बागलुङका तीन स्थानीय तहमा दश वटा झोलुङ्गे थपिएका छन् । गत आर्थिक वर्ष २०७८/०७९ मा ढोरपाटन नगरपालिकाकामा तीन, बरेङ गाउँपालिकामा दुई, ताराखोला गाउँपालिकामा पाँच गरी दश वटा पुल निर्माण गरिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाल उद्योग परिसङ्घका पदाधिकारीहरूले उहाँकाे निजी निवास खुमलटारमा पुगेर बधाई दिनुभएकाे छ ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको लिफ्टिङ खानेपानी योजनाको परीक्षणको तयारी गरिएको छ । लिफ्टिङ प्रविधिमार्फत् पाथीभरामा पु¥याइएको खानेपानी योजनाको यसै साता परीक्षण गर्ने तयारी गरिएको हो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ठगबहादुर केसी सुन र घुसकाण्डमा पक्राउ पर्नुभएको छ । उहाँलाई जिल्ला प्रहरी कार्यालय भैरहवाको हिरासतमा राखिएको छ।
तनहुँको म्याग्दे गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरुलाई निस्सा वितरण सुरु गरेको छ ।
कर्णाली प्रदेशका नवनिर्वाचित सांसद विनोदकुमार शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। शाहलाई प्रदेश प्रमुख तिलक परियारले आज सोमबार शपथ खुवाउनुभएको हो।
सुनसरीको कोशी गाउँपालिका – ३ पश्चिम कुशाहा जमुवामा निःशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सुनसरीको आयोजनामा शिविर सम्पन्न भएको जिल्ला आयुर्वेद कार्यालयका प्रमुख डा. सन्दीपकुमार यादवले जानकारी दिनुभयो ।
कवि रामभक्त कायस्थको नेपालभाषाको हाइकु सङ्ग्रह ‘जिगु म्ये, छंगु सः’ (मेरो गीत, तिम्रो स्वर) नेवा: आदिवासी राजनीतिक अभियानका संरक्षक डा. महेशमान श्रेष्ठ र च्वसा पासाका अध्यक्ष भूषणप्रसाद श्रेष्ठले रक्तकालीमा संयुक्त रूपमा विमोचन गर्नुभएको छ ।
नेपाल चिकित्सक सङ्घले आसन्न निर्वाचनको लागि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ ।
रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफ्नो १५ औँ वार्षिकोत्सव मानव सेवा आश्रम कौसलटारमा मनाएको छ।
मधेश प्रदेशमा दुई दिनको अवधिमा गोली प्रहारबाट दुईजनाको हत्या भएको छ । प्रदेशको धनुषा र बारा जिल्लामा गरी दुई दिनभित्र दुई जनाको हत्या भएको हो ।
जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अशोक राईले सरकार निर्माणका सन्दर्भमा केही भन्न सक्ने अवस्था नरहेको बत्ताउनुभएको छ ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा नेताहरूको छलफल जारी छ ।
सप्तरी, सुनसरी र उदयपुरसहित प्रदेश १ र मधेश प्रदेशमा गरी तीन जिल्लामा फैलिएको कोशीटप्पु वन्यजन्तु आरक्षमा ५० हजार स्थानीयले खर काटेका छन् ।
सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक केही बेरका लागि स्थगित भएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना, प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठक केही बेरमा फेरि सुचारु हुने जानकारी दिनुभयो ।