नाइजेरियामा अधिकांश बालबालिकासहित २५ लाखभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफले जनाएको छ । प्रभाबितमध्ये ६० प्रतिशत बालबालिका रहेको र विगत एक दशकको सबैभन्दा भीषण बाढीका कारण पानीजन्य रोग, डुब्ने र कुपोषणको उच्च जोखिममा रहेको युनिसेफले चेतावनी दिएको छ ।
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रतिगमनविरुद्ध सत्ता पक्षीय गठबन्धन निर्माण भएको बताउनुभएको छ । शुभ दीपावली, नेपाल सम्वत र छठ पर्वको उपलक्ष्यमा आइतबार यहाँस्थित आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
निर्धारित समयमा काम सम्पन्न गर्न तिहारमा पनि तनहुँ जलविद्युत आयोजनाको काम रोकिएको छैन । तिहार सुरु भइरहे पनि काम तीब्र रुपमा निरन्तर भइरहेको आयोजनाले जनाएको छ । यसअघि दशैं नेपालीको ठूलो चाड दशैंमा समेत आयोजनाले कामलाई निरन्तरता दिएको थियो ।
इटालीमा पहिलो प्रधानमन्त्रीको रुपमा जर्जिया मेलोनी निर्वाचित हुनुभएको छ । ४५ वर्षीय मेलोनीले दोस्रो विश्व युद्धपछि इटालीमा पहिलोपटक चरम दक्षिणपन्थी नेतृत्वको सरकार गठन गर्नुभएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीले शनिबार सी जिनपिङको नेतृत्वमा रहेको 'मूल स्थिति' लाई समर्थनसहित पारित गरेको छ । जारी चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनको समापनपछि उहाँ तेस्रो कार्यकालमा निर्वाचित हुने लगभग निश्चित छ।
प्रतिनिधिसभा र प्रदेशसभामा दैलेख जिल्लाका दुई प्रतिनिधिसभा र चार प्रदेशसभामा पुरानै अनुहार दोहोरिएका छन् । दैलेख निर्वाचन क्षेत्र १ बाट नेकपा एमालेका रविन्द्रराज शर्मा प्रतिनिधिसभामा पुनः दोहोरिनु भएको छ भने सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा (एकीकृत समाजवादी) बाट प्रतिनिधिसभा उम्मेदवार बन्नुभएका अम्मरबहादुर थापा चौंथो पटक निर्वाचन लड्दै हुनुहुन्छ ।
सडक भासिएर र ठाउँ ठाउँमा गएको पहिरोले अवरुद्ध बनेको तनहुँको दक्षिणी भेगमा पर्ने शृङ्गपथ दश दिनपछि सुचारु भएको छ । लामो समयदेखि यातायात आवागमन बन्द हुँदा खाद्यान्न ढुवानी र आवतजावतको लागि समस्या परेको थियो ।
रोजगारीका लागि भारत गएको छोरा बेपत्ता भएपछि ६० वर्षीय कृष्ण लावड बुढेसकालमा लौरो बेचेर चाडबाड खर्चको जोहो गर्दै आउनुभएको छ । लावडको बस्ने घर चट्याङले ध्वस्त बनाएको छ ।
बाँके क्षेत्र नं. २ मा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) का उम्मेदवारबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार सुदिपनरसिंह राणा, जसपाका उम्मेदवार पूर्व मन्त्री मोहम्मद इस्तियाक राई र राप्रपाका डा. धवलशम्सेर राणा प्रत्यासी हुनुहुन्छ ।
पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक आर्थिक सङ्कटमा फस्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । नेपाल उद्योग तथा व्यवसायी महासंघले शनिबार बुटवलमा आयोजना गरेको उद्योगी तथा व्यवसायी भेलामा बोल्दै पूर्व अर्थमन्त्री पौडेलले सरकारको गलत आर्थिक नीतिका कारण निजी क्षेत्र पलायन हुने अवस्था आएको आरोप लगाउनु भयो ।
जंगली हात्तीको आक्रमणमा परी बर्दियाको बारबर्दिया नगरपालिका वडा नं. ७ का एकजनाको मृत्यु भएको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका – १२ निवासी व्यावसायिक किसान विष्णु भट्ट नवलपुर क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । ‘भोट होइन, बोट रोपौं’ भन्ने अभियान चलाएर निर्वाचनमा मतदान नगरेका कृषक भट्ट नेताहरुलाई चुनौती दिँदै स्वतन्त्र रुपमा चुनावी मैदानमा होमिनुभएको छ ।
कोहलपुर नगरपालिकाले नगरका विभिन्न क्षेत्रमा अनधिकृतरुपमा राखिएका होर्डिङ बोर्ड र ब्यानरलगायतका प्रचार सामग्री हटाउने अभियानलाई तीव्र पारेको छ ।
सुर्खेत क्षेत्र नम्बर १ को निर्वाचनमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र एमालेका धुब्रकुमार शाही चुनावी मैदानमा हुनुहुन्छ ।
नवौं खेलकुद खेलकुदअन्तर्गत पुरुष बास्केटबलमा एपीएफले गण्डकीलाई ८१–७९ ले हराएर स्वर्ण पदक जितेको छ । गण्डकीकाे सो हारको बदला लिँदै थ्री अन थ्री बास्केटबलको फाइनलमा एपीएफलाई २१–१६ ले हराएर च्याम्पियन बन्यो ।