स्थानीय तहको निर्वाचन र सार्वजनिक बिदाका कारण सर्वोच्च अदालतसहित देशभरका अदालत आगामी जेठ २ गतेसम्म बन्द हुने भएको छ।
काठमाडौं, वैशाख २९ गते। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय निर्वाचनमा मतदान कार्यलाई सफल पार्न सहयोगको लागि अनुरोध गर्नुभएको छ। बिहीबार पत्रकार सम्मेलनमार्फत् उहाँले स्वच्छ, स्वतन्त्र र विश्सनीय र मितव्यायी वातावरणमा निर्वाचन सम्पन्न गर्ने गरी सहयोगका लागि सम्बद्ध सबैमा आग्रह गर्नुभयो। “प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला र लोकतन्त्रको सार्थक अभ्यास गर्ने माध्यम निर्वाचन हो”, उहाँले भन्नुभयो, “कानुन बमोजिम योग्यता पुगेका हरेक नागरिकलाई उम्मेदवार बन्ने, निर्वाचित हुने र मतदान गर्ने अवसर र अधिकार निर्वाचन आयोगले प्रदान गरेको छ।” उहाँले विचार, निष्ठा र सिद्धान्तबाट निर्देशित भएर मतदान गर्न तर, कुनै पनि पद, पैसा पहुँच, प्रलोभन वा आश्वासनमा नपर्न पनि उल्लेख गर्नुभयो।“आफ्नो विवेकको सही तरिकाले सही ठाउँमा प्रयोग गर्न सबै मतदातामा आह्वान गर्दछु। सबै तयारी पूरा भइसकेका छन्, शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति हुनेगरी सुरक्षा व्यवस्था मिलाइएको छ”, उहाँले बताउनुभयो।मतदान कार्य सम्पन्न हुनासाथ सुरक्षित तवरबाट मतपेटिकाको आवश्यक ढुवानीको प्रबन्ध मिलाइएको उहाँले बताउनुभयो। सबै मतपेटिका संकलन भएपछि तत्काल मतगणना कार्य प्रारम्भ हुनेछ।यसैगरी, कुनै पनि मतदाता मतदानको अधिकारबाट बञ्चित नहोस् भनेर मतदाता नामावली रहेकाले परिचय-पत्र, नागरिकताको प्रमाण-पत्र, राष्ट्रिय परिचय-पत्र, राहदानी, जग्गा धनी प्रमाण पूर्जा लगायतका कुनै एक प्रमाणका आधारमा मतदान गर्ने आवश्यक प्रबन्ध मिलाइएको उहाँ बताउनुहुन्छ। “कुनै प्रश्न उठ्न नसक्ने गरी वातावरण तयार गर्न राजनीतिक दल, उम्मेदवार तथा सम्बद्ध सरोकारवालाको सहयोग हुने विश्वास व्यक्त गर्दछु”, उहाँले भन्नुभयो, “आफूलाई मन परेको निर्वाचन चिह्नमा स्वस्तिक छाप लगाइ सही तरिकाले निर्धकक मतदान गर्न हुन हार्दिक अनुरोध गर्दछु।”
काठमाडौं महानगरपालिका वडा नम्बर १८ का पूर्ववडाध्यक्ष चन्द्रानन्द नेवाको बिहीबार निधन भएको छ। पछिल्लो समय पनि अनवरत सेवामा रहनुभएका नेवाः को ९० वर्षको उमेरमा निधन भएको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार (वैशाख ३० गते) हुन गइरहेको स्थानीय तहको निर्वाचनमा निर्धक्कसँग मतदान गरी आफ्नो मताधिकारको प्रयोग गर्न सम्पूर्ण देशबासीमा अपील गर्नुभएको छ।
काठमाडौं, वैशाख २९ गते । दिवाकर भट्टराईले निर्देशनमा बन्ने फिल्म 'हनी बनी' मा नायकको रुपमा बलिउड अभिनेता अभिमन्यू तोमार अनुबन्धित हुनुभएको छ । तोमार नेपाली अभिनेत्री जसिता गुरुङसँग देखिनुहुनेछन् । फिल्ममा सलोन बस्नेतकोसमेत मुख्य भूमिका रहनेछ ।बलिउडमा मोडलिङ गरिरहेका अभिमन्यूले 'लैजा मजनु' नामक सिनेमाबाट बलिउड र गीत 'याद पियाकी आने लगी' लगायतका थुप्रै भिडियोमा मोडलिङ गर्नुभएको छ । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।
मुुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय सबै स्थानमा सीसीटिभी जडान गरिएको छ । सबै मतगणनास्थलमा हुने क्रियाकलापको अनुमगन गर्न सीसी क्यमरा जडान गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय तनहुँले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै बिहीबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।
सर्लाहीमा मतगणना हुने २० वटै पालिकामा तारजाली हालेर मतगणनास्थल तयार पारिएको छ । शुक्रबार सम्पन्न हुने स्थानीय तह निर्वाचन पश्चिात जिल्लाको ११ वटा नगरपालिका र नौ वटा गाउँपालिकाको कार्यालय रहेको भवनमा मतगणना हुने भएको छ ।
कैलालीको मतगणनास्थलमा सीसी क्यामेरासहितको तयारी गरिएको छ ।
शुक्रबार हुने स्थानिय तह निर्वाचनको लागि रौतहट जिल्लामा मतदान कार्यको सम्पूर्ण तयारी पूरा भएको छ ।
काठमाडौं, वैशाख २९ गते। शुक्रबार हुने स्थानीय तहको निर्वाचनको दिन सरकारी निकायको प्रेस पास भएका पत्रकारलाई निर्वाचन आयोगले दिने सवारी अनुमतिपत्र आवश्यक नपर्ने भएको छ। निर्वाचन आयोगले बिहीबार यस्तो निर्णय गरेको हो। यो निर्णसँगै नेपाल सरकार र प्रदेश सरकारको आधिकारीक निकायबाट जारी भएका प्रेस पास हुने सञ्चारकर्मीले आयोगबाट सवारी साधनका लागि सवारी अनुमति पत्र लिनु नपर्ने भएको हो। ‘नेपाल सरकार वा प्रदेश सरकारको आधिकारिक निकायबाट जारी भएको प्रेस पास भएका सञ्चारकर्मीका हकमा त्यस्ता सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधनका लागि सवारी अनुमतिपत्र आवश्यक नपर्ने’, आयोगको निर्णयमा भनिएको छ। प्रेस पास नभएका सञ्चारकर्मीको हकमा सम्बन्धित सञ्चारगृहको आधिकारिक पत्रमार्फत् अनुरोध आएमा प्रमुख जिल्ला अधिकारी, काठमाडौंले अनुमतिपत्र जारी गर्नसक्ने आयोगले जनाएको छ। आयोगकी शाखा अधिकृत जयकला राईले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘प्रेस पास नभएका सञ्चारकर्मीको हकमा सम्बन्धित सञ्चारगृहको आधिकारिक पत्रमार्फत् अनुरोध भइ आएमा प्रमुख जिल्ला अधिकारी, काठमाडौंले सवारी अनुमतिपत्र जारी गर्न सक्ने।’’
पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ४६३ जनाको पीसीआर परीक्षण गर्दा चार जनामा सङ्क्रमण पुष्टि भएको हो ।
स्थानीय तह निर्वाचनको तयारी अन्तिम अवस्थामा पुगेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । मतदानस्थलको निर्माण तथा मतपत्र ढुवानी, मतदान स्थलमा सुरक्षा प्रबन्धलगायतका तयारी अन्तिम चरणमा पुगेकोे कार्यालयले जनाएको छ ।
इ प्रकाशनले नेपालमा स्तरीय शिक्षा प्रणालीका लागि गुरुत्तर भूमिका निर्वाह गरी अहोरात्र शिक्षासेवामा समर्पित शिक्षाविद् डा.सुरेशराज शर्मालाई २०७८ सालको ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।
स्थानीय तह निर्वाचनका लागि तनहुँमा ३४ जना महिलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । जिल्लास्थित २९७ मध्ये उक्त ३४ जना महिला अधिकृतलाई जिम्मेवारी दिइएको जिल्ला निर्वाचन कार्यालय तनहुँँकी सूचना अधिकारी दुर्गामाया आलेले जानकारी दिनुभयो ।