। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले सुदूरपश्चिमको राजधानी डडेलधुरा सार्न सकिने बताउनुभएको छ।
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले २४ घण्टे स्पष्टीकरण सोधेको छ। निर्वाचन आचरसंहिता विपरीत पुल उद्घाटन गरेको भन्दै कार्यालले मङ्गलबार पाँच बजेसम्म लिखित जवाफ दिने भन्दै स्पष्टीकरण सोधेको हो।
काठमाडौं जिल्लाका स्थानीय तहको निर्वाचनका लागि काठमाडौं जिल्ला निर्वाचन कार्यालयले विभिन्न मतदान स्थलमा निर्वाचन सामग्री पठाउन सुरु गरेको छ । एकै चरणमा वैशाख ३० गते शुक्रबार हुन लागेको स्थानीय तह निर्वाचनका लागि जिल्ला समन्वय समितिको कार्यालय काठमाडौंबाट निर्वाचन सामग्री लैजान सुरु भएको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक सहभागी भएर नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउन अपील गर्नुभएको छ।
काठमाडौं, वैशाख २७ गते । कतारी राजकुमारी शेखा आश्मा अलथानीले विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आरोहण गर्नुभएको छ । कतारी राजकुमारी आश्मा विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा (८,५८६ मिटर) आरोहण गर्ने पहिलो अरब महिला बन्नुभएको छ । उहाँले मे ८ तारिखका दिन कञ्चनजङ्घा हिमालको आरोहण गर्नुभएको होे ।आफ्नो इन्स्टाग्राममा स्टाट्स राख्दै आश्माले कञ्चनजङ्घा शिखरमा पुग्ने पहिलो अरब महिला हुन पाएकोमा गर्व लागेको बताउनुभयो । ‘‘म केहि दिन विरामी परेकी थिए । हिमाल चढ्न सक्दिन की जस्तो लागेको थियो । तर, जम्मा दुई दिनमै भव्य कञ्चनजङ्घाको सफल आरोहण गर्यौं ।,’’ उहाँले लेख्नुभएको छ, ‘‘हिमाल चढ्न सहज थिएन । कञ्चनजङ्घा विश्वको तेस्रो अग्लो हिमाल हो, यो हिमालको सफल आरोहणसँगै मेरो उत्साह बढेको छ र अझै उच्च शिखर चुम्ने बाटोमा अघि बढ्न प्रेरणा मिलेको छ ।’’ उहाँले आफ्नो सफलताका पछाडि बलियो टीमको साथ र सहयोग रहेको पनि उल्लेख गर्नुभएको छ । जसमा निम्स दाईलगायतका टीमले उनलाई शिखरमा पुग्न सहयोग गरेकोमा धन्यवाद पनि व्यक्त गर्नुभएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न निम्स दाईलगायतका टीमसँग त्यसतर्फ प्रस्थान गरेकी कतारी राजकुमारी केही समय हिमाल आरोहणमै रहने बताउनुभयो । यस क्रममा सगरमाथा आरोहणको समेत प्रयास गर्ने उहाँ बताउनुहुन्छ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका– १२ को स्वामिनारायण मुक्तिनाथ धाममा गृहमन्त्री वालकृष्ण खाँणद्धारा पुजा अर्चना गर्नुभएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकामा प्रमुख र उपप्रमुखमा त्रिपक्षीय कडा प्रतिस्पर्धा हुने भएको छ । पाँच दलको गठबन्धनका उम्मेदवारसँग नेकपा(एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विच प्रतिष्पर्धा हुने भएको हो ।
चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) को तयारीमा रहेकी भारोत्तोलन खेलाडी सञ्जु चौधरी मृत अवस्थामा भेटिनुभएको छ । १३औँ दक्षिण एसियाली खेलकद (साग) की स्वर्णधारी सञ्जु ललितपुरको लुभु स्थित भारोत्तोलन प्रशिक्षक सन्जय मर्हजनको घरमा मंगलबार बिहान मृत अवस्थामा भेटिनुभएको हो ।
स्थानीय तहको निर्वाचन देशभर वैशाख ३० गते हुँदै छ । स्थानीय सरकारको यो संरचना जनतासँग प्रत्यक्ष जोडिने भएकाले पनि स्थानीय तहको चासो बढी छ । स्थानीय निर्वाचनलाई लक्षित गरी राजनीतिक दलले घोषणापत्र सार्वजनिक गरेका छन् ।
उमेरले भन्छ ‘बसी खा’ तर मनले भन्छ ‘अझै सक्रिय राजनीति गर्’ । यही दोधारमा ८० वर्ष पुुग्दा पनि सक्रिय राजनीति गरी जनसेवा गर्ने धुनमा हुनुहुन्छ उहाँ । ५० वर्षभन्दा बढी जनप्रतिनिधि रहिसकेका नरसिंह व्यञ्जनकार अहिले पनि ललितपुर महानगरपालिका वडा नं. १० मा वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । कतिपय मानिस आफू नेता बन्छु भन्दै टिकटका लागि ठूला नेताको ढोका चाहर्छन् । तर उहाँलाई नेताले होइन, वडाबासीले नै तपाईं हाम्रो नेता बनिदिनुु प¥यो भनेर कर गर्छन् । अनि छरछिमेकीको मनोभाव बुझेर उहाँ पार्टीको होइन, जहिले पनि स्वतन्त्र रूपमा उम्मेदवारी दिनुहुन्छ । जहिले पनि उहाँकै पोल्टामा परिणाम आउने गरेको छ ।
गायक थानेश्वर गौतमको नयाँ गजल गीत ‘बेचेर सपना’ सार्वजनिक भएको छ ।
कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको उपमेयर पदका उम्मेदवारको मृत्यु भएको छ । नगरपालिकाका पूर्व उपमेयर तथा नेपाली काँग्रेसबाट उम्मेदवार बन्नु भएकी शुभावती कुर्मीको सोमबार राती निधन भएको हो ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा बजारमा दैनिक अति आवश्यकीय उपभोग्य वस्तुको भाउ आकाशिएको छ । तरकारी, मासु र इन्धनको पनि मूल्य वृद्धि भएको छ । खाने तेल, दाल, चामल, गेडागुडीलगायत अन्य खाद्यान्नको मूल्य वृद्धिले भान्सा महँगिएको छ ।
स्थानीय तहको निर्वाचनका लागि उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढेपछि बस थप गरिएको छ । यातायात व्यवसायीले पालो नपरेका बस पनि सञ्चालन गरेका छन् । दैनिक ४५० वटा बस गोँगबु नयाँ बसपार्कबाट बाहिरिँदै आएकोमा हाल दैनिक ६५० वटा बस बाहिरिने गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका उपाध्यक्ष रवि रिमालले यात्रुको सङ्ख्या दिनदिनै बढिरहेको जानकारी दिँदै भन्नुभयो, “यात्रुको चाप बढेको छ । बस थपिएको छ । दैनिक एउटा बस गइरहेको जिल्लामा तीनवटासम्म गएका छन् ।”
रुकुम पूर्वको जंगलमा एक महिलाको शव फेला परेको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका– ११ की ३९ वर्षीया जुनमाया बुढाको शव सोमबार फेला परेको प्रहरीले जनाएको छ ।