कालीगण्डकी नदीले कटान गर्ने म्याग्दीको सदरमुकाम बेनीको उच्च जोखिम क्षेत्रमा पक्की आरसीसी पर्खाल निर्माण सुरु गरिएको छ ।
सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच बालुवाटारमा बैठक जारी रहेको छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरुबीच बालुवाटारमा छलफल जारी रहेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
जितपुरको आदित्य होटेलबाट साढे दुई किलोग्राम युरेनियमसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच बालुवाटारमा छलफल जारी छ ।
नेकपा (माओवादी केन्द्र) को संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको वर्तमान अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको बताउनुभएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी राष्ट्रपति नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल वा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालमध्ये एक हुने बत्ताउनुभएको छ ।
बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानले शिक्षाध्यक्षमा इन्टर्नल मेडिसिन विभागका प्रा.डा. सञ्जीवकुमार शर्मालाई नियुक्त गरेको छ ।
बागलुङ र पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल यात्रा सुरु गरिएको छ ।
देउसी भैलो खेलेर जम्मा गरिएको रकमबाट आश्रमका वृद्धवृद्धा र अतिविपन्न परिवारलाई न्यानो कपडा तथा खाद्यान्न वितरण गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी आज बुटवल आउँदै हुनुहुन्छ ।आजदेखि बुटवलमा रुपन्देही उद्योग सङ्घको आयोजनामा १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ उद्घाटनका लागि भण्डारी बुटवल आउन लाग्नुभएको हो ।
सोलुखुम्बुको नेले बजारमा भएको आगलागीको पीडित परिवारलाई थुलुङ दूधकोशी गाउँपालिकाले राहत प्रदान गर्ने भएको छ ।
नेपालका विभिन्न क्याम्पसमा स्वास्थ्य तथा शारीरिक शिक्षा अध्यापन गराउने शिक्षकहरूको कार्यमूलक अनुसन्धानसम्बन्धी दुईदिने कार्यशाला सम्पन्न भएको छ ।
विपत सम्बन्धी योजना र प्रतिकार्य लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण मैत्री हुनुपर्ने सरोकारवालाले बताएका छन् ।
सोलुखुम्बुमा सम्पन्न प्रथम डी.बी. किराँती (थुलुङ) स्मृति खुला पुरुष डबल ब्याड्मिन्टन प्रतियोगिताको उपाधि सोलुखुम्बु ब्याडमिन्टन सङ्घका अर्जुन श्रेष्ठ र आशिष् खनालले जित्नुभएको छ । खेलमा लुक्लाका लाक्पातेन्जी तामाङ र अनुज तामाङ दोस्रो हुनुभएको छ ।