उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
सिरि‘ए’ प्रतिद्वन्द्वी एसी मिलानलाई हराउँदै इन्टर मिलान युइएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको मिलान डर्बीमा इन्टरले एसी मिलानलाई १-० गोलले हरायो ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुसिएका जो कोहीलाई पनि कारबाही गर्नबाट पछि हट्नु नहुने बताउनुभएको छ ।
नेपाल दक्षिण एसियाकै ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको कठिन समूहमा परेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले मंगलबार गरेको समूह विभाजनमा नेपाल समूह ‘ए’ मा परेको हो ।
नियमित शारीरिक परीक्षण र औषधि सेवन गरेमा उच्च रक्तचापले अरू समस्या नल्याउने चिकित्सकहरूले बताउनुभएको छ ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेताको जायज सपना पुरा गर्नुपर्ने बताउनुभयो। बुधबार काठमाडौंमा आयोजित ३१ औँ मदन–आश्रित स्मृति कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।
पछिल्लो समयमा सामाजिक सेवातर्फ विद्यार्थीहरूमा चासो घटेको भन्दै स्वयं सेवाका लागि स्काउट सदस्य बढाउन थालिएको छ ।
चीन र इरानमा धार्मिक स्वतन्त्रताको अधिक उल्लङ्घन भएको आरोप धार्मिक स्वतन्त्रतासम्बन्धी एक अमेरिकी प्रतिवेदनमा लगाइएको छ ।
पार्क व्यवस्थापनमा रहेका नीतिगत र कानुनी जटिलताको समाधान खोज्ने गरी स्पष्ट कानुन बनाउन राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले बुटवलमा दुई दिने पार्क सम्मेलन आयोजना हुने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालय आवश्यक भएकाले नै नेपाल विश्वविद्यालय विधेयक ल्याइएको बताउनुभएको छ ।
महोत्तरी जिल्लाका स्थानीय निकायका प्रमुखहरूले भूमिहीन, दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७८ लाई संशोधन गर्न माग गरेको छ ।
दक्षिण कोरिया जाने नेपाली कामदारहरूलाई अवैध रूपमा प्रिपेड सिमकार्ड वितरणका नाममा ठगी भइरहेको पाइएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिसम्बन्धी सेवालाई सस्तो र गुणस्तरीय बनाउँदै सबैको पहुँचमा पुर्याउने सन्दर्भमा सेवा प्रदायक र नियामकले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
पोखराको रत्न मन्दिर र हिमा गृह गणतन्त्र दिवसको अवसर पारेर यही जेठ १५ गते खुल्ने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लेकसाइडस्थित रत्नमन्दिरको अवलोकन गर्नुहुँदै जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर मन्दिर परिसर खुला गर्ने जानकारी दिनुभयो ।
ललितपुर महानगरपालिका –४ स्टिलटावर चोक नजिकबाट दुई सय ९७ मिलिग्राम तौल भएको गैँडाको खाग(ओखेटोपहार) सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।