्ध जयन्ती विविध कार्यक्रमको आयोजना गरी सोमबार मनाइँदै छ । त्यस अवसरमा बुद्धको जन्मस्थान लुम्बिनीमा विशेष कार्यक्रमको आयोजना गरिँदै छ । बुद्ध जयन्तीकै अवसर पारेर शुभकामना सन्देश जारी गर्नुहुँदै राष्ट्रपति वि
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको अवसर पारेर लुम्बिनीमा आज (सोमबार) आयोजना हुने मुख्य समारोहमा सरिक हुन नेपालको भ्रमणमा हुनुहुन्छ । एक दिवसीय यो भ्रमणका लागि सबै खालका तयारी पूरा भएका छन् । प्रधानमन्त्री मोदीको यो भ्रमण उहाँ र सिङ्गो भारतले नेपालसँगको सम्बन्धलाई दिएको उच्च महìवका रूपमा समेत लिनुपर्ने हुन्छ । नेपाल र भारतका राष्ट्रप्रमुख, सरकारप्रमुख तथा उच्चपदस्थ नेतृत्वहरूको पारस्परिक भ्रमण आदानप्रदान दुई मुलुकबीचको गहिरो तथा प्रगाढ सम्बन्धको प्रतीकसमेत हो ।
वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमार्फत मतदाताले ७५३ पालिकामा आगामी पाँच वर्षका लागि स्थानीय सरकारको नेतृत्व छानेका छन् । निर्वाचनको प्रारम्भिक परिणाम आइरहेका छन् । केही दिनमा सबै पालिकाको परिणाम सार्वजनिक भइसक्नेछ । आम बुझाइमा मन परेको दल वा उम्मेदवारलाई भोट दिएपछि मतदान सकियो । मतदान केन्द्रमा पाँच वर्षअघि स्थानीय नेतृत्वसँग उनीहरूको यसैगरी भेट भएको थियो र अब अर्को भेट सम्भवतः एकैचोटि पाँच वर्षपछि हुनेछ ।
नेपालको संविधानले नेपाललाई धर्मनिरपेक्ष देशका रूपमा स्वीकार गरिसकेको छ । सबै धर्म, वर्ण, लिङ्गलाई समानताका रूपमा लिइएको छ । नेपाल बहुजातीय, बहुभाषा, बहुधार्मिक र बहुसांस्कृतिक विशिष्टता भएको देशका रूपमा रहेको छ । नेपालको बौद्ध सांस्कृतिक इतिहास करिब २५०० वर्षको लिखित इतिहासभन्दा धेरै लामो रहेको कुरा लुम्बिनी, निग्लिहवा, गोटिहवामा अवस्थित प्रस्तर खम्बाका अभिलेखलाई लिन सकिन्छ । तराईमा प्राप्त भएका ती अभिलेखको आधारमा नेपालभूमि ती
बौद्ध दर्शन संसारका सबै वस्तु अनित्य एवं क्षणिक छन् भन्ने निरिश्वरवादी, अनात्मवादी दर्शन हो । बुद्ध दर्शनले तत्कालीन समयमा भारतीय उपमहाद्वीपमा व्यापक हलचल पैदा ग¥यो । वैदिक दर्शन, धर्म, संस्कृति र चिन्तनको बोलवाला भएको समाज र संस्कृतिमा वैदिक यज्ञ, कर्मकाण्ड, पुरोहितवाद, वर्णाश्रम व्यवस्थाजस्ता विचार, व्यवहार र चिन्तनले जरा गाडेको र ईश्वर नै सबथोक भनिएको बेला वैदिक संस्कृति र आदर्शलाई चुनौती दिँदै तत्कालीन सत्तालाई प्रहार गर्नु सामान्य विषय थिएन ।
हालको कपिलवस्तु नेपाल र भारतको सीमा जोडिएको क्षेत्र हो । बेग्लै गणराज्यका रूपमा परिचित त्यसबेलाको कपिलवस्तु छिमेकी अरू राज्यभन्दा विकसित र प्रख्यात थियो । त्यहाँ गौतम गोत्र शाक्य कुल सूर्यवंशी क्षेत्रीहरूले शासन गर्दै आएका थिए ।
नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको सात दशकपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोेमबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा बुद्ध जन्मस्थल लुम्बिनी आइपुग्नुभएको छ।
गुल्मी, जेठ १ गते। गुल्मी छत्रकोट गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ। कांग्रेसका वडा अध्यक्ष उम्मेदवार घनश्याम न्यौपानेको प्यानल नै विजयी भएको हो। न्यौपानेले एमालेका वडाध्यक्ष उम्मेद्वारलाई ३९५ मतले पराजित गर्नुभएको छ। न्यौपाने १३ सय १८ मतसहित वडाध्यक्षमा निर्वाचित हुनुभएको हो। उहाँंका निकटतम प्रतिद्वन्द्वी एमालेका रणबहादुर पल्लीले ९२३ मत ल्याउनुभएको छ। अध्यक्ष न्यौपानेसहित वडामा कांग्रेसको प्यानल नै विजयी भएको हो।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष बिष्णुप्रसाद सुवेदीसहितको टोलीले बुटवलमा रहेको लुम्बिनी प्रदेश कार्यालयको अवलोकन गरेको छ । आइतबार भएको कार्यक्रममा कार्यकारी अध्यक्ष सुवेदी, प्रशासन प्रमुख ओम भुसाल र कमला श्रेष्ठलाई कार्यालयमा स्वागत तथा सम्मान गरिएको छ ।