गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख ११ गते । नेपाल वायुसेवा निगमले काठमाडौँ–रियाद–काठमाडौँ नियमित उडान शुक्रबारदेखि सुरु गरेको छ । नेपाली श्रमिकको प्रमुख गन्तव्य साउदी अरेबियाको रियादमा निगमले हप्तामा दुईवटा उडान सञ्चालन गर्ने सुरु गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट रियादका लागि निगमको पहिलो उडान १९ः१५ बजे भएको थियो । निगमले साउदी अरेबियाको रियादमा उडानका लागि गत फागुन २२ गते अनुमति प्राप्त गरेपछि उडान थालेको हो । योसहित निगमको उडान आठ मुलुकका १० वटा गन्तव्यमा पुगेको छ । निगमले हाल भारतको दिल्ली, मुम्बई र बैङ्लोर, कतारको दोहा, संयुक्त अरब इमिरेट्सको दुबई, मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैङ्कक, चीनको हङकङ र जापानको नारितामा उडान सञ्चालन गर्दै आएको छ । यीमध्ये निगमले दिल्लीमा दैनिक दुईवटा उडान गर्दै आएको छ ।
जर्मन बुन्डेसलिगा फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बोरुसिया डर्टमन्डलाई ३–१ गोलले हराउँदै बायर्न च्याम्पियन बनेको हो ।
बेलिना थापालमजुङ, बैशाख ११ गते । लमजुङको मस्र्याङदी गाउँपालिकामा निर्माण गरिएको न्यादी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । मस्र्याङदी गाउँपालिका ६ बाहुनडाँडा र ७ भुलभुलेबीच भएर बग्ने ङादीखोलामा निर्माण भएको ३० मेगावाटको आयोजनाबाट विद्युत उत्पादन सुरु भएको जनाएको छ । आयोजनाका प्रशासकीय अधिकृत बासुदेव गड्तौलाका अनुसार आयोजनाको निर्माण कार्य सकेर शुक्रबार बेलुकाबाट विद्युत उत्पादन थालिएको हो । सुख्खा मौसमका कारण हाल २० मेगावाट विद्युत उत्पादन भइरहेको गड्तौलाले बताउनुभयो । बैशाख २७ गतेबाट व्यवसायीक विद्युत उत्पादन हुने उहाँले बताउनुभयो । आयोजना आफैंले १० किलोमिटरको १३२ केभी विद्युत प्रसारण लाइन निर्माण गरेको छ । पावरहाउस रहेको ठुलीबेंसीबाट मस्र्याङदी नदीमा निर्माण भएको ५० मेगावाटको माथिल्लो मस्र्याङदी ए जलविद्युत आयोजना क्षेत्रसम्म २५ वटा टावर राखिएको छ । सुरुवातमा २०२१ को जुलाईमा आयोजना सम्पन्न गराउने लक्ष्य रहेपनि त्यसपछि तीन महिना सरेको थियो ।आयोजनाको निर्माण कार्य चिनियाँ कम्पनी च च्याङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेशन कम्पनी लिमिटेडले निर्माण गरेको हो । वुटवल पावर कम्पनी (बीपीसी) को ९७ दशमलव २२ प्रतिशत र लमजुङ विद्युत विकास कम्पनी (लेड्को) को २ दशमलव ७८ प्रतिशत लगानीमा उक्त आयोजना निर्माण भइरहेको छ । करीब ४ अर्ब ३८ करोडमा सक्ने गरी डिजाइन भएपनि आयोजना निर्माण सक्दासम्म लागत बढेको आयोजनाले जनाएको छ । आयोजनामा एभरेस्ट बैंकको नेतृत्वमा नविल बैंक, ग्लोवल आइएमई बैंक, हिमालयन बैंक, सनराइज बैंक र जलविद्युत लगानी तथा विकास कम्पनीको लगानी रहेको छ । वि.स. २०७३ चैत ३० गतेबाट निर्माण सुरु गरिएको आयोजनाको बाँध नाँइचेमाथि ङादी नदीमा बनाइएको छ । ३ हजार ८ सय ४० मिटर सुरुङबाट पानी ल्याएर आयोजना बनाइएको छ । नदीको वहावमा आधारित यो आयोजनाबाट वार्षिक १ सय ६८ गिगावाट आवर विद्युत उत्पादन हुने छ । आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग वर्षायाममा ४ रुपियाँ ८० पैसा र सुक्खायामका लागि ८ रुपियाँ ४० पैसामा विद्युत खरिद सम्झौता (पीपीए) गरेको हो ।
स्थानीय तहको निर्वाचनमा आचारसंहिता पालनामा सुर्खेतस्थित राजनीतिक दलले एक अर्काप्रति आशङ्का गर्ने गरेका छन् । साना दलले ठूला दलमाथि आचारसंहिता उल्लङ्घन बढी गर्ने गरेको आशङ्का गरेका छन् भने ठूला दलले निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी तटस्थ नहुने गरेको भन्दै आशङ्का गरेका हुन् ।
शिवराज ढुंगाना अछाम, वैशाख ११ गते । स्थानीय तहको निर्वाचनमा गठबन्धनको कसरतमा रहेका अछामका सत्तारुढ तीन दल एक्लाएक्लै चुनावी प्रतिष्पर्धामा जाने भएका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बैशाख ३० गतेको चुनावमा मैत्रीपूर्ण प्रतिष्पर्धामा जाने निर्णय गरेका हुन् । प्रेस वक्तव्य जारी गरेर आफ्ना तल्लो तहलाई तालमेल गर्न बाधा नपुग्ने गरेर चुनावी प्रतिष्पर्धामा जाने निर्णय कार्यदलले गरेको छ । शुक्रबार मिति राखेर शनिबार बेलुकी बाहिर ल्याइएको वक्तव्यमा नेपाली काँग्रेसका जिल्ला सभापति पुष्पबहादुर शाह, नेकपा माओवादीका केन्द्रिय सदस्य शरदसिंह भण्डारी, नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य शंकर भण्डारीद्धारा संयुक्त हस्ताक्षरित प्रेस वक्तव्य रहेको छ । सत्तारुढ दलको जिल्लास्थित कार्यदलमा पटक पटक छलफल भएपनि निष्कर्षमा पुग्न नसकेको भन्दै तीनै सत्ता साझेदार दलको मर्यादालाई ख्याल गरिएको उल्लेख छ । कार्यदलको छलफलका क्रममा तीनै दलका बीचमा स्थानीय तहको नेतृत्वमा कुरा नमिल्दा गठबन्धन टुटेको विश्लेषण गरिन थालिएको छ । काँग्रेस नेतृत्वलाई नेता कार्यकर्ताको गठबन्धन नगर्न दवाव र माओवादी र समाजवादीले भागबण्डामा बढी स्थानीय तह मागेकोले गठबन्धन भत्केको बताइन्छ । काँग्रेस अछामका स्थानीय तहका नेता÷कार्यकर्ता एक्लै भएपनि निर्वाचन जित्ने भनाइ राखिरहेका हुन्छन् । उता नेकपा (एमाले) भने हालसम्म एक्लै स्थानीय तहको चुनावमा जाने तयारी गरिरहेको छ । अछामका अन्य साना दलहरुपनि स्थानीय तहमा आफ्ना उम्मेद्वारको मनोनयन गर्ने तयारीमा रहेका छन् ।
प्रथम मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
डडेल्धुराको भागेश्वर गाउँपालिका–१ चुडी गाउँमा पहिलो पटक बिजुली बलेको छ । लघु जलविद्युत् आयोजना निर्माण गरेपछि गाउँमा बिजुली बलेकोे हो । चुडी गाउँमा करिब एक करोड १५ लाख रुपियाँ लागतमा चमा गाड लघु जलविद्युत् योजना पूरा भएको निर्माण समितिले जनाएको छ ।
पशुपति क्षेत्रबाट २० जना सडक मानवलाई गत साता मानव सेवा आश्रम पु-याइयो तर सात दिन पनि नबित्दै उनीहरू फेरि पशुपति क्षेत्रमा आइपुगे ।राजधानीलाई सडक मानवमुक्त बनाउन २०६९ सालदेखि मानव सेवा आश्रमले काठमाडौँ महानगरपालिकाको सहकार्यमा अभियान चलाउँदै आएको छ ।
हुुम्ला समाचारदाताहुुम्ला, वैशाख ११ गते । यस वर्ष हुुम्लामा सङ्कलन भएर निकासी भएको जडीबुटीबाट राम्रो राजस्व प्राप्त भएको छ । जिल्लाबाट १२ किसिमको चार लाख ८१ हजार केजी जडीबुटी निकासी हुँदा एक करोड ९८ लाख ९६ हजार राजस्व प्राप्त भएको हो । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत प्रवीण पौडेलका अनुसार एक करोड ९८ लाख ९६ हजार राजस्व सङ्कलन भएको छ । उहाँले यो राजस्व वन विभागबाट सङ्कलन पुर्जी दिइएको र डिभिजन वन कार्यालयबाट उक्त पुर्जी दिइएको जडीबुटीबाट भएको बताउनुुभयो ।उहाँका अनुसार जटामसी तीन लाख ४० हजार केजीबाट एक करोड ७० लाख राजस्व सङ्कलन भएको छ । कार्यालयबाट सङ्कलनका लागि अनुमति दिएका अन्य ११ प्रकारका जडीबुटीबाट २९ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ । जिल्लाबाट वितरण गरिएको पुर्जीमा राष्ट्रिय वनबाट सङ्कलन भएको जडीबुटीबाट १७ लाख तीन हजार ५०० र सामुदायिक वनबाट ११ लाख ६५ हजार ८०० रुपियाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । हुुम्लाबाट निकासी हुने जडीबुटीमा जटामसी, कुट्की, चिराइतो, सेतक चिनी, सुुगन्धवाल, उत्तिस, शिलाजित, धूपी, कालादाना, वनलसुुन, अल्लो, विष र गुुच्ची च्याउ रहेका छन् । विगत दुुई वर्षयता भने जडीबुटी निकासीबाट राजस्व सङ्कलनमा वृद्धि भएको कार्यालयले जनाएको छ ।
गत असार महिनामा नेपाली काँग्रेसको नेतृत्वमा पाँचदलीय गठबन्धन सरकारको गठनपछि राष्ट्रको सन्तुलित परराष्ट्र नीतिले अग्रता लियो । परिणामस्वरूप अन्तर्राष्ट्रिय जगत्मा नेपालको साख अनि प्रतिष्ठामा अभिवृद्धि हुनुका साथै विश्वको चासो बढेको तथ्य निर्विवाद छ । यसै क्रममा विभिन्न महत्वपूर्ण भ्रमणहरूले निरन्तरता पाइरहेका छन् । मित्रराष्ट्र साउदी अरेबिया तथा चीनका विदेशमन्त्रीको भ्रमण केही समयअघि सम्पन्न भइसकेका छन् भने संयुक्तराज्य अमेरिकाको संसदीय प्रतिनिधिमण्डल हाल नेपाल भ्रमणमा छ । यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतको स्कटल्यान्डमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी विश्व नेताहरूको शिखर सम्मेलनमा जनाउनुभएको सहभागिता तथा हालै सम्पन्न भारतको औपचारिक भ्रमण नेपालको छवि उँचो पार्ने कडी हुन् । यस्तै विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेयेससको भ्रमण महत्वपूर्ण रह्यो ।यस्ता भ्रमण आदानप्रदानबाट नेपाल तथा ती मुलुक र संस्थाबीचको आपसी विश्वास अनि सम्बन्ध अझै प्रगाढ र सुमधुर हुने विषयमा कुनै शङ्का छैन । कोरोना (कोभिड–१९) सङ्क्रमणको महामारी पूर्ण रूपमा अन्त्य नभइसकेको अवस्थामा डब्लूएचओका कार्यकारीको यो भ्रमण नेपालका लागि निकै महत्वपूर्ण मान्न सकिन्छ । यस भ्रमणबाट कोरोना नियन्त्रण तथा रोकथामका लागि डब्लूएचओबाट थप सहयोग प्राप्त हुने वातावरण तयार हुने विषय अर्थपूर्ण छ । चीन, भारतलगायत केही युरोपीय मुलुकमा केही समययतादेखि बढ्दो गतिमा देखिएको कोरोना सङ्क्रमणकोे सन्त्रास व्याप्त छ । यसको रोकथामका लागि जुनसुकै बेला पनि डब्लूएचओको मद्दतको आवश्यक पर्न सक्छ । त्यसो त सन् २०१७ मा पाँचवर्षे कार्यकालका लागि राष्ट्रसङ्घीय निकाय डब्लूएचओको महानिर्देशकमा चयन हुनुभएका उहाँ अर्को कार्यकालका समर्थनका निम्ति नेपाल आउनुभएकोसमेत बुझ्न कठिन हुँदैन । तथापि डब्लूएचओका कार्यकारीको यस भ्रमणले नेपालको सुधार उन्मुख स्वास्थ्य क्षेत्रलाई उत्साहित बनाएको छ । अफ्रिकी राष्ट्र इथियोपियाको विदेश तथा स्वास्थ्यमन्त्रीको पद सम्हालिसक्नुभएका डा. टेड्रोसले कोरोना उत्कर्ष पुगेका बेला विशेषगरी अमेरिकी आलोचनाको सामना गरेरै भए पनि डब्लूएचओलाई जुन प्रकारले नेतृत्व प्रदान गर्नुभयो, सो वास्तवमै प्रशांसनीय कार्य थियो । अहिले पनि विशेषगरी तेस्रो विश्वका राष्ट्रमा कोरोना रोकथाम एवं नियन्त्रणमा यो संस्थाको जीवनदायी भूमिकालाई नकार्न सकिँदैन । डब्लूएचओ आफ्नो भूमिका तथा उद्देश्य प्राप्तिमा निरन्तर सफल हुने अपेक्षा गर्न सकिन्छ । नेपाल भ्रमणका क्रममा महानिर्देशक डा. टेड्रोसले उच्चस्तरीय व्यक्तित्वहरूसँग भेटघाट एवं स्वास्थ्यसम्बन्धी कार्यक्रममा सहभागिता जनाउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाका साथै अन्य उच्चपदस्थसँगको भेटमा उहाँले स्वास्थ्यसम्बन्धी महत्वपूर्ण विचार आदानप्रदान गर्नुभयो । भेटका क्रममा प्रधानमन्त्री देउवाले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने गरी सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिएर स्तरीय स्वास्थ्य सेवा वर्तमान सरकारको मुख्य प्राथमिकता रहेको विषयमा प्रकाश पार्नुभयो । नेपालजस्ता विकासशील राष्ट्र्का लागि कोरोनाविरुद्धका खोपको आपूर्ति एवं उपलब्धता हरेक दृष्टिकोणबाट पक्कै पनि सहज होइन । स्थिति यस्तो भए पनि विश्वकै मापदण्डमा अधिकांश नेपाली कोरोनाविरुद्धको खोप लगाएर सुरक्षित बन्न सफल भए । यो वास्तवमै सरकारको प्रशंसनीय कार्य थियो । डब्लूएचओले पनि यस कार्यको मूल्याङ्कन गरेको प्रतीत भयो । महासचिव टेड्रोसले धेरैभन्दा धेरै नेपालीलाई पूर्ण कोरोना खोप लगाउन सकेकोमा प्रशंसा गर्नु नेपालका लागि सन्तोषको विषय हो । यसबाट कोरोना नियन्त्रणमा नेपालको रणनीति प्रभावकारी भएको सन्देश पनि प्रवाहित भएको छ तथापि अझै पनि जनसङ्ख्याको केही अंश कोरोनाविरुद्धको खोपबाट वञ्चित भएको पाइएको अवस्थामा लाखौँ डोज खोप खेर जाने अवस्थामा खोपबाट वञ्चित बढीभन्दा बढी जनतालाई खोप सुनिश्चितताको व्यवस्था सरकारले गर्नु वाञ्छनीय हुन्छ । स्वास्थ्य विषयलाई नेपालले निकै गम्भीरताका साथ लिने गरेको प्रमाण दक्षिण एसियामै टाइफाइडविरुद्ध बालबालिकालाई खोप लगाउने कार्यको सुरुवात यहीँबाट भएबाट समेत प्रमाणित हुन्छ । यस्तै नेपालले बाल तथा मातृ मृत्युदर कम गर्नुका साथै अन्य विभिन्न स्वास्थ्य सूचकमा गरेको प्रगति पनि उल्लेखनीय छ । डब्लूएचओको कार्यकारीबाट भएको यस भ्रमणले नेपाल र सो संस्थाबीचको सम्बन्ध सुमधुर एवं प्रगाढ हुनुका अतिरिक्त आउँदा दिनमा सहकार्यका लागि सहज हुने आधार तय भएको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले औषधि उद्योगका समस्या समाधानका लागि आउने बजेटको कार्यक्रममा समेट्न आफूले पहल गर्ने बताउनुभएको छ । चितवनमा जारी नेपाल फर्मा एक्स्पो २०२२ मा आयोजना गरिएको अन्तक्र्रियामा उहाँले सरकारले सम्बोधन गर्नुपर्ने धेरै विषय भएकाले सकेसम्म औषधि क्षेत्रको समस्या समाधानका लागि पहल हुने बताउनुभयो । “नेपालमा उत्पादित औषधिको परीक्षण गर्ने ल्याब (प्रयोगशाला)लाई
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको ढॉचामा मुलुक दोस्रो कार्यकालका लागि स्थानीय तहको निर्वाचनमा होमिएको छ । यस निर्वाचनमा के कस्तो योग्यता र क्षमता भएको व्यक्तिलाई दलहरूले उम्मेदवार बनाउँछन् ? कस्तो योग्यता भएका उम्मेदवारलाई नागरिकले मतदान गर्ने भन्ने सवाल हाम्रासामु पेचिलो बन्दै छ । यो आम जनचासोको विषय बनेको छ । राजनीतिक दलका लागि छवि राम्रो बनाउने अवसर हो ।
राजनीतिक दल यही वैशाख ३० गते हुने स्थानीय तहको चुनावी तयारीमा छन् । दलहरू घोषणापत्र लेखन र उम्मेदवार छनोटमा केन्द्रित छन् । दलहरूबीच गठबन्धन र चुनावी मोर्चा कोसँग कसरी गरी चुनावमा अधिकतम विजय हासिल गर्ने प्रयोजनार्थ छलफल, विवाद र मतमतान्तर भइरहेको छ । जित–हार जसको भए पनि चुनावमा जानुअघि दलले गर्ने दुई कार्य घोषणापत्र निर्माण र उम्मेदवार छनोट मुख्य काम हो । उम्मेदवार छनोटका लागि दलहरू आन्तरिक रस्साकसीमा छन् भने घोषणापत्र लेखनको कार्य प्राथमिकताको विषय बन्न सकेको छैन ।
आम नेपाली नागरिकको मेरुदण्डका रूपमा लिइएको स्थानीय तह निर्वाचन नेपाल सरकारले २०७९ वैशाख ३० गते गर्ने निर्णय सँंगसंँगै एकाएक राजनीतिक माहोल तात्न पुगेको छ । २०७४ को तिनै तहको निर्वाचनपछि हुन लागेको यस निर्वाचनले छुट्टै महत्त्व र विशेष
नेपालको अर्थतन्त्रमा अहिले पनि कृषिको प्रभुत्व कायमै छ । कुल जनसङ्ख्याको करिब दुईतिहाइभन्दा बढी जनशक्तिले जीविका र रोजगारीको मुख्य स्रोतका रूपमा कृषि क्षेत्रलाई अँगालेको पाइन्छ । मुलुकका अधिकांश जनसङ्ख्या यो क्षेत्रमा आबद्ध भनिए पनि कहाँ, कति किसान, कुन अवस्थामा, कसरी अवस्थित छन् भन्ने जानकारी समयसापेक्ष अद्यावधिक हुनु आवश्यक हुन्छ । यही आवश्यकताको परिपूर्ति गर्ने उद्देश्यले हाम्रो मुलुकमा पनि राष्ट्रिय जनगणनाजस्तै कृषि गणना गर्ने प्रचलन छ ।