जिल्लाको सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ भदौरेस्थित चनौटेमा सोमबार बिहान ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा देशभर एकै साथ सुरु गरेको छ । आज बिहान ८ बजेदेखि ७७ जिल्लाका एक हजार २९२ परीक्षा केन्द्रमा एकै साथ सो तहको परीक्षा शान्तिपूर्णरुपमा सुरु भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले एकतिहाइ महिला सहभागिताको संवैधानिक प्रावधानलाई व्यवहारमा उतार्न राज्यका सबै अङ्ग र राजनीतिक दलहरूले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । चौथो राष्ट्रिय महिला अधिकार दिवस २०७९ को अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले लैङ्गिक समानताका लागि भएका विभिन्न आन्दोलन ः सामाजिक जागरणको परिणामस्वरूप संवैधानिक, कानुनी र संरचनागत व्यवस्थाहरू गरिएपछि महिलाको सहभागिता बढ्दै गएको बताउनुभएको छ ।
कैलालीमा सामुदायिक वन संरक्षणमा महिलाको सक्रियता बढ्दै गएको छ । जनसङ्ख्या वृद्धिसँगै वन अतिक्रमणविरुद्ध र डढेलो नियन्त्रण र वन क्षेत्रमा हुने अवैध गतिविधिका विरुद्ध महिलाले ज्यान जोखिममै राखेर काम गर्दै आएका छन् ।
कोडिभ–१९ महामारीलाई लक्षित गरी नेपालगञ्जमा निर्माणाधीन एक हजार शøया क्षमताको होल्डिङ सेन्टर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । उपमहानगरपालिकाको वडा नम्बर १४ भवानीयापुरमा तीव्र गतिमा निर्माण भइरहेको सो होल्डिङ सेन्टरको निर्माणकार्य अन्तिम चरणमा पुगेको र केही दिनभित्रै पूरा हुने जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत रामकुमार सोनकरले बताउनुभयो । उहाँका अनुसार होल्डिङ सेन्टरमा २२ वटा भवन, भान्साघर, खानेपानीको ट्याङ्कीसहित शौचालय भवनहरू चार बिघा आठ कट्ठामा निर्माण गरिएका छन् ।
सरकारले खानेपानी क्षेत्रका लागि आर्थिक वर्ष २०७९/८० मा ३७ अर्ब ३५ करोड रकम विनियोजन गरेको छ । त्यस्तै, आगामी वर्ष चक्रपथ बाहिरसमेत मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकाको चक्रपथबाहिर पनि वितरण गरिने भएको छ । त्यसका लागि सरकारले एक अर्ब ९२ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।
नवप्रवेशी गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा च्याम्पियन बनेको छ । गुजरात पहिलो सहभागितामै च्याम्पियन बनेको हो ।
बजेटको उद्देश्य, लक्ष्य र प्राथमिकता हेर्दा ठीक छ तर आकारको दृष्टिकोणबाट धेरै ठूलो छ । अहिलेको परिस्थितिमा स्रोतसाधन जुुटाउन कठिन छ । पुँजीगत बजेट त्यति खर्च हुनसकेको छैन । वितरणभन्दा पनि बजेटमा अहिले तीन-चारवटा कुरालाई प्राथमिकता दिनुपर्ने थियो ।
त्रियुगा नगरपालिकाको प्रमुखमा कांग्रेसकका उम्मेदवार वसन्त बस्नेतको जित निश्चित भएको छ ।
बागलुङ नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले नगर क्षेत्रको कुनै पनि स्थानमा नयाँ सडक विस्तार गर्ने कामलाई निषेध गरेका छन् । नवनिर्वाचित जनप्रतिनिधिको दोस्रो नगर कार्यपालिका बैठकले प्राविधिक अध्ययन बिना सडक विस्तार गर्दा सडक गुणस्तरहीन तथा वातावरणीय रूपमा प्रतिकूल विका
सरकारले बजेट वक्तव्यबाटै आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि बजेट विनियोजन गरेको छ । सरकारले यसअघि नै आगामी आर्थिक वर्ष चुनावी वर्ष हुने घोषणा गरिसकेको छ ।
सरकारले कृषिमैत्री बजेट ल्याएको भन्दै झापाका किसान उत्साहित भएका छन् । सरकारले ल्याएको बजेट कार्यान्वयन भएमा कृषि कर्ममा लाग्नेलाई केही राहत मिल्नसक्ने उहाँहरुको विश्वास छ । बजेट राम्रो र लोकप्रिय आउने तर कार्यान्वयन फितलो हुने आशङ्का भने किसानले व्यक्त गरेका छन् ।
गहुँ काटेर खाली भएको खेतमा केही दिनदेखि प्रकृतिको कुचीकारको संज्ञा पाएको गिद्धको बथान देखिन थालेको छ । केही आकाशमा उडिरहेका र रुखमा बसेका पनि देखिन्छन् । सिनोमा झुम्मिएका गिद्धको बथान देखेर स्थानीयले रमाइलो मान्ने गरेका छन् ।
मुस्ताङको मानापाथी हिमालको फेदी स्थित थासाङ गाउँपालिका–२ न्याउरिकोटको ल्याङके खोलाको मुहान क्षेत्रमा भएको तारा एयरको विमान दुर्घटनामा एकै परिवारका सात जना रहेको खुलेको छ ।
सर्लाहीको हरिवन नगरपालिका–८ र ११ मा छाडा कुकुरले आतङ्क मच्चाएको छ । बिहीबार र शुक्रबार ती दुई वडामा १६ जनालाई कुकुरले टोकिसकेको स्थानीयवासीले बताएका छन् । त्यसरी मानिसलाई टोक्दै हिँड्ने कुकुर बहुलाएको हुनसक्ने आशङ्का गरिएको छ ।