तनहुँको आँबुखैरेनी गाउँपालिकाले बाँसका सामग्री उत्पादन गर्ने उद्योग सञ्चालनको तयारी गरिरहेको छ । सञ्चालन गर्न लागिएको बाँस तथा कृषि औजार उत्पादन उद्योगका लागि चीन र भारतबाट आवश्यक उपकरण आइपुगेको गाउँपालिकाले जनाएको छ। गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा उद्योग स्थापना गर्न लागिएको र उपकरण जडानको काम असार १५ गतेबाट पूरा हुने गरी काम भइरहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो।
जिल्लाको बिहादी गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो वितरण गरेको छ। यान्त्रिकीकरणमार्फत कृषकलाई व्यावसायिक र कृषि पेसातर्फ उन्मुख गराउन मिनी टिलर प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष प्रवीण गुरुङले बताउनुभयो। अध्यक्ष गुरुङका अनुसार ४५ जना कृषकलाई मिनी टिलर (हलो) वितरण गरिएको हो। आधुनिक प्रविधिसँगै खेतबारी जोत्न सजिलो होस् भनेर मागमा आधारित भएर कृषकलाई अनुदानमा हलो वितरण गरिएको गुरुङको भनाइ छ। गाउँमा खनजोतका लागि गोरुको अभाव र जनशक्तिसमेत नरहेकाले किसानको माग यान्त्रिक हलो भएकाले वितरण गरिएको उहाँले बताउनुभयो। डिजेल वा पेट्रोलबाट चल्ने तथा कम जनशक्ति भए पनि पुग्ने भएकाले यसतर्फ कृषकको आकर्षण बढेको उहाँको भनाइ छ।
यो वर्षको मनसुन भित्रँदै गर्दा लुम्बिनी प्रदेश सरकारले प्राकृतिक विपत् व्यवस्थापनसम्बन्धी योजना बनाउन थालेको छ। लुम्बिनी प्रदेशका जिल्लालाई लक्षित गरेर मनसुनजन्य विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्न थालिएको हो। आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय विपत् व्यवस्थापन तथा मनुसनजन्य विपत् पूर्वतयारीमा जुटेको छ। लुम्बिनी प्रदेशका १२ वटा जिल्लामध्ये पहाडी जिल्ला अर्घाखाँची, पाल्पा, गुल्मी, प्युठान, रोल्पा, रुकुमपूर्वका जिल्ला पहिरोको जोखिममा छन्।
निर्माण व्यवसायीको चरम लापरबाहीले सात वर्षदेखि अलपत्र बनेको सडकको काम बल्ल सुरु भएको छ। १५ महिनाभित्र सडक कालोपत्रे गर्ने गरी सात वर्षअघि सम्झौता भए पनि ठेकेदारको कारणले लामो समयसम्म काम अलपत्र बनेको थियो। सात वर्षसम्म अलपत्र बनेको जिल्लाको सदरमुकाम तानसेनदेखि उत्तरतर्फ जाने चिलाङ्दी–चापपानी–राम्दीसम्मको सडकमा कालोपत्रे गर्न सुरु गरिएको हो। २०७३ असोज १९ गते सम्झौता भएको सडक निर्माणको जिम्मा वाइपी जयरक्तकाली जेभी पुलचोक ललितपुरले लिएको थियो तर सम्झौता अनुसार काम नगरी ठेकेदारले कालोपत्रेको काम सात वर्षसम्म अलपत्र पारेको स्थानीय बासिन्दाको भनाइ छ।
महिला समूह मिलेर सामूहिक च्याउ खेती सुरु गर्नुभएको छ । बजारमा च्याउको माग बढिरहेका बेला आम्दानीमा वृद्धि हुने देखिए पनि महिला कृषक समूह मिलेर यो खेती गर्नुभएको हो । सिमकोट गाउँपालिका–६ को मानसरोवर कृषि महिला समूहमा आबद्ध हुँदै आएकी परेउकली रोकायाले महिला मिलेर सामूहिक च्याउ खेती गरेर उत्पादन सुरु भएको बताउनुभयो ।
मनसुनको देशव्यापी फैलावटसँगै भारी वर्षाको क्रम बढेपछि मुलुकका विभिन्न स्थानमा बाढीपहिरोलगायतका प्राकृतिक विपत्ति बढ्न थालेकाले एकजुट भएर जनजीवनको सुरक्षामा लाग्न अपिल गरिएको छ । स्थानीय तहले पनि आफ्नो क्षेत्रमा बाढीपहिरो र डुबानको जोखिम हुन सक्ने खतरालाई ध्यानमा राखेर चनाखो रहन पनि अनुरोध गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अब निजी अस्पतालले पनि गरिब तथा असहायका लागि १० प्रतिशत शय्या छुट्याउनुपर्ने बताउनुभएको छ । शुक्रबार मन्त्रालयले सार्वजनिक गरेको जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ को नतिजा सार्वजनिक गर्दै भर्ना भएका १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्नुपर्ने बताउनुभयो । स्वास्थ्यमन्त्री बस्नेतले स्वास्थ्यका धेरै सूचकाङ्क राम्रो भएको बताउनुभयो ।
जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ९ दिलुङटारमा शुक्रबार अपराह्न तमोर नदीले बगाएर एक इन्जिनियर बेपत्ता हुनु भएको छ । बेपत्ता हुनेमा मोरङ जिल्लाको बेलबारी नगरपालिका वडा नं. ११ लक्ष्मीमार्ग निवासी २३ वर्षीय सिद्धार्थकुमार खत्री रहेको प्रहरीले जनाएको छ ।
नेकपा (एमाले) को जनवर्गीय संगठन अखिल नेपाल महिला संघको सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा झुमादेवी चौधरी (कैलाली) सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सम्पन्न प्रदेश सम्मेलनले उहाँको नेतृत्वमा ६६ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले शुक्रबार अनशन तोड्नुभएको छ।
पतञ्जली योगपीठ ट्रष्टका महासचिव एवम आयुर्वेदका ज्ञाता आचार्य बालकृष्णले प्रवासमा रहेका नेपाली समुदायलाई आफ्नो भाषा, संस्कृति र पहिचान जोगाउनका लागि सव्रिmय रहन आग्रह गर्नुभएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले पर्यटन, कृषि व्यवसाय, आईटी र हाइड्रोपावरको क्षेत्रमा लगानी बढाउन सकियो भने प्रतिस्पर्धा बजारबाट फाइदा उठाउन बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा उत्पादित विद्युतको व्यापार सुनिश्चित गर्नसके नेपालमा खर्बौैंको वैदेशिक लगानी आउनसक्ने बताउनुभएको छ।
गीतकार हिराकाजी थापाको शब्दमा तयार हेर्दा हेर्दै अन्माएर बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गायक गोपाल सोनामको स्वर रहेको सार्वजनिक गीतमा ओम सुनारको एरेन्ज तथा संगीत रहेको छ।
नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका उपलक्ष्यमाअध्येता भोगीराज चाम्लिङद्वारा लिखित “राष्ट्रिय कविता महोत्सव र समावेशी चिन्तनको थालनी’’ विषयक कार्यपत्रमाथि विमर्श भएको छ।