हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ प्रवेश गर्ने छोटो दूरीको दुई वटा सडक स्तरोन्नतिको क्रममा सवारी साधन सञ्चालन आवागमन बन्दगरिएको छ ।
बैतडीमा बुवाछोरा मिलेर वडा अध्यक्षमाथि कुटपिट गरेका छन् । कुटपिटबाट वडाअध्यक्षको दाँत भाँचिएको प्रहरीले जनाएको छ ।
नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको उपाधि उचालेको छ । फाइनलमा लाओसलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले घरेलु मैदानमा प्रतियोगिताको उपाधि उचालेको हो ।
काठमाडौं, चैत १७ गते। प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनलको दोस्रो हाफमा नेपालले लाओसविरुद्ध दोस्रो गोल गरेको छ । पहिलो हाफमा एक/एकको बराबरी खेलेको लाओसमाथि नेपालले खेलको ८७ औँ मिनेटमा गोल गर्दै खेल आफ्नो पक्षमा पारेको हो ।
संविधानमा व्यवस्था भए बमोजिम सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच समन्वय तथा सहकार्य हुनुपर्ने धारणा राखिएको छ ।
नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशभित्र राष्ट्रियहित कुण्ठित हुनेगरी कुनै पनि गतिविधि गर्न नदिन निर्देशन दिनुभएको छ।
ओखलढुङ्गामा शुक्रबार दिउँसो वर्षासँगै परेको चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । चम्पादेवि गाउँपालिका –६ भदौरेकी २० वर्षीया शर्मिला कार्कीको चट्याङ लागेर ज्यान गएको हो ।
नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसन र युएसएआईडी–नेपालकी प्रमुख सेपिडे केभान्शाडले आज मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसँग संयुक्त रूपमा युएसएआईडी सार्वजनिक वित्तीय व्यवस्थापन क्रियाकलापको शुभारम्भ गर्नुभएको छ ।
प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल र लाओसको खेल जारी छ। खेलको पहिलो हाफमा नेपाल र लाओसबीच एक/एकको बराबरी भएको छ।
नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको आर्थिक समस्या समाधानका लागि सबै राज्यसंयन्त्र लागेर समाधान गर्ने बताउनुभएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत पाउनुभएको छ । शुक्रबार सभामुख नन्दा गुरुङले मुख्यमन्त्रीले विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा बहुमत सदस्यले विश्वासको मत दिनुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मूलभूत रूपमा सरकार पूर्ण भएकाले अब देशको विकास निर्माणमा गति लिने बताउनुभएको छ ।
सरकारले कोभिड–१९ सङ्क्रमणबाट बच्न बुस्टरमात्रा खोप लगाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार एक सूचना निकाल्दै दैनिक कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गएको भन्दै बुस्टरमात्रा खोप लगाउन आग्रह गरेको हो ।
नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री महिन्द्र राय यादवले पदबहाली गर्नुभएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै मन्त्री यादव सिंहदरबारस्थित मन्त्रालय पुगेर पदबहाली गर्नुभएको हो ।
नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालयलाई मर्यादित र प्रतिष्ठित बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।