आईसीसी लिग–२ अन्तर्गत नेपालले स्कटल्यान्डमा खेल्ने विदेशीय अर्को सिरिजको खेल तालिका सार्वजनक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले मंगलबार सार्वजनिक गरेको तालिका अनुसार स्टकल्यान्डमा जुलाई १० देखि १७ तारिखसम्म आयोजना हुने एकदिवसीय सिरिजमा नेपाल, आयोजक स्कटल्यान्ड र नामिवियाबीच प्रतिस्पर्धा हुनेछ ।
मङ्गलबारको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सैद्धान्तिक छलफलमा भाग लिनुहुँदै सांसद रिजालले बजेटको मूल दिशा सही भएको बताउनुभएको हो ।
नेकपा (एमाले)का सांसद विष्णु पौडेलले मुलुकको व्यापार घाटा चुलिएको र नौ महिनामै १३ अर्ब नाघेको जानकारी दिनुभएको छ ।
तिलाचन पाण्डेतम्घास, जेठ १७ गते । गुल्मीदरबार गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष सरोजकुमार थापाले बुवाले देख्नुभएका सपनालाई पूरा गरेरै छाड्ने दाबी गर्नुभएको छ । गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाको गत असार ३१ गते उपचारको क्रममा काठमाडौंमा निधन भएपछि अपूर्ण कामहरु नवनिर्वाचित थापाले पूरा गर्ने दाबी गर्नुभएको हो ।प्रत्येक नागरिकको घरमा एक घर एक धारा पिउने पानीलाई पूरा गर्ने प्रमुख लक्ष्य रहेको उहाँले बताउनुभयो । गाउँपालिकाभित्रका पाँच हजार दुई सय घरधुरीमध्ये तीन हजार घरधुरीमा शुद्ध खानेपानी पुगेको छ ।यस्तै, गुल्मीदरबार गाउँपालिका वडा नम्वर ३ मा वनको १२ रोपनी सार्वजनिक जग्गामा वातावरणीय परीक्षण गरी डिपीआर गर्ने योजनामा रहेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो । गाउँपालिकामै क्याम्पस सञ्चालन गर्ने विषयलाई पनि प्राथमिकताका साथ राखेको अध्यक्ष थापाले बताउनुभयो । गाउँमै गुणस्तरीय शिक्षा र स्वास्थ्य उपचारको व्यवस्था गर्न आफूले प्राथमिकता दिएको उहाँले बताउनुभएको छ । उहाँले कृषिलाई आधुनिकीकरण गरी गाउँपालिका भित्रका नागरिकहरुलाई आत्मनिर्भर बनाउने गरी आफूले योजना बनाएको बताउनुहुँदै गाउँपालिका भित्रको जग्गालाई बाँझो नराख्ने गरी भूमि बैंकलाई प्रभावकारी बनाउने बताउनुभयो
सिराज खान नेपालगञ्ज, जेठ १७ गते । पश्चिम नेपालको स्वास्थ्य हब बन्दै गएको नेपालगञ्ज, कोहलपुर र खजुरामा रहेका विभिन्न स्वास्थ्य संस्थाले स्वास्थ्य उपचारमा दिनदिनै नयाँ नयाँ सेवा दिइरहेका छन् । पछिल्लो समयमा नेपालगञ्जस्थित भेरी अस्पतालमा पहिलोपटक जोर्नी प्रत्यारोपण सेवा सुरु गरेर जोर्नीसम्बन्धी रोगका विरामीका लागि महत्वपूर्ण उपचार शुरु गरिएको छ । पश्चिम नेपालका सबैभन्दा बढी बिरामीको उपचार गर्दै आएको सरकारी अस्पताल भेरी अस्पतालले एकपछि अर्को विशिष्टीकृत सेवा थप्दै गएकोमा हाल आएर जोर्नी प्रत्यारोपण सेवा पनि सुरु गरेको हो । यस क्षेत्रका बिरामीलाई जोर्नी प्रत्यारोपणका लागि भारतको लखनउ र काठमाडौं जानुपर्ने बाध्यता रहेकाले भेरी अस्पतालमा सो सेवा शुरु गरिएपछि उक्त बाध्यताको पनि अन्त भएको छ । बाँके खजुरा गाउँपालिकाका ४५ वर्षीय हनुमान यादवको बायाँतिरको हिपको पूर्ण प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेर जोर्नी प्रत्यारोपण सेवा सुरु गरिएको अस्पतालका अर्थोपेडिक सर्जन तथा पूर्व मेसु डा. प्रकाश थापाले जानकारी दिनुभयो । उहाँले मंगलबार विहान ८ बजेदेखि १० बजेसम्म करिब दुई घण्टा लगाएर सो सफल शल्यक्रिया गरिएको बताउनुभयो । डा. थापाका अनुसार भेरी अस्पतालमा यसखालको जटिल शल्यक्रिया पहिलोपटक गरिएको हो । अस्पतालको अर्थोपेडिक विभागका प्रमुख डा. तीर्थेन्द्र खड्काको नेतृत्वमा डा.ऋषि विष्ट, डा. प्रकाश थापा, डा. राहुल मिश्र, एनेस्थेसियोलोजिष्ट डा. पारस पाण्डेलगायतको टीम सो शल्यक्रियामा संलग्न रहेको भेरी अस्पतालका प्रमुख डा. वीरेन्द्रबहादुर चन्दले बताउनुभयो ।
प्रतिनिधि सभाको बैठकमा मङ्गलबार राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी छ ।
हरेक वर्ष सूर्तिजन्य सेवनबाट २७ हजार भन्दा बढी मानिसको ज्यान जाने गरेको एक अध्ययनले देखाएको छ । विश्व सूर्तिजन्य प्रदार्थरहितको दिवसको पूर्वसन्ध्यामा एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले हरेक वर्ष २७ हजार १३७ जनाको मृत्यु सूर्तिजन्य रोगबाट हुने गरेको जानकारी दिनुभएको हो । जुन सङ्ख्या नेपालको जम्मा मृत्युको करिब १५ प्रतिशत हो ।
आइतबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानुसरे भीरमा दुर्घटनामा परेको तारा एयरको ट्विनअटर ९एन एइटी विमानको व्लाकबक्स फेला परेको छ । मंगलबार विहान माउन्टेन गाइड पिम्वा तेन्जिङ लामा, नरेन शाही र सेनाको टोलीले ब्लाकबक्स फेला पारेको हो ।
सिमकोट गाउँपालिका–७, चुकेनी बस्तीस्थित खानेपानी योजनामा रकम हिनामिना भएको आरोप लगाउँदै स्थानीय उपभोक्ताले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरेका छन् । योजनाको काम सम्पन्न नगरी उपभोक्ता समितिलाई बजेट भुक्तानी भएको तर उपभोक्ता समितिका अध्यक्षले कामदारलाई रकम नदिएको आरोप उजुरीमा उल्लेख छ ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाको गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्न सुरु गरिएको छ । गाउँपालिका अध्यक्षले प्रयोग गर्ने गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्न सुरु गरिएको हो ।
तारा एयरको विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको बाँकी शव काठमाडौं ल्याउने तयारी सूरु गरिएको छ । सानो हेलिकप्टरबाट १० वटा शव जोमसोमको कोवाङमा झारिएको छ भने बाँकी दुई वटा शव कोवाङ ल्याउने क्रममा रहेको उद्धारटोलीले जनाएको छ ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकामा व्यवस्थित पार्किङ छैन । व्यवस्थित पार्किङ नहुँदा आधा सडक ढाक्ने गरी मूल सडकमै जथाभावी सवारी साधन पार्किङ हुँदा सर्वसाधारणलाई समस्या पर्ने गरेको छ । यस विषयमा सरोकारवाला निकाय मौन छन् । सर्वसाधारणको बढी आवागमन हुने र जलेश्वरको मुख्य बजार क्षेत्रमै सडक नै ढाक्ने गरी वर्षौंदेखि पार्किङ हुँदै आए पनि सरोकारवाला निकायले समस्या समाधानको अग्रसरता नदेखाएको स्थानीयको गुनासो छ ।
प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको वीरगञ्ज महानगरपालिकाको प्रमुख पदमा नवनिर्वाचित राजेशमान सिंहले ३० युनिटसम्म विद्युत् छुट दिने निर्णय गर्नुभएको छ । प्रमुख सिंहले वीरगञ्जको घण्टाघर क्षेत्रको जीर्ण सडक मर्मत कार्यलाई पहिलो प्राथमिकतामा राख्नेसमेत बताउनुभएको छ ।
नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा एक अर्ब ५० करोड रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा ३६५ दिन अवधिका लागि लगानी गर्न लागेको हो ।
आगामी वर्षको बजेटमा युवा तथा खेलकुद मन्त्रालयको कुल दुई अर्ब ४६ करोड रुपियाँ विनियोजन भएको छ । खेलकुदतर्फ दुई अर्ब नौ करोड रुपियाँ र ३७ करोड रुपियाँ युवाका क्षेत्रमा विनियोजन भएको हो । जनसाङ्ख्यिक लाभका रूपमा रहेका नेपाली युवाको रोजगारीको विषय आगामी आर्थिक वर्षको बजेटमा नयाँ कार्यक्रमका साथ सम्बोधन हुन सकेको छैन । अघिल्ला वर्षका सीमित कार्यक्रमलाई मात्र निरन्तरता दिइएको छ ।