कपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा दुई खाले छुट्टा–छुट्टै गठबन्धन रहेको बताउनु भयो ।
नेपाली भाषासहित्यको अन्तराष्ट्रिय विस्तारमा महत्वपूर्ण योगदान गर्नुभएका स्रस्टा सम्मानित हुनुहुने भएको छ । नइ प्रकाशनले २०७८ सालको ‘नइ देरुनीख अन्तराष्ट्रिय पुरस्कार’ नेपाली वाङमयको श्रीवृद्धिका लागि सिर्जना र संगठनमार्फत निरन्तर जागरुक एवं समर्पित अमेरिकाका प्राज्ञ मोहन सिटौलालाई प्रदान गर्ने निर्णय गरेको छ ।
गृह मन्त्रालयले स्थानीय निर्वाचन शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैसँग अनुरोध गरेको छ । सोमबार एक विज्ञप्तिमार्फत मन्त्रालयले वैशाख ३० गते देशभर एकै चरणमा हुने स्थानीय निर्वाचनमा हरेक नागरिकले राजनीतिक अधिकार स्वरुप प्राप्त मताधिकारको स्वतन्त्र रुपले प्रयोग गर्न पाउनुपर्ने उल्लेख छ ।
प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले डडेलधुराको विकासका लागि आफ्नो दृढता पुनः दोहो¥याउनु भएको छ । उहाँले मतदातासँग विकासका लागि नेपाली काँग्रेसलाई जिताउन आग्रह पनि गर्नुभएको छ ।
मतदानका दिन यातायात बन्द गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न सो निर्णय गरिएको आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले नियमित पत्रकार सम्मेलनमा सोमबार जानकारी गराउनुभएको हो ।
वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मङ्गलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने भएको छ । सोमबार निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मङ्गलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने जानकारी दिनुभयो ।
बागी उम्मेदवार सह्य छैन, कारबाही गर्छौ : सभापति देउवा
र्कीको इस्तानबुलमा सोमबारदेखि सुरु भएको आईबा विश्व महिला बक्सिङ च्यिाम्पियनसिप अन्तर्गत ४६ देखि ४८ किलो तौल समुहमा नेपालकी सुस्मा तामाङले पहिलो खेलमा मंगोलियाकी लान्चिव योन प्रतिद्वन्द्वी पाउनुभएको छ ।
सप्तरीमा भएको आगलागीमा करिब २५ लाख बराबरको क्षति भएको छ । राजविराज नगरपालिका वडा नम्बर १० मट्टीगढीमा आइतबार दिउँसो ३ः०० बजे अचानक भएको आगलागीमा चार वटा गोठ जलेर नष्ट भएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्र छपाइ प्रक्रिया सुरु गरेको छ । सिंहदरबारस्थित विभागको कार्यालयमा गृहसचिव टेकनारायण पाण्डेले एक कार्यक्रमबीच परिचयपत्र छपाइ कार्यको शुभारम्भ गर्नुभयो ।
स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नेपालसँग सीमा जाडिएको चीनको उत्तरी व्यापारिक नाका रसुवागढी मङ्गलबार राति १२ बजेबाट बन्द गरिने भएको छ।
काठमाडौं, वैशाख २६ गते । महानायक राजेश हमाल नयाँ फिल्म 'मायाको माया'मा अनुबन्धित हुनुभएको छ । हमालले दुई दिनअघि मात्र यो फिल्मसँग सम्झौता गर्नुभएको हो । रोहित करण वैद्यको निर्देशन रहने यस फिल्मको केही दिनअघि कार्यविनायकमा मुहूर्त गरिएको थियो । अनुपविक्रम शाहीले इन्स्टा स्टोरीमा शुभमुहूर्त गरेको फोटो राख्दै 'मायाको माया'मा काम गर्न लागेको जानकारी गराउनुभएको हो । महानायक हमाल यसअघि भने शङ्कर कार्कीको निर्देशनमा निर्माण हुने फिल्मबाट कमव्याकको तयारीमा हुनुहुन्थ्याे ।
पछिल्लो २४ घण्टामा थप छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ६९३ जनाको पीसीआर परीक्षण गर्दा छ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सरकारले स्थानीय तह निर्वाचनको मतदान हुने दिन वैशाख ३० गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको पहिलो दिन एमेच्योर गल्फर सुवास तामाङले अग्रता लिनुभएको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा सोमबारदेखि सुरु भएको प्रतियोगितामा सुवासले आठ अन्डर ६४ खेल्नुभयो ।