एसीसी प्रिमियर कप क्रिकेटको पहिलो खेलमा नेपाललाई मलेसियाले जितका लागि दुई सय ३६ रनको लक्ष्य दिएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्धको मुद्दामा आज (मङ्गलबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीतिगत एवम् व्यावहारिक रूपमा नै सरकारले ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधारका रूपमा मान्यता दिई काम कारबाही अगाडि बढाएकाले यसमा थप लगानी गर्नु आज (मङ्गलबार) को प्रमुख कार्यभार भएको बताउनुभएको छ ।
सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक स्थगित भएको छ । आज (मङ्गलबार) दिउँसो २ बजेर ३१ मिनेटमा बस्ने भनिएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो ।
विगत वर्षमा शैक्षिक सत्र सकिनै लाग्दा विद्यार्थीले पुस्तक पाउने अवस्था यो वर्ष भने अन्त्य भएको छ । यहाँका विद्यार्थीले यस वर्ष भर्नासँगै पाठ्यपुस्तक पाएका छन् ।
इङ्लिस प्रिमियर लिगमा लिभरपुलले लिड्सको पोस्टमा गोल वर्षा गरेको छ । सोमबार राति भएको खेलमा लिभरपलले लिड्सलाई उसैको मैदामा ६-१ गोलले हरायो ।
सर्पले धेरै गर्मी महसुस गर्यो भने उसको दिमागले राम्रोसँग काम गर्न सक्दैन । गर्मीले सर्प दिग्भ्रमित हुन्छ । त्यस अवस्थामा सर्पको आन्तरिक पाचन प्रणाली अत्यधिक सक्रिय भएर उसलाई निकै भोक लागेको महसुस हुन थाल्छ । पेट भरिएको किन नहोस् सर्प जे अगाडि पर्यो त्यो खान तम्सिन्छ । आफ्नो पुच्छरको भाग देख्दा त्यसलाई समेत सिकार ठान्दछ र खान थाल्छ । सर्पले आफ्नै पुच्छर खाइरहेको थाहा पाउँदैन र आफैँलाई निल्दै गएर अन्ततः स्वज्यान लिन्छ ।
अण्डाले मूल्य नपाएपछि कुखुरापालक व्यवसायी छ महिनाअघि सङ्गठित भए । देशैभरका ठूला व्यवसायी भेला भएर व्यवसाय जोगाउनका लागि अन्तिम प्रयासको थालनी गरे ।
गर्मीयाम सुरु भएसँगै तराई क्षेत्रमा हुने आगलागी, डुबान, नदीको कटान र सर्पको टोकाइजस्ता समस्याको समाधान गर्न स्थानीय सरकार विपत् व्यवस्थापनसम्बन्धी कानुन बनाउन लागिपरेका छन् । विपत् व्यवस्थापनको पूर्वतयारीमा जुट्न नीति तथा कानुनी निर्माणका लागि घोडाघोडी नगरपालिकाले मस्यौदा निर्माण गर्ने तयारी गरेको छ ।
सामाजिक सुरक्षा भत्ताले ज्येष्ठ नागरिकको दैनिकी सहज भएको छ। सरकारले उपलब्ध गराउने भत्ताले ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका नागरिकको दैनिकीमा सहयोग पु-याएको सामाजिक सुरक्षा भत्ता लिनेहरूले बताएका छन्। छायानाथ रारा नगरपालिका–६ की ज्येष्ठ नागरिक हिउँकला भामका अनुसार त्रैमासिक रूपमा ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउँदा औषधि उपचार, न्यानो कपडा र पोसिलो खाना किन्न तथा जुत्ताचप्पल, लत्ताकपडा खरिद गर्न सहज भएको छ। सामजिक सुरक्षा भत्ता पाएपछि लत्ताकपडा र औषधि उपचारका लागि परिवारका सदस्यसँग माग्न नपरेकोमा भामले खुसी व्यक्त गर्नुभयो।
कर्णाली प्रदेशप्रमुख तिलक परियारले कानुनको प्रभावकारी कार्यान्वयनमार्फत दलित महिलाको अधिकार सुनिश्चित गरिनुपर्ने बताउनुभएको छ। प्रदेशप्रमुख परियारले कानुन कार्यान्वयन नहुँदा विभेद, अपमान बढेको चर्चा गर्दै कानुन कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले दलित महिला सङ्घद्वारा सुर्खेतमा सोमबार आयोजित न्याय, समानता र सम्मानका लागि दलित महिलाको प्रदेशस्तरीय सम्मेलन उद्घाटन गर्दै सो धारणा व्यक्त गर्नुभएको हो। उहाँले समुदायमा दलित र त्यसमा पनि दलित महिला बढी प्रताडित हुने गरेको चर्चा गर्दै उनीहरूलाई राष्ट्रिय मूलप्रवाहमा ल्याउन ढिला गर्न नहुने बताउनुभयो।
एसीसी प्रिमियर कप क्रिकेटको पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध पहिले बलिङ गर्दैछ ।
प्रदेश सरकारको ५० लाख बजेटमा भेरी नगरपालिका–४ मा निर्माण गरिएको दुग्ध चिस्यान केन्द्र सञ्चालनमा आउन सकेको छैन। कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०७६/७७ को वार्षिक स्वीकृत बजेटबाट कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थालाई चिस्यान केन्द्र बनाउन सो रकम उपलब्ध गराएको थियो।