वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३० कार्यालयले उक्त वडाबाट एसइई परीक्षा उतीर्ण गरेका १६ जना छात्राहरुलाई कम्प्युटर प्रदान गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका केन्द्रीय नेतालाई भूगोलकेन्द्रीत जिम्मेवारी तोक्ने निर्णय गरेको छ।
सर्लाहीको दक्षिणी सीमावर्ती क्षेत्रस्थित विष्णु गाउँपालिका-७, दुलवा मुसहर टोलका पाँच घर मुसहरका लागि पक्की घर निर्माण हुने भएको छ ।
इनरुवा, जेठ ३ गते। साहित्य र पत्रकारिता क्षेत्रमा विषेश योगदान गर्नुभएको भन्दै गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादवलाई अपन स्वर्ग नेपालले वार्षिक उत्सव कार्यक्रममा सम्मान गरेको छ।कोशी प्रदेशका विभिन्न विधामा विशिष्ट योगदान गर्ने व्यक्तिलाई सम्मान गर्ने क्रममा यादवलाई सम्मान गरेको हो।वार्षिक उत्सव कार्यक्रममा कोशी प्रदेशमा रहेर नेपाली साहित्य र कालाकारितामा विशेष योगदान गर्दै आउनुभएका भरत गुरागाईलाई तारा सम्मानबाट सम्मानित गरेको छ।अपन स्वर्ग नेपालले राष्ट्रिय तारा सम्मानबाट साहित्यकार भरत गुरागाई, मैथिली चलचित्रकर्मी संघका अध्यक्ष सन्तोष सरकार र सुनसरी जिल्ला आदालत नेपाल बार एसोसिएसन इकाईका कोषाध्यक्ष एवम् संस्थाका सल्लाहकार विद्धवान अधिवक्ता पंञ्चदेव मेहतालाई सम्मानित गरेको हो।मंगलबार संस्थाको वार्षिक उत्सव कार्यक्रममा ज्येष्ठ नागरिक सम्मानबाट साहित्यकार गोपाल कोइराला (त्यागी), प्रमानन्द मेहता, दरपी पण्डित, पूर्व डिआईजी ऐनवीर जङ्ग राणा, सुनरवती मेहता सतिहलाई सम्मान गरेको संस्थाका अध्यक्ष झोटन मेहताले जानकारी दिनुभयो ।वर्णमाला दैनिकका राजेन्द्र पोख्रेल, आवर सुनसरीका गणेश यादव, प्रतिक्षण दैनिकका इकबाल अन्सारी, सत्य संसारका सुरेन्द्र कुशवाहा मेहता, ब्लाष्ट टाइम्स दैनिकका अमर काफ्ले सहितलाई सम्मान गरेको छ।उहाँका अनुसार सल्लाहकार एसएन मेहतासहित ५० जना विशिष्ट व्यक्तिहरुलाई विभिन्न विधाको सम्मानबाट सम्मान गरिएको छ।वार्षिक उत्सव कार्यक्रममा नेपाली, मैथली, थारु र भोजपुरी तथा उराँव समुदायका कलाकार, साहित्यकार, चलचित्रकर्मी तथा कविलाई सम्मान गरिएको छ । कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे हुनुहुन्थ्यो।
१५औं संस्करणको सहिद भिमनारायण गोल्डकप फुटबलको उपाधि प्लानिङ ब्वाइज क्लब काठमाडौंले जितेको छ । धनकुटा सदरमुकाम स्थित तल्लो टुँडिखेलमा मंगलबार भएको फाइनल खेलमा प्लानिङ ब्वाइजले वीरगञ्ज युनाइटेड क्लबलाई ४-० गोलले हरायो ।
काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सात अर्ब ३९ करोड ४० लाख ११ हजार ७१८ रुपियाँ राजस्व सङ्कलन गरेर ७०.९६ प्रतिशत प्रगति हासिल गरेको छ ।
बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जैसवालसहित आठ जना कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
कमला जलाधार संरक्षण अभियानद्वारा आयोजना गरिएको उक्त सम्मेलनले नदी संरक्षण अभियानका लागि अभियन्तालाई संगठित गरी अर्जुन यादवको नेतृत्वमा १८ सदस्य जिल्ला स्तरिय अभियान कमिटी गठन गरेको हो ।
१६औं कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगिता जेठ २१ देखि २४ गतेसम्म हुने भएको छ । शसस्त्र प्रहरी बलको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा विभिन्न १० स्पर्धा समावेश गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
छायांकन भइरहेको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’बाट अभिनेता सौगात मल्लको पात्र लुक्स सार्वजनिक भएको छ ।
नेकपा (एमाले) नेपालका कम्युनिस्ट पार्टीले विभिन्न कार्यक्रम गरेर बुधबार भण्डारीको सम्झना गरेका छन् ।
बुधबार दिउँसो कर्णाली नदीको मध्यभागमा केही मानिस बचाउबचाउ भनेर रोइ कराइरहेका थिए । त्यही बेला सशस्त्र प्रहरी बलका डुङ्गामा (मोटर वोट) रहेका विभिन्न खालका टोली उद्धारका लागि दौडिए । त्यही रेडक्रसको टोली पनि प्रारम्भिक उपचारका लागि पुग्यो ।
पार्टीका संस्थापक रेशमलाल चौधरीलाई जन्मकैदको सजाय सदर गर्ने सर्वोच्च अदालतको आदेश आएपछि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उन्मुक्ति पार्टीले असन्तुष्टि जनाएको हो ।
आज (बुधबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक २३ दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ४५ दशमलव ०१ अङ्कमा कायम भएको हो ।
तारकेश्वर नगरपालिका वडा नं ११ को शेषमती पुल क्षेत्रमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्।