सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बालबालिकाको सबल स्वास्थ्यका लागि दिवा खाजा कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मिटरब्याज पीडित र तराईमा आन्दोलनरत हरुवाचरुवाको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्धको मुद्दा सर्वोच्च अदालतले मङ्गलबार ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ ।
काठमाडौंको पायोनिर ट्रेकिङ कम्पनीमार्फत अन्नपूर्ण आरोहणमा जानुभएकी भारतीय आरोही बलजित कौरको सात हजार पाँच सय मिटर उचाइबाट कैलाश एयरको हेलिकप्टरमार्फत आज दिउँसो उद्धार गरिएको उद्धारमा खटिनुभएका म्याग्दी दानाका इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।
तनहुँ–१ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका छन् ।
निर्माणाधीन काठमाडौं–तराई/मधेश द्रुतमार्गकाे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (मङ्गलबार) अवलोकन गर्नुभएको छ ।
हरियाणा राज्यको कर्नालस्थित तीनतले चामल मिलको भवन भत्किँदा चार जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् ।
कोशी प्रदेशमा कृषिमा आधारित उद्योगलाई उच्च परिणाममुखी बनाउन पहिलो चरणमा १० वटा उद्यमलाई सहभागी गराई ‘आद्यन्त एक्सिलेरेटर कार्यक्रम’ सुरु गरिएको छ ।
पाकिस्तानको दक्षिणी सिन्धु प्रान्तमा आज (मङ्गलबार) बिहान भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन् । प्रान्तको सुक्कुर जिल्लामा यात्रीवाहक दुई वटा एकापसमा ठोक्किँदा उक्त हताहति भएको हो ।
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा मङ्गलबार दिउँसोबाट बैठक सुरु भएको हो ।
सत्रौँ शताब्दीको तत्कालीन पर्वत राज्यको इतिहास नियाल्ने आँखीझ्याल हो ज्यामरुककोट । तर, त्यही ज्यामरुककोट अहिले इतिहासभित्र हराएको छ । यहाँका ऐतिहासिक, सामरिक, पुरातात्त्विक र प्राकृतिक सम्पदाहरू इतिहासकै गर्भमा तुहिएका छन् ।
पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकसँगै पुल निर्माणले गति लिएको छ । वर्षा अगाडि नै एकसय ५५ वटा साना ठूला पुल निर्माण हुने सडक निर्माण आयोजनाले जनाएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको ३९औँ प्राज्ञ सभाले प्रतिष्ठानका आजीवन सदस्यले दोहोरो सुविधा नपाउने गरी गत फागुन ११ गतेको प्रज्ञा परिषद्ले गरेको निर्णयलाई अनुमोदन गरेको छ ।
दाङमा यो वर्ष मह उत्पादन घटेको छ । मौसमको प्रतिकूल असर, वायु प्रदूषण, वनस्पतिमा फूल नफुलेका कारण यो पटक मह उत्पादनमा कमी आएको हो । यो वर्ष जिल्लामा करिब तीन सय टन मह उत्पादन भएको छ ।
उच्च अदालत पाटनले सुकुम्वासी बस्तीमा डोजर लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।