नेपाल चिकित्सक संघले चितवन मेडिकल कलेजको अति सघन कक्ष आइसीयू तोडफोड गर्नेलाई कारबाहीको माग गरेको छ । असोज १७ गते चितवन मेडिकल कलेजमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले आइसीयूमा तोडफोड गरेका थिए ।
लगातारको वर्षासँगै ११ जना पर्यटक सम्पर्कविहीन भएका छन् । बाग्लुङको ढोरपाटनबाट रुकुमपूर्व हुँदै डोल्पाको तल्लो सेराका लागि हिँडेका ११ पर्यटक पाँच दिनदेखि सम्पर्कविहीन भएका हुन् ।
पाँचथरमा उम्मेद्वारी दर्ता प्रक्रिया शुरु भएको छ । हालसम्म राप्रपा नेपाल र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्व सङ्घीय लिम्बुवान मञ्चका प्रतिनिधिले उम्मेद्वारी दर्ता गराइसक्नुभएको छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि नेकपा माओवादी केन्द्रले गरेको उम्मेदवार छनौट प्रति सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट असन्तुष्ट हुनुभएको छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापाको क्षेत्र नम्बर ३ मा आज बिहान ११ बजे उम्मेद्बारी मनोनयन गर्नुभएको छ ।
प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गर्नका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' गोरखा पुग्नुभएकाे छ ।
विगत पाँच दिनदेखि परेको वर्षाका कारण गुल्मीका अधिकांश सडकहरु अवरुद्ध भएका छन् । जिल्लाको कालीगण्डकी गाउँपालिकाको अर्बेनीदेखि पुर्तिघाट सडकखण्डको बीच बीचमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो ।
मङ्गलबार रातिदेखि परेको अविरल वर्षाले बबई नदीमा आएको बाढीले बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया जोड्ने जब्दी पुल बगाएको छ । यसअघि २०७४ साउन २८ गते आएको बाढीका कारण १६ करोड ६८ लाख रुपियाँ लगानीमा बनेको ४२५ मिटर लम्बाईको उक्त पुलका तीनवटा स्पान भासिएका थिए ।
झापामा परम्परागत सतार नृत्य हराउँदै गएको छ । झापासहित पूर्वका दशैँका मेलाहरुको प्रमुख आकर्षणको रुपमा रहने गरेका परम्परागत सन्थाल अर्थात सतार नृत्य लोप हुने अवस्थामा पुग्दै गएको हो ।
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले प्रतिनिधिसभातर्फको उम्मेदवार टुङ्गो लगाएको छ । समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रौतहटको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवार हुनुहुन्छ । पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवार हुनुहुन्छ ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता छन् ।
पछिल्लो २४ घण्टामा एक हजार १८ जनामा डेंगु पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडि)को तथ्याङ्क अनुसार २४ घण्टामा एक हजार १८ जना डेंगु सङ्क्रमित थपिनुका साथै एक जना सङ्क्रमितको मृत्यु भएको छ ।
पाकिस्तानमा यस वर्षको मनसुनी वर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार सात सय पुगेको छ । यस प्रकोपको कारण पाकिस्तानमा १२ हजार आठ सय ६७ घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण ९एनडिएमए० ले बिहीबार राति जनाएको छ ।
इक्वेडरको एक जेलमा भएको दङ्गामा परेर कम्तीमा पनि १३ जनाको ज्यान गएको छ । यहाँका जेल अधिकारीले बुधबार राति सो जेलमा भएको झडपका क्रममा ज्यान जानेको सङ्ख्या १३ पुगेको जनाएका हुन् ।
पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य ताथा जनसंख्या मन्त्रालका अनुसार २४ घण्टामा ४९३ जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।