मोडल तथा कलाकार एलिजा गौतम शनिबार नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएको छ । रुपन्देहीमा भएको एक कार्यक्रममा उहाँ सो दलमा प्रवेश गर्नुभएको हो । उहाँलाई केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टीका तथा खादा लगाएर पार्टीमा प्रवेश गराउनुभयो ।
मुसलधारे वर्षासँगै बाढीको प्रकोप बढेपछि देशको सबैभन्दा ठूलो सहर अकल्याण्डमा आपत्काल घोषणा गरिएको छ । हालसम्म तीन जनाको मृत्यु भएको छ भने अर्का एक जना हराइरहेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । शनिबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई गृह मन्त्रालयको कार्यभार तोक्नुभएको जानकारी दिएको हो ।
माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका आज (शनिबार) सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको यही माघ ११ गते बसेको बैठकको निर्णयअनुसार परीक्षा तालिका सार्वजनिक भएको हो ।
भैरहवा भन्सार कार्यालयको राजश्व सङ्कलन घटेको छ । भन्सार कार्यालयको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षमा झण्डै आधाले राजश्व सङ्कलनमा गिरावट आएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले लुम्बिनी प्रदेशको नेतृत्व गर्ने अवसर पाएकाले अवसरलाई सदुपयोग गर्ने बताउनुभएको छ । आफ्नो कार्यकालमा राम्रो कामका लागि प्रयास गर्ने बताउँदै नसके नराम्रो नगर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
पेरुको संसद्ले निर्धारित समयभन्दा पहिले नै आम निर्वाचन गर्न राष्ट्रपतिले गर्नुभएको अनुरोध अस्वीकार गरेको छ । यो वर्षको डिसेम्बरमा आम निर्वाचन गर्न राष्ट्रपति डिना बोलुआर्टेले गर्नुभएको अनुरोध पेरुको कङ्ग्रेसले अस्वीकार गरेको हो ।
भारतको पूर्वी राज्य झारखण्डको एक निजी अस्पतालमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य पाँच जना गम्भीर घाइते भएका छन् ।
कास्कीको पोखरास्थित सेती खोँचमा यति एयरको विमान दुर्घटनामा परी हराइरहेका एक जनाको खोजी भइरहेको नेपाली सेनाले जनाएको छ ।
फरक क्षमताका नागरिक भएर पनि आफैँ कमाएर जीविकोपार्जन गर्दै आउनुभएका व्यक्तिहरूको कथालाई आजको फोटो फिचरमा समेटेको छ ।
हिमालपारिको गाउँ लिमी प्राकृतिक बन्दाबन्दीमा परेको छ । लिमी जाने दुई वटै नाकाहरू बाक्लो हिमपातले बन्द हुम्ला अब लिमी आउजाउ पूर्ण रूपमा बन्द भएकोले लकडाउन जस्तै भएको हो ।
ताप्लेजुङको एक दुर्गम तथा बिकट हिमाली क्षेत्र रहेको मिक्वाखोला गाउँपालिकामा फाइबर इन्टरनेट सेवा बिस्तार गरिएको छ । दुर्गम क्षेत्र मिक्वाखोला गाउँपालिका–५ पालुङसम्म अप्टिकल फाइबर इन्टरनेट सेवा बिस्तार गरिएको हो ।
सिन्दु र बिन्दु दुई दाजुभाइ । तान्त्रिक विद्यामा निपुण यी दाजुभाइको दिनचर्या दोलखा राज्य र यहाँका जनताको हेरचाहमै बित्थ्यो । दोलखा राज्यमा केही विपत् आइप-यो वा जनतालाई केही पीडा र समस्या भयो भने यी दाजुभाइले तान्त्रिक विधिबाट त्यसको समाधान खोज्थे । किराँतकालीन त्यो समयमा जडीबुटी, झारफुक र तान्त्रिक विधि नै त थियो हरेक समस्याको समाधान । प्रत्येक बिहान तामाकोसी नदीमा पुगेर धोतीपाटा फेर्दै शिरमा जल छर्केर आफूलाई शुद्ध बनाउने र नदीबाट तामाको घडामा जल ल्याएर भीमेश्वरको मन्दिरमा चढाउने उनीहरूको दैनिकी थियो ।
आस्थासाथ डटेर हिँड्छ जगमा सर्वोपकारी बनी निष्ठासाथ खटेर निर्भय रह्यो भै स्वाभिमानी धनी जल्ले जीवनमा न सङ्कुचनको सङ्कीर्ण बानी लियो त्यो आदर्श शहीद प्रज्ज्वलित भो बाली उज्यालो दियो !