सिराज खान नेपालगञ्ज, जेठ १६ गते । सरकारले बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनालाई प्रमुख प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । सो आयोजनाका लागि सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा खर्च गर्ने गरी एक अर्ब ८८ करोड रुपियाँ विनियोजन गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गर्नुभएको बजेटमा पश्चिम नेपालको बहुप्रतिक्षित सो आयोजनाका लागि उक्त रकम विनियोजन गरिएको सिक्टा सिँचाइ आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख सन्तोष कैनीले गत आर्थिक वर्षमा सो आयोजनाका लागि एक अर्ब ५५ करोड रुपियाँ विनियोजन गरिएकोमा आगामी आर्थिक वर्षका लागि ३३ करोड रुपियाँ थप गरेर एक अर्ब ८८ करोड रुपियाँ विनियोजन गरिएको बताउनुभयो । उहाँले सरकारले सो आयोजनालाई प्रमुख प्राथमिकतामा राखेर बजेट वृद्धि गरेको जनाउँदै बजेटलाई आयोजनाको निर्माण कार्य पूरा गर्नमा तीव्ररुपमा खर्च गरिने बताउनुभयो । सरकारले विनियोजन गरेको सो बजेट आयोजनाको पश्चिम मूल नहर मर्मत र सञ्चालनलाई निरन्तरता दिनुका साथै पूर्वी मूल नहरको निर्माण र गुरुवा गाउँ शाखा नहरको निर्माण शुरु गर्नमा खर्च गरिने आयोजना प्रमुख कैनीले बताउनुभयो । उहाँले यसका साथै क्रमगत रुपमा सञ्चालन हुँदै आएका आयोजनाका काममा पनि सो बजेट खर्च गरिने जनाउनुभयो । आगामी आर्थिक वर्षमा पूर्वी मूल नहरको नरैनापुरसम्मको ४४ देखि ५३ किलो मिटरको अध्ययनलगायत गुरुवा गाउँ शाखा नहरको निर्माण शुरु गर्ने र पश्चिमी तथा पूर्वी मूल नहरको निर्माण र मरम्मत तथा सिँचित क्षेत्र बचावटलाई प्राथमिकतामा राखिने आयोजनाले जनाएको छ । बजेट बढाइएपछि किसान उत्साहितसरकारले आगामी आर्थिक वर्षका लागि सिक्टा सिँचाइ आयोजनामा गत आर्थिक वर्षभन्दा ३३ करोड रुपियाँ बजेट बढाएपछि राप्तीपारिका किसानहरु उत्साहित भएका छन् । मुख्य बाँधस्थल अगैयादेखि पूर्वी क्षेत्रको ५३ किलोमिटरको पूर्वी शाखा नहरको ५३ किलोमिटर क्षेत्र मध्ये ३८ किलोमिटर क्षेत्रसम्म नहरका स्ट्रक्चरहरु निर्माण भैसकेको र नहर फिनिसिङको काम भैरहकाले बजेट वृद्धिबाट काम छिटो हुने उनीहरुको भनाइ छ । राप्तीसोनारी गाउँपालिकाका किसान नरेश चौधरीले सरकारले सिक्टा सिँचाइको बजेट वृद्धि गरेर आयोजना निर्माणलाई प्रमुख प्राथमिकतामा राखेकाले आफूहरु उत्साहित भएको बताउनुभयो । उहाँले छिट्टै आयोजनाको पानी खेतबारीमा पुग्ने आशा पनि किसानहरुमा पलाएको बताउनुभयो । सिक्टाको बजेट वृद्धि गरेर सरकारले नरैनापुरका किसानलाई ध्यानमा राखेको देखिएको नरैनापुर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष ईश्तियाक अहमद शाहले बताउनुभयो । यसअघि नै मुख्य बाँधस्थल अगैयाबाट ४५.३ किलोमिटर पश्चिमी मुख्य नहरको निर्माण पूरा गरेर सो नहरमा पानी बगाइएको छ । उक्त नहरबाट करिब ३० हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको आयोजनाले जनाएको छ । बाँके जिल्लाको करिब ४३ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले १५ वर्ष अघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा हालसम्म १५ अर्ब रुपियाँभन्दा बढी खर्च भइसकेको छ ।
राष्ट्रिय नेवाः पत्रकार मञ्च (एनएफएनजे) काठमाडौं शाखाले काठमाडौं महानगरपालिकाको सहकार्यमा १५ दिने आधारभूत पत्रकारिता क्षमता अभिवृद्धि तालिम आइतबारदेखि काठमाडौंमा सुरु भएको छ ।
सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन प्रणाली सोमबार साँझदेखि सुरु गरिने भएको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै आज साँझ ६ बजेदेखि सवारी चालक अनुमति पत्रको नयाँ अनलाइन आवेदन प्रणाली सुरु गर्न लागिएको जानकारी गराएको हो ।
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख वालेन्द्र साह र उपप्रमुख सुनिता डङ्गोलसहितका जनप्रतिनिधिहरुले सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।
मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख विष्णुकुमार भामले नगरको फोहोर व्यवस्थापनका लागि अभियान सुरु गर्नुभएको छ । नगरप्रमुख भामले घरदैलो अभियान चलाएर जथाभावी फोहोर नफाल्न आग्रह गर्नुभएको हो । उहाँले सरसफाईलाई व्यवस्थापन गर्नका लागि गमगढी बजारको घरदैलोमा पुग्नु भएको हो ।
सरकारले सहुलियतपूर्ण कर्जामा निरन्तरता दिँदै थप एक प्रतिशत ब्याज अनुदान दिने भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत सरकारले वाणिज्य बैंकको एउटा शाखाले कम्तीमा कृषिका पाँच योजनामा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ ।
नाम्खा गाउँपालिका–६ को लिमीको चौरी स्रोत केन्द्रमा ११४ वटा चौरी थपिएका छन् । चौरी पालनको राम्रो सम्भावना भएको लिमीमा तीन वर्षअघि चौरी पालन स्रोत केन्द्र स्थापना गरेर चौरी थप्ने कार्य जारी रहेको हो ।
नेपाल बार एसोसिएसनले सङ्घीय संरचनामा जाने निर्णय गरेको छ । बार केन्द्रीय कार्यसमितिको आइतबार सम्पन्न बैठकले हालको एकीकृत संरचनालाई प्रदेश संरचनामा रूपान्तरणको निर्णय गरेको छ । हाल अस्थायी रूपमा प्रदेश बार एकाइ समन्वय समितिमा जाने निर्णय गरे पनि विधान संशोधन गरेर स्थायी संरचना बनाउने निर्णय पनि बैठकले गरेको छ । उपाध्यक्ष सुधीरकुमार कर्णले सैद्धान्तिक रूपमा सङ्घीय संरचनामा जाने निर्णय भएको बताउनुभयो । निर्णयअनुसार हाल प्रत्येक प्रदेशबाट निर्वाचित बार उपाध्यक्षले नै समन्वय समितिको संयोजकका रूपमा काम गर्नेछन् । उक्त समितिमा प्रदेशबाट निर्वाचित बारका केन्द्रीय सदस्य पनि रहनेछन् ।
थर्ड आईको आयोजनामा बेलायतको राजधानी लन्डनमा पाँच दिने ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२२’ आयोजना हुने भएको छ । युट्युबमा नआएका, विभिन्न टेलिभिजन च्यानलबाट प्रसारण नभएका तर हलमा मात्र रिलिज भएका चलचित्रहरू मध्ये
तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका यात्रुको शव सङ्कलन सुरु गरिएको छ । जहाज भीरमा ठोक्किएर दुर्घटना भएपछि विमानमा सवार यात्रु र चालकदलका सदस्यसहित २२ जनाको सव छरपष्ट अवस्थामा रहेको र सङ्कलन कार्य सुरु भएको यार्चागुन्बु सङ्कलन गर्न पुगेका बाग्लुङका विसाल मगरले घटनास्थलबाट जानकारी दिनुभयो ।
सरकारले आन्तरिक उत्पादन र उपभोग वृद्धिलाई उच्च प्राथमिकता दिएको छ । आइतबार सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा ‘स्वदेशी उत्पादन र उपभोग अभिवृद्धि दशक’ घोषणा गरिएको छ । यो दशकलाई आन्तरिक उत्पादन वृद्धिमा लक्षित गर्नेगरी कार्यक्रम ल्याइएको छ ।
ऐरावती गाउँपालिका वडा नं. १ स्थित दाङवाङमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ । दोबाटो सामुदायिक वनको डाँडाथरी भन्ने ठाउँमा सिकार खेल्ने क्रममा २४ वर्षीय ज्ञानबहादुर नेपालीले मृगलाई हानेको गोली लागेर ३४ वर्षीय द्रोण आलेमगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सन् २०१४ मा प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी’ को अन्तिम सिक्वेल हो ‘कबड्डी ४’ । कबड्डी १, २ र ३ मा काजी (नायक दयाहाङ राई)ले नायिकालाई पाउन गरेको सङ्घर्षको कथालाई उजागर गरिएको थियो भने यसको अन्तिम सिक्वेल अर्थात् ‘कबड्डी ४ द फाइन म्याच’ को कथा भने केही फरक छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशवासीको जीवनलाई समृद्ध बनाउन ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ बनाउने अभियानमा प्रदेश सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । १५औँ गणतन्त्र दिवसको अवसरमा आइतबार बुटवलमा आयोजित गणतन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले सरकारले लुम्बिनी प्रदेशको विकासका लागि योगदान दिन कुनै कमी नराख्ने प्रतिबद्धता जनाउनुभयो । मुख्यमन्त्री केसीले नेपालको संवि