गोरखापत्र अनलाइन काठमाडौं, वैशाख २६ गते । नेकपा (माओवादी केन्द्र) का तर्फबाट काठमाडौँ महानगरपालिकामा उम्मेदवार रहेका तीन जना उम्मेदवार नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । केही दिन अघि पनि वडा– १३ र १५ वाट उम्मेदवार बनेका वडाध्यक्ष टीमसहित उहाँहरु एमाले प्रवेश गर्नुभएको थियो । आज फेरि माओवादी केन्द्रवाटै वडा–२४ का वडाध्यक्ष पदका उम्मेदवार बन्नुभएका राजेन्द्र श्रेष्ठ एमाले प्रवेश गर्नुभएको छ । उहाँसहित माओवादी परित्याग गरी एमाले प्रवेश गर्ने २४ जनालाई एमाले काठमाडौँ जिल्ला सचिव राजेश शाक्यले टीका लगाएर पार्टी प्रवेश गाराउनुभयो । पार्टी प्रवेशपछि सम्वोधन गर्दै श्रेष्ठले माओवादी केन्द्रको कार्यशैलीप्रति असन्तुष्टि बढेको र परिवारवाद हावी भएपछि आफूहरु पार्टी परित्याग गरेको बताउनुभयो । पार्टी नेतृत्वको कार्यशैली मन नपरेपछि आफूहरु एमालेमा प्रवेश गरेको उहाँले बताउनुभयो ।समकालीन राजनीतिका चर्चित व्यक्तित्व केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको पार्टीमा रहेर आगामी दिनमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा साकार पार्ने महाअभियानमा निरन्तर लाग्ने प्रण उहाँले व्यक्त गर्नुभयो । यसअघि माओवादी केन्द्रका तर्फबाट काठमाडौँ महानगरपालिका वडा–१३ को वडाध्यक्षको उम्मेदवार बन्नुभएका रामशरण डङ्गोल र १५ को वडाध्यक्ष उम्मेदवार बन्नुभएका रत्नकाजी महर्जन पनि पार्टी परित्याग गरी एमाले प्रवेश गरिसक्नुभएको छ । पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्दै एमाले जिल्ला कमिटी सचिव शाक्यले पार्टी प्रवेश गरेका सबैलाई उचित जिम्मेवारी दिने बताउनुभयो । देश बनाउने महान अभियानमा एमाले रहेकाले सबै ढिलोचाँडो एमालेको पक्षमा उभिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
देश निर्वाचनमय बनेको बेला नेपालको लोपोन्मुख राउटे जातिलाई यसको कुनै प्रभाव परेको छैन । दैनिकी गुजारा चलाउन सँधै धौधौ हुने यो जातिसँग भोट हाल्ने कुनै कानुनी प्रमाण छैन । ‘जंगलको राजा’ भनेर चिनाउन गर्व गर्ने यो जातिसँग जन्मदर्ता प्रमाणपत्र, नागरिकता र मतदाता परिचयपत्र समेत छैन । फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायसँ दैलेखको गुराँस गाउँपालिकाले २०७५ असार ३० गते प्रदान गरेको परिचयपत्रबाहेक अन्य कुनै सरकारी कागजात छैन ।
नेपाल र पाहुना टोली जिम्बावे ‘ए’ बीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा आज (सोमबार) नेपालले जिम्बावेविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । नेपालले टस जितेर पहिले ब्याटिङ गर्न जिम्बावेलाई निम्त्याएको हो ।
विष्णुप्रसाद पोखरेलदमक, वैशाख २६ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले वैशाख ३० गते हुने स्थानीय तको निर्वाचनमा देशको भलो चिताउनेलाई जिताउन आग्रह गर्नुभएको छ । यो देश बदल्ने अवसर भएको बताउँदै उहाँले यस्तो बताउनुभएको हो ।झापाको बिर्तामोडमा सोमबार विहान चुनावी सभामा बोल्दै लिङ्देनले जनताले परिवर्तन चाहेकाले त्यो परिवर्तन सम्भव रहेको जनाउनुभयो । ‘‘राम्रो पार्टी र राम्रो नेता छान्न सक्नुहोस् ।’’ उहाँले भन्नुभयो ।भोट हाल्नु अघिसम्म नमस्कार गरेको भरमा नेतालाई भोट हालेर जिताइसकेपछि नमस्ते नगर्ने नेतालाई बेलैमा चिन्नुपर्ने धारणा उहाँले राख्नुभयो । मतदाताको हातमा मतपत्र र स्वस्तिक छाप परेको समय परिवर्तनकारी कुशल नेतृत्व छान्ने अवसर भएकाले त्यसको सदुपयोग गर्ने जिम्मेवारी स्वयं मतदाताको भएको पनि उहाँले बताउनुभयो ।झापाका अधिकांश पालिकामा राप्रपा आफू एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्न उम्मेद्वारी मनोनयन गरेको छ । राप्रपाका अध्यक्ष लिङ्देन केही दिनयता गृहजिल्लाका विभिन्न स्थानीय तहहरुमा चुनावी सभामा सहभागी ह'Fदै आउनुभएको छ ।
स्पेनिस ला लिगाको उपाधि जितिसेको रियल म्याड्रिड शहरी प्रतिस्पर्धी एट्लेटिको म्याड्रिडसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा रियल एट्लेटिको म्याड्रिडसँग उसैको मैदानमा १–० गोलले पराजित भएको हो ।
एसी मिलान इटालियन सिरी ‘ए’ फुटबलको शीर्षस्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा एसी मिलानले हेलास भेरोनालाई उसैको मैदानमा ३–१ गोलले हरायो । एसी मिलानले पूनरागमन जित निकालेको हो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले कृषिमा आधुनिकीकरण र उत्पादन वृद्धिका लागि प्रविधि अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को ३१औँ वार्षिकोत्सवका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले कुन ठाउँमा के उत्पादन हुन्छ, सोहीअनुसारको बाली विकास गर्न
अतिक्रमित भूमि कालापानी नजिकको दार्चुलाको उत्तरी क्षेत्र व्यासमा हेलिकाेप्टरमार्फत निर्वाचन सामग्री ढुवानी गरिएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि व्यास गाउँपालिका–१ मा रहेका छाङरु र तिङ्करको मतदान केन्द्रमा नेपाली सेनाको हेलिकप्टरले निर्वाचन सामग्री ढुवानी गरेको हो ।
केशवराज भट्टको निर्देशनमा ‘कौवा करायो’ बोलको भिडियो सार्वजनिक भएको छ । नेपाली समाजमा आँगनको डिलमा कराउने कौवाले राम्रो वा नराम्रो सन्देश लिएर आउने सन्देश वाहकका रूपमा हेर्ने चलन छ ।
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दौडमा रहेको म्यानचेस्टर सिटीले न्युक्यासलमाथि सानदार जित निकालेको छ । घरलु मैदानमा आइतबार राति भएको खेलमा सिटीले न्युक्यासल युनाइटेडलाई ५–० गोलले हरायो ।
औद्योगिक कोरिडोरमा दुई महिनापछि विद्युत् आपूर्ति नियमित भएसँगै सुनसरी–मोरङका उद्योग सहज रूपले सञ्चालन हुन थालेका छन् । गत फागुनदेखि अन्सेड्युल लोडसेडिङले पिरोलिएका यहाँका उद्योगीले गत मङ्गलबारदेखि उद्योग पूर्ण रूपमा सञ्चालन गर्न थालेका हुन् ।
नाटकको सुरुवातमा कलाकारहरूले बेलुनलाई माया गर्दै मुसारी रहन्छन् । लाग्छ बेलुनले केही प्रतिक्रिया जनाउँदै छ । बेलुनसँगै बम पड्कन थाल्छन् । अनि सुरु हुन्छ झुस्स दारी पालेका अग्लो कदको एउटा केटो र पल्पसाको सवाद । चित्रकारलाई सबैकुरा थाहा छ ।
स्थानीय तह निर्वाचन नजिकिदै छ । यो साता भर निर्वाचनको तयारी कस्तो हुँदै छ र मतदाताहरु आ–आफ्नै काममा व्यस्त देखिन्छन् ।
स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै इलामको नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउने दुईपक्षीय सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय इलामसहितको सुरक्षा निकायका प्रमुख र भारतको सीमा सुरक्षा बल (एसएसबी)सहित सुरक्षा प्रमुखको बैठकले निर्वाचनका बेला सीमा क्षेत्रमा कुनै प्रकारका अवैध गतिविधि हुन नदिन सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरेको हो ।
सरकारले सामाजिक सुरक्षा कोषमा सूचीकृत योगदानकर्ताको खातामा एक अर्ब छ करोड रुपियाँ जम्मा गरिदिएको छ । गत जेठ र असार महिनाको योगदानबापतको रकममध्ये ८४ प्रतिशत रकम योगदानकर्ताको खातामा जम्मा गरिएको हो ।